Posted by: lamjung May 21, 2009
माधवजीले भन्नुभो
Login in to Rate this Post:     0       ?        

From Mysansar.com Comment by Ram Nam Satye (2009-05-21 03:33:24)


….. “अरू भए उहिल्यै बहुलाइसक्थे ।माधवजीले भन्नुभो,


म भएर अहिलेसम्म टिकेको छु ।


बहुलाउनु हुँदैन ।रामचन्द्रजीले सम्झाउनुभो,


बहुलायो भने प्रधानमन्त्री हुन पाइँदैन ।


कहाँ पाइन्छ त ?” केपीले भन्नुभो,


संविधानले मानसिक अवस्था ठीक नभएकालाई प्रधानमन्त्री हुन अयोग्य मानेको छ ।


त्यही भएर ।माधवजीले भन्नुभो,


नबहुलाउनु नडराउनु भनेको यही हो ।


नबिराउनु नडराउनु पो त !विमलेन्द्रजीले भन्नुभो,


तपाइर्ंले त उखानै अर्को बनाइदिनुभो ।


नयाँ नेपालमा पुरानो उखानको के काम ?” माधवजीले भन्नुभो,


गणतन्त्र आएपछि उखान पनि परविर्तन हुनुपर्छ ।


त्यो त हो ।रामचन्द्रजीले भन्नुभो,


अब बन्ने संविधानमा यस्ता धेरै कुरा परविर्तन गर्नुपर्छ ।


जस्तै ?” केपीजीले सोध्नुभो,


संविधानमा परविर्तन गर्ने कुरा के हुन सक्छन् ?”


चुनावमा हारेकालाई प्रधानमन्त्री बनाउन सकिनेछ ।रामचन्द्रजीले भन्नुभो,


दुई ठाउँबाट हारेकालाई प्राथमिकता दिइनेछ ।


यस्तो लेख्न मिल्छ र ?” झलनाथजीले सोध्नुभो,


अनि, चुनाव जित्नेले चाहिँ प्रधानमन्त्री हुनै नपाउने ?”


पाउने ।रामचन्द्रजीले भन्नुभो,


चुनाव हारेका उपलब्ध नभए चुनाव जित्नेले पाउने ।थप्नुभो,


चुनाव हार्ने भेटिएसम्म चाहिँ हार्नेलाई बनाउने ।


किन ?” झलनाथजीले सोध्नुभो,


यसो गर्नाको समुचित कारण केही छ ?”


छ ।रामचन्द्रजीले भन्नुभो,


चुनाव जित्ने मानिस यसै पनि उत्साहित हुन्छ, हारेको चाहिँ निराश हुन्छ ।


त्यो त भइहाल्छ नि !झलनाथजीले भन्नुभो,


महिनौँसम्म दौडधुप गरेर हार्दा निराश मात्र होइन, हतास पनि हुन्छ ।


त्यस्ता निराश मानिसलाई हतास हुन दिनुहुँदैन ।रामचन्द्रजीले भन्नुभो,


तिनलाई प्रधानमन्त्री बनाइदिनुपर्छ ।


यसबाट अर्को पनि फाइदा हुन्छ ।यसपालि केपीजी बोल्नुभो,


चुनावमा जित्नेभन्दा हार्ने धेरै हुन्छन्, यसरी हार्नेलाई प्रधानमन्त्री बनायो भने हरूवाहरू खुसी हुन्छन् ।


यसबाट मुलुकमा खुसीयाली बढ्छ ।रामचन्द्रजीले बताउनुभो,


खुसीयाली बढ्यो भने गाउँमा बसौँबसाँै लाग्छ ।


गाउँमा बस्यो भने तल्लो घर माथ्लो घर गरन्िछ ।विमलेन्द्रजी बोल्नुभो,


यसो गर्दा पेटको बिरामी हुँदैन ।


बिरामी नहुनु भनेको स्वस्थ हुनु हो ।केपीजीले निष्कर्ष सुनाउनुभो,


स्वास्थ्य नै सम्पत्ति हो ।


हामी सर्वहाराको के सम्पत्ति !झलनाथजीले भन्नुभो,


सबैथोक देशका लागि समर्पित गरेपछि आनन्द !


आनन्द त्यसबेला हुन्छ, जुनबेला माधवजी प्रधानमन्त्री हुनुहुनेछ ।केपीजीले सोध्नुभो,


माधव कामरेड केही खाने हो ?”


शपथ खाने,” माधवजीले भन्नुभो,


मलाई शपथ खाने मन छ ।


तपाईंलाई शपथ खान मन लागेको कतिपटक भो ?” विमलेन्द्रजीले सोध्नुभो,


मैले त बिर्सी पनि सकेँ ।


योसमेत पाँचौँपटक ।माधवजीले भन्नुभो,


तपाईंहरूले धोका दिएर तीनपटक, उनेर्ले भ’mुक्याएर एकपटकसमेत चारपटक ।


हामीले धोका दिएको होइन,” रामचन्द्रजीले स्पष्टीकरण दिनुभो,


दरबारले नै तपाईंको निवेदन रजिेक्ट गरेपछि हाम्रो के लाग्छ !


अब स्िथति फेरएिको छ,” विमलेन्द्रजीले भन्नुभो,


कांग्रेस र कम्युनिस्ट मिलेपछि देशमा परविर्तन भएको छ ।


नत्र त अजीव परििस्थति थियो,” माधवजीले भन्नुभो,


साँच्चै अरू भएका भए बहुलाउँथे ।


बहुलाउनु हुँदैन,” केपीजीले भन्नुभो,


बहुलाउनुभन्दा गीत गाउनु राम्राे ।


गीत गाउने ?” झलनाथजीले प्रस्ताव राख्नुभो,


लु कामरेड माधवबाट सुरु गरौँ ।


म गीत गाउनु ?” माधवजी लजाउनुभो,


मैले कहिल्यै गीत गाएको छैन ।


तपाइर्ं प्रधानमन्त्री पनि त हुनुभएको छैन नि !विमलेन्द्रजीले भन्नुभो,


त्यसो भनेर अब प्रधानमन्त्री नै नहुने त !


ठीक,” केपीजीले भन्नुभो,


नेपालको भावी प्रधानमन्त्रीले गाएको गीत सुन्नु सुखद हो ।


राजीनामा दिने प्रधानमन्त्री त नाच्थे पनि,” रामचन्द्रजीले सम्झनुभो,


तपाइर्ंहरूकै अधिवेशन उद्घाटनमा साल्सा डान्स गरेको होइन ?”


म त्यसोचाहिँ गर्न सक्तिनँ,” माधवजीले भन्नुभो,


मेरो नैतिकताले त्यसो गर्न दिँदैन ।


तपाइर्ं निकै नैतिकवान हुनुहुन्छ,” महामन्त्री विमलेन्द्रजी बोल्नुभो,


कांग्रेसलाई यस्तो नैतिकता मन पर्छ ।


यसपालि तपाइर्ंलाई समर्थन गर्नुका पछाडि यही नैतिकताको हात छ ।
रामचन्द्रजीले भन्नुभो,


नत्र हामी हत्तपत्त अरूलाई समर्थन गर्दैनौँ ।


तपाइर्ंले चुनाव हार्नासाथ महासचिवबाट राजीनामा दिनुभो,” विमलेन्द्रजीले बताउनुभो,


यता सुशील दाले त्यसै गर्नुभो ।


हामीलाई सुशीलजीले राजीनामा दिएको मन परेन,” रामचन्द्रजीले भन्नुभो,


, राजीनामा फिर्ता लियौँ ।


माधव कामरेडले चाहिँ आफ्नो निर्णय फिर्ता लिनुभो,” झलनाथजीले भन्नुभो,


पहिले राष्ट्रपति हुन राजी हुनुभयो, पछिचाहिँ सभासद् हुनसमेत मान्नुभयो ।


हामीलाई थाहा छ ।रामचन्द्रजीले बताउनुभो,


उनेर्ले तपाईंलाई राष्ट्रपति नदिने भएपछि त्यसको रसिले तपाइर्ंहरूले रामवरणजीलाई भोट हाल्नुभो ।


हामी उनीहरूसँग नरसिाएका भए रामवरणजी राष्ट्रपति हुनुहुने थिएन ।
माधवजीले भन्नुभो,


रामवरणजी राष्ट्रपति नहुनुभएको भए अघिल्ला प्रधानमन्त्रीले राजीनामा दिने थिएनन् ।


तिनले राजीनामा नदिएको भए उनै प्रधानमन्त्री भइरहन्थे,” झलनाथजीले भन्नुभो,


माधव कामरेडको चान्स आउने थिएन ।


प्रधानमन्त्री भएपछि के गर्नुहुन्छ ?” रामचन्द्रजीले सोध्नुभो,


भावी मार्गचित्रका बारेमा केही बताउने हो ?”


फोन गर्छु,” माधवजीले भन्नुभो,


मोबाइलबाट भन्नेछु, गायत्री म भएँ ।

Read Full Discussion Thread for this article