Posted by: CEO May 28, 2009
Nepali Maoist Hand in Maharashtra,India's Naxalite attack
Login in to Rate this Post:     0       ?        

This Maoist Website has an interesting interview. You must read it for fun. Prachanda was pissed off by deadly questions.


http://www.nepalipost.com/site/?a=read&catid=4&id=8767


 


This Prachande never tells any source or names to validate his claims. He always runs rumors. He is master of propaganda. Read it.


 


तपाईले विदेशी प्रभुको सामु नझुक्ने भन्दै प्रधानमन्त्री पदबाट एकाएक राजिनामा गर्नुभयो, कुन विदेशी प्रभुले के भनेर झुकाउन खोजेका थिए र ?
 
यो कुरा नेपाली जनताले प्रष्ट बुझिसकेका छन् । नेपालको बुद्धिजीवी मात्रै होइन सामान्य मजदुर र किसानले पनि विदेशी प्रभु भन्नाले के हो र हाम्रो आत्मनिर्णयको अधिकार भनेको के हो ? हामी आफ्नो बारेमा फैसला गर्ने अधिकार हामीसँगै हुनुपर्छ भनेको के हो ? कस्ले यहाँ बढि हस्तक्षेप गर्छ भन्नेकुरा नेपाली जनताले बुझिसकेका छन् । त्यसकारण नामै लिएर भन्नुपर्ने मैले आवश्यकता देखेको छैन् ।


 


अबको नयाँ सरकार विदेशीहरूको इसारामा बन्न लागेको भनेर तपाईहरूले भनिरहनु भएको छ , त्यस्तो आरोप लगाउने आधार के छ तपाईहरूसँग ?



 


यो त करिव-करिव सबैले बुझेको कुरा हो । अहिले जसलाई प्रधानमन्त्रीको रूपमा ठड्याइएको छ । त्यो नेपाली काङ्ग्रेसले अगाडि सारेको हो । त्यो कतैबाट मिल्दोजुल्दो लाग्दैन । एमालेलाई नै अगाडि सार्नु थियो भने अध्यक्ष छन्, चुनाव जीतेर आएका छन् । तर दुइदुइ ठाउँबाट चुनाव हारेर आएको मान्छेलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि सार्नु किन पर्‍यो । लाटोले पनि बुझ्ने कुरा के हो भने पार्टीलाई नेतृत्व दिने हो भने त्यसको अध्यक्ष, संसदीय दलको नेता हुँदाहुँदै हारेकै मान्छेलाई अघिसार्नु नेपाली काङ्ग्रेसकै बुद्धिको प्रतिफल हो । या नेपालमा हामीले जे भन्यो त्यही चल्छ । अरुले भनेको चल्दैन भन्ने विदेशी प्रभूहरूको बुद्धिको परिणाम हो । यो सबै विदेशी प्रभूहरूकै बुद्धिको परिणाम हो । नयाँ बन्न लागेको सरकार माधव नेपाल अथवा एमालेको बुद्धिले अगाडि सारिएको होइन् ।


 


ल हेर्नुस् त तपाईको कुरा कत्ति मज्जाको, आफूले भनेको मान्यो भने, उ तत्काल राष्ट्रिय व्यक्तित्व भइहाल्ने, राष्ट्रवादी, अनि जनताबाट अनुमोदित, जनताको सम्मान सबै हुने तर आफ्नो पार्टी नीति र चाहनामा कोही चलेन भने त्यो प्रभुको इसारामा चलेको, जनताबाट तीरस्कृत भएको हुन्छ यो त आफ्नै नीति मात्र लाद्ने मनसाय देखिएन र ?



 


इतिहासले देखाएको छ- राष्ट्रको पक्षमा, जनताको पक्षमा नीतिहरू, भनाईहरू, पोलिसीहरू केन्द्रित छन् । जसले यसलाई ठिक हो भनेर आउँछ त्यो राष्ट्रवादी हो । जसले ठिक होइन भन्छ त्यो अराष्ट्रिय हुन्छ । यो सोझो कुरा हो । हिजोको मण्डले अहिले माओवादीले भनेको ठिक हो भनेपछि उ चै सच्चिएको हुन्छ । हिजोको माओवादी अहिले ठिक छैन भनेर गयो भने त्यो चै विदेशी या सामन्तीको दलाल हुन्छ । माओवादी भनेको यो देशको राष्ट्रियता र लोकतन्त्र, सङ्घीयता र परिवर्तनको निम्ति सबैभन्दा बढी बलिदानी गरेको र स्पष्ट दृष्टिकोण भएको पार्टी हो । यसको विरोध गरे त्यो बेठिक हुन्छ । र्समर्थन गरे त्यो ठिक हुन्छ । माओवादी जबसम्म राष्ट्र र जनता प्रति इमानदार हुन्छ यसको र्समर्थनमा आउँदै जानेमान्छे सच्चिँदै गएको हुन्छ नत्र बिग्रिदैँ गएको हुन्छ ।


तपाईले भन्नुभएको कुरा सुन्दा त सबै ठिकै जस्तो लाग्छ तर तिनै विदेशी राजदूतहरूले नेपालमा आएर ओहादाको प्रमाणपत्र बुझाउने कार्यक्रम काहिले हो निश्चित छैन, तपाईलाई सिधै आएर भेट्ने अवसर पाउँछन्, तपाई नै हो भारतीय राजदूतलाई प्रधानसेनापतिको विषयमा लगातार आधादर्जन पटक भेट्ने, अनि उसले पनि नमानेपछि सचिव स्तरको व्यक्तिलाई बोलाइदिनु न भन्ने, पछि त्यो व्यक्ति नआएपछि मैले के गर्ने कुरा गर्नै पाइन भने यो त सरासर दोहोरो चरित्र भएन भन्या ?
 
यी सबै प्रचारबाजी हुन् । यो प्रतिक्रियावादीहरूले फूदाँ जोडेर सर्न्दर्भविहीन कुरा । दुइ वर्षघिको टेप ल्याएजस्तो गर्‍या मात्रै हो । जब म कटवाल प्रकरणमा अघि बढिराखेको थिए राजदूतहरूले यो कार्य नगरियोस् भन्ने थियो । भारतीय राजदूत राकेश सूदसँगको कुराकानीमा पनि यो विषयमा कुरा भएकै हो । मैले उनलाई यो विषयमा तिमीसँग कुरा गरेर साध्य छैन् जरुरी पर्छ भने तिम्रा ठूला अफिसरहरूलाई बोलाउ, उनीहरूसँग कुरा गर्छु भनेको हुँ मैले । फटाहाहरूले उल्टोपाल्टो पारे । जनताले राम्रोसँग बुझिदिनुपर्‍यो । मैले उनीहरू सामु झुक्नका लागि होइन । जे गरेको छु ठिक गरेको छु भन्नलाई पो बोलाउ भनेको हुँ । यहाँ त कुर्सी जोगाउन र झुक्नको लागि आइदेउ भन्यो भनेर प्रचार भयो । यो चै शब्दहरूलाई जोडेर बनाइएको प्रचारबाजी मात्रै हो ।


 

Read Full Discussion Thread for this article