Posted by: sanas May 26, 2009
पोखरामा डमरु भेटीरहन्छन (Damaru)
Login in to Rate this Post:     0       ?        
I found the original news. It is in Dainiki.

पोखरामा डमरु भेटिए(source:dainikee.com)


पोखरा, १२ जेठ



कास्कीको लेखनाथमा बाघका चारवटा बच्चा अर्थात् डमरु फेला परेका छन् ।

लेखनाथ नगरपालिका वडानम्बर १२, खुदीस्थित शिवराज पौडेलको घर नजिक राखिएको
परालको टौवामुनि ती डमरु फेला परेका हुन् । आखासमेत नखुलेको अवस्थामा
भेटिएका ती डमरु केही दिन अघि मात्रै जन्मिएको अनुमान गरिएको छ ।

मंगलबार बिहान करिब १० बजेतिर पराल निकाल्ने क्रममा शिवराजकी श्रीमतीले ती बच्चाहरु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

सुरक्षा निकाय, वन कार्यालय र वन विज्ञान अध्ययन संस्थानबाट गएको टोलीले अहिले ती डमरुलाई घेरामा राखेका थिए ।


Read Full Discussion Thread for this article