Posted by: crazy_love May 25, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

"मैले तिम्रो प्रश्न बुझिन।" नेहा अलमल्ल परी।


"कहाँ कहाँको सगरलाइ तिमी आकाश हेरेर देख्छौ। म यहीँ तिम्रो छेउमा छु, तर किन तिमी मलाइ देख्दैनौ?" नीलले मुख्य प्रश्न सोध्यो।

नेहा बिचारशून्य भएर नीललाइ हेरिरही।


भाग-९


केहि बेरको मौनतापछि नेहा बोली।


"तिमीले ठिक भन्यौ, नजिक भएका केहि कुरा पनि महत्वपूर्ण लाग्दैनन्, अथवा जुन कुरा सजिलै पाउन सकिन्छ, त्यसको महत्व कम देखिन्छ। यो त मानबिय स्वभाव होइन र?"


"तिम्रो कुरामा म पूर्ण सहमत छु। पाउन नसकिने या दुर्लभ कुराले मान्छेलाइ दुख दिन्छ। अझ आफ्नो पहुँच भन्दा परको मानिस वा बस्तु अझै प्रिय लाग्छन्। किनभने तिनिहरु कहिल्यै आफ्नै हुन सक्दैनन्। अचम्मको नियम छ यो मनको पनि, जसको माया लाग्छ, उ अरु कसैलाइ चाहन्छ।" नीलले दाहिने आँखा झिम्कायो।


"त्यहि त! कहिले कहिं तिमीलाइ जीबन देखेर दिक्क लाग्दैन? कस्तो एकोहोरो समय है, कहि कतै परिबर्तन नहुने। उहि रुटिन, उहि एकरुपता" नेहा बिषय फेर्ने प्रयास गर्न थाली।


"त्यो त आफुमा भर पर्ने कुरा हो। यदि तिमी परिबर्तन चाहन्छौ भने त्यसको लागि आँट पनि गर्न सक्नु पर्छ। कोरा कल्पनामा बाँचेर जीबन रमाइलो हुँदैन।" नील परिबर्तनको लागि वकालत गर्ने वकिल जस्तै देखिन्थ्यो।


"तिमीले के भन्न खोजेको?" नेहाले नीलको कुरा बुझिन।


"हामी परिबर्तन चाहन्छौ तर त्यसको लागि आफु तयार हुन सक्दैनौ, हामीलाइ उहि पुरानो एकोहोरो जीबन मन पर्छ। नयाँ अबसरहरु ढोकामै बसेर ढकढकाँउदा पनि हामीलाइ उहि निराश जिन्दगी प्यारो लाग्छ।" नील अलि गम्भिर देखियो।


"नयाँ अबसरहरु सुख लिएर आएका हुन्छन भन्ने के ग्यारेन्टी छ र? के नयाँ अबसर पनि केहि दिन पछि उहि पुरानै ढर्रामा उदासी लिएर आँउदैनन् र?" नेहालाइ बिस्वास लागेन।


"हो मुख्य कुरा त्यहि हो! बिस्वास गर्न सक्नु पर्‍यो, सकारात्मक सोचाइ राख्न सक्नु पर्‍यो नयाँ अबसरहरु अरु सुखान्त हुन सक्छन्।" नील नयाँ अबसरमा जोड दिंदै थ्यो।


"भन्नु र हुनुमा फरक छ, शब्द र यथार्थमा फरक हुन्छ।" नेहाले आफ्नो ढीपी छोडिन।


"यही त दुख लाग्छ मलाइ! म तिमीसङ नजिकिन चाहन्छु, तिमी सगरको बहानामा टाढा भाग्छौ। म सगर जस्तो छु भन्छौ, मेरो माध्यमद्वारा तिमी सगरलाइ प्रेम गर्छौ। यो एकोहोरो यात्रा झन खतरनाक बन्दैछ। यसमा म असुरक्षित छु। म त माध्यम मात्र पो बनेको रैछु तिमी र सगरको पुनर्मिलनको। कत्रो बियोगको कुरा छ यहा?" नीलले गुनासो गर्‍यो।


"तिमीलाइ मेरो बारेमा के थाहा छ र?" नेहाले सोधी।


"तिमी हसिंली छौ, जब तिमी कुरा गर्छौ, मलाइ रमाइलो लाग्छ। तिम्रो मुस्कान धेरै आकर्षक छ। जब तिमी मुस्काँउछौ, मलाइ लाग्छ जीबन धेरै सुन्दर छ। तिम्रो आँखा पारदर्शी छन्। मलाइ लाग्छ, तिम्रो मनको कुरा आँखाहरु बताइरहेका हुन्छन्। तिम्रो खुशी, दुख सबै आँखामा देखिन्छ। यो भन्दा बढी अरु के जान्न जरुरी छ र?" नील सोद्धैथ्यो।


"तिमी बाहिरी आबरणलाइ मात्र हेर्दैछौ। तिमीलाइ मेरो बारेमा केहि थाहा छैन।" नेहा चिसी देखिन्थी।


"हामी किन सरल जिन्दगीलाइ जटिल बनाँउछौ हँ? मलाइ तिमी मन पर्छ। यही कुरालाइ किन लम्बाएर अनुसन्धान गर्नु पर्‍यो र? सत्य कुरा के हो भने म तिमीलाइ मन पराँउछु। स्वीकार गर्नु या नगर्नु तिम्रो कुरा। तर मन पराउनु मेरो चाहना हो। म तिमीलाइ म जस्तै एउटा साधारण मान्छे भन्ने बुझ्दछु। साधारण यस अर्थमा कि हामी मान्छे मा गुण, अबगुण, माया, दया, रिस, इर्श्या, लोभ, मोह सबै कुरा हुन्छन्। परिस्थिति अनुसार कहिले के देखिन्छन् कहिले के? म त्यसलाइ ठुलो कुरा मान्दिन।" नील प्रस्ट थियो शायद।


"तिम्रो कुराहरु मेरो बुझाइमा गार्हो बिषय जस्तो लाग्छन्।" नेहा भन्दैथी।


"त्यसो भए सुन, नेहा! यो समय तिमी र म छौँ, साथमा तिमीलाइ सुन्दर लाग्ने आकाश पनि छ। जुन, ताराहरु हाम्रो समयको साक्षी बसेका छन्। यो समय हिजो थिएन, भोली हुन्छ भन्ने पक्का छैन। अहिले जुन क्षण छ, यो पल अनमोल छ। म तिमीसङ मेरो मनको कुराहरु पोख्दैछु। यही नैं सुन्दरता हो यो समयको। यसलाइ म मनको एउटा कुनामा साँचेर राख्न चाहन्छु। जिन्दगीका सुन्दर पलहरुलाइ बचत गरेर राख्नु पर्छ।" नील खुशी देखिन्थ्यो।


नेहा चुप लागी, नीलको कुराहरुलाइ मनमनै बुझ्न खोजी, केहि बुझे जस्तो लाग्यो र केहि नबुझे जस्तो पनि। समय त नेहालाइ पनि रमाइलो लागेको हो सगरको संझनाले, नीलको मिठो मिठो कुराहरु। उ अझै सगर र नीललाइ फरक छुट्याउन खोज्छे, तर सगर आएर नीललाइ छेकिदिन्छ। अध्याँरो बाक्लिदैंथ्यो, उसले नीललाइ भित्र जाने अनुरोध गरी, भित्र सारा सबैलाइ केहि भनीरहीकी थी।


"नील! तिमीलाइ किताबहरु पढ्न रुचि छ?" भित्र पस्ने बितिकै साराले सोधी।


"किन? कहिले कहिं पढ्छु।" नील सजिलो जवाफ दियो।


"हामीहरु प्रत्येक पन्ध्र दिनमा "बूक-क्लब" को अर्को भेला गर्छौ, जहाँ हामी पढिएको किताब बारे छलफल गर्छौं। यदि तिमी पनि सहभागी हुन चाहन्छौ भने स्वागत छ।" साराले बूक- क्लबको बारे जानकारी दी।


"अबश्य ! तर यसपाली कुन किताबबारे छलफल गर्ने त?" नील ले सोध्यो।


"उदरिङ हाइटस्" भन्ने किताबबारे सुनेको छौ? त्यो बिश्व प्रसिद्ध प्रेम कथा हो "इमिली ब्रोन्ट" भन्ने लेखिकाले लेखेकी। हामी त्यही प्रेम कथा बारे चर्चा गर्नेछौ यसपाली।" साराले भनी।


"प्रेम कथा त रोचक नैं हुने भयो नि समय र परिस्थिति अनुसार। म अहिल्यै अमेजनबाट किताब किन्छु,आजैदेखि पढ्न पनि शुरु गर्छु।" नेहालाइ छड्के हेर्दै भन्यो नीलले।


"त्यस्तो हतार गर्नु पर्दैन, हामीसङ अझै दुइ हप्ता बाँकी छ, आरामले पढे हुन्छ।" सारा हाँसी।


नेहा "उदरिङ् हाइट्स्"की नायिका "क्याथरीन"को प्रेमबारे सोच्न थाली। यो उपन्यास नेहाले धेरै पल्ट पढेकी छे र उ हरेक पल्ट आफुमा "क्याथरीन" पाँउछे, अनि फेरि नेहामा हराँउछे।


क्रमश:

Last edited: 25-May-09 11:54 AM
Read Full Discussion Thread for this article