Posted by: बैरे May 22, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

सधैंको झै बिहान टाउको फुट्ला झै भएको थियो, सधैं ओड्ने भुईमा झर्दा काप्दै उठ्नु पर्थ्यो , तर त्यो दिन भने न्यानोपन महसुश भई रहेको थियो । खोल्न नसके पनि बिस्तारै आँखाको पर्दा उघारे, आफुलाई अर्ध नग्न मैले आफ्नो कोठामा होइन रियाको कोठामा भेटे ..............


 


टाउकोको कपाल देखी खुटाको नङ सब ठाडो भए, मन मनै के भएछ भनी सोचे । म जे नहोश भनी सोच्थे त्यही भयो कि क्या हो भन्दै हिजो रातीको कुराहरु सम्झना थाले तर सम्झिन सकिन । केही भएको छैन जस्तो पनि लाग्यो तर केही भाको भे अब के भन्ने पनि लाग्यो । ह्या आफुले जानी जानी केही गर्या होईन, उसले चाहेको भए त रोक्न पनि सक्थ्यो नि भन्दै उठ्न प्रयास गरे ।


 

त्यही क्षण रिया कोठामा छिरी , म हात निधारमा राखी पल्टि रहेको थिए कुरा हरु सम्झिन खोज्दै थिए । उु मेरो छेउमा आइ, मेरो हात निधारबाट हटाइ आफ्नो ओठको स्पर्श मेरो निधारमा लगाइ अब उठ १ बज्न आट्यो भनी र बाहिर कोठा तिर लागि । बाहिर जानु अघी आफ्नो टेबुल छेउमा राखेको रेडियोमा क्यासेटको चक्का हाली गीत बजायो "ह्याव आइ टोल्ड यू ड्याट आइ लभ यू " ।  अब म झन आन्योलमा परी, यो गीत बज्नु र उसले मेरो मस्तिस्क चुम्मन दिनुको अर्थ हिजो राती पक्कै केही भएको हुनु पर्छ । रियाको ठाउमा कोही खैरेनी भाको भे केही फरक पर्दैन थियो तर उु नेपाली केटी थियो त्यस माथि मेरो रूम मेट, उ सधैं त्यही हुन्थी उु सँग भाग्न पनि असंभव थियो । आफु कुन भुमरीमा फसियो भन्दै उठियो, लुगा लगाइ बाहिर जादा च्याङ्ग्रा पनि त्यही सिरेल खाँदै थियो ।

 

उु मलाई देखेर हाँस्दै थियो, उसले कही बोल्न खोज्दै थियो तर मेरो हेराइको अर्थ उसले बुझेको थियो त्यसैले चुप लागि बसिरहेको थियो ।

 

"ल म एक छिन बाहिर गई आउछु" भन्दै निस्क्यो मलाई र रियालाई एक्लै छोड्दै । म रियाको सामना गर्न नसक्ने अवस्थामा थिए, आफुले बोल्नु भन्दा धेरै बोल्छु कि भन्ने डरले नास्ता चाडै खाई म पनि निस्के । उसले मलाई रोक्न कोशीश गर्न आटेकी थि तर म पर्स्थिती बाट भागदै बाहिर निस्के । अपार्टमेन्टको स्विम्मिन्ग् पूलमा च्याङ्ग्रा भेटियो , उु सँग भाको चुरोट तान्दै खतम भयो यार भने ।

 

च्याङ्ग्रा - "ठिकै छ नि अब, जे हुनु भयो, रिया राम्री केटी नै छ तिमी हरु को कुरा पनि मिल्छ, तलाई मन पराउछे त्यो कुरा तलाई थाहा छ त नै हो भाउ खोज्ने "

 

म - " तलाई मेरो बानी थाहा छ , र म आहिले कुनै सिरियस सम्बन्धमा पनि हुन चाहन्न । मलाई अहिले जिन्दगीको मोज लुट्नु छ, म उु सँग सम्बन्ध नै गास्न चाहन्न "

 

च्याङ्ग्रा - " त्यो त तैले हिजो नै सोच्नु पर्ने कुरा हो "

 

म - " तैले हिजो मलाई किन रोकिनस ? "

 

च्याङ्ग्रा - " हिजो म तिमीहरुको सामु आउनु भन्दा पहिले कुरा अन्तै पुगिसकेको थियो "

 

छोरा मान्छे हुँ, कती केटी आए कती जिन्दगीमा, उु पनि त्यही मद्धे एक हो भनु झै लाग्यो तर उसको बेज्जत च्याङ्ग्राको अगाडि गर्न मन लागेन त्यसैले चुप लागे । च्याङ्ग्रा "ल मेरो काम छ, पछी कुरा गरुला भन्दै निस्क्यो " । म अब कोठामा जान बाहेक अरु केही चारा थिएन । कोठा भित्र पस्दा रिया आफ्नै कोठा भित्र थि , म पनि सिधै आफ्नो कोठा तिर लागे । ह्याङ ओभर हटाउन नुहाउन गए । नुहाइ बाहिर आउँदा रिया मेरै कोठामा मेरो प्रतिक्षा गरी रहेकी थि । मलाई देखेर "तिमी सँग कुरा गर्नु छ भनी " म केही बोलिन गएर आफ्नो पढ्ने टेबुलमा बसे ।

 

" बैरे, हिजो जे भयो मलाई त्यसको केही पस्चताप छैन, म तिमीलाई मन पराउछु त्यो कुरा तिमीलाई पनि थाहा छ, कुरा मेरो होइन तिम्रो हो , के तिमीलाई हिजो जे भयो त्यस्को पस्चताप छ ?"

 

मलाई हिजो के भयो त्यो पनि थाहा थिएन, तर त्यो भन्नु उसको म प्रतीको प्रेमको लागि थप्पड हानु बराबर थियो , म उसलाई मन पराउथे तर केवल एक साथीको रुपले मात्रै । सत्यता खोल्नु भनेको हिजोको घटना जे भए नि आफ्नो हवस पुराएको हुन जान्थ्यो तर सत्य त्यो पनि होइन । मैले आफ्नो हवश कहिले रिया माथि उतार्ने सोचेको पनि थिन तर के भयो त्यो खुद मलाई थाहा थिएन । म के बोल्ने के नबोल्ने केही थाहा थिएन तर चुप बस्नु पनि उचित थिएन ।

 

"हिजो जे भयो त्यसको जिमेदार म हुँ, तर जे भयो त्यो ठीक भएन मलाई सोच्ने समय चहाईन्छ " सत्य त्यही थियो ।

 

रिया आँखा भरी आसुँ बोकी मेरो कोठाबाट बाहिर निस्की । उसले बुझ्नु पर्ने कुरा हो, उसलाई थाहा थियो म उसलाई आफु बाट टाढा राख्न प्रयास गर्थे । उसले मलाई रोक्न सक्थ्यो तर रोकिन । ताली एक हातले मात्रै बज्दैन यसमा मेरो जती दोष छ उु पनि त्यसको भागेदारी हो । मैले मेरो मनलाई सान्तोना दिए ।

 

समय बित्दै थियो, रियाको प्रश्नको जवाफ मैले दिन सकेको थियिन, म अझै उु बाट टाढा भाग्ने प्रयास गरी रहेको थिए । यसरी नै आर्को एक बर्ष पनि बित्यो । अब त कलेजको पढाईले पनि मध्यान्तर नाघी अन्तिम भागको सुरुवात गरी सकेको थियो । हामीले २० घण्टा कलेजमा काम गर्थयौ र अरु थप २० घण्टा बाहिर पनि गर्थयौ । हाम्रो प्राय जसो पढ्ने बाहेक अरु केही काम थिएन । गर्मी र जाडोको छुट्टीमा पनि हामी क्लास लियी पढ्थ्यौ त्यसै ले आपेक्षा गरेको ४ बर्ष भन्दा अघी नै पढाई सकिने निस्चित थियो । यसरी नै गयो भने एक, बर्ष डेढ बर्ष भित्र हाम्रो पढाई सकिने थियो ।

 

सधैंको झै शुक्रबारको दिन च्याङ्ग्रा र म झकी झकाउ भएर घर बाट निस्कियौ । घरमा खान पाके पनि जुठो भने हामी सधैं बाहिर नै गर्ने सोच्थ्यौ । बिगत २ बर्षको असफल प्रयासले हामीलाई अझै झुकाएको थिएन । नजिकको तिर्थ हेला भने झै, रिया मेरो पशुपती थियो । त्यो दिन मेरो भाग्य चम्क्यो बारमा एउटा खिरेनी भेटियो । आफ्नो नियत निको थिएन तर जवानी लागेको कुन चाँही बोकाको होला र ? केही क्षण पछी त्यो तरुनी र म मेरो कोठा भित्र पुगिसकेका थियौ । बिहानको सुर्य आउँदा जुन बिलाएको झै खैरेनी पनि बिलाइन्, खैरेनीलाई ढोकासम्म छोडेर भित्र पस्दा मेरो बाटोमा रिया उभेकी थि ।
Read Full Discussion Thread for this article