Posted by: amitraja May 21, 2009
"शिव to Mr. Sam"
Login in to Rate this Post:     0       ?        
"5"
हिँऊ का स-साना छिटा मेरो गाडी को झ्याल मा पर्न थाल्यो, मानौ आकाश बाट लाखौं मोतिका दाना एक्कै चोटि झर्दै थिए। मनै प्रफुल्लित पर्ने द्रिस्य नियाल्दै म उसैको आगमन को प्रतिक्षा मा थिए। के के हो के के सोचाइमा डुबेको थिए, ढक ढक आवाज ले एक्कासी झस्किए। एक हाथ मा सुट्केश र अर्का हाथ्मा hand bag लिएर, सकी नसकी ढोका खोल्न खोज्दै थिइ। मैले ढोका खोली दिए। मन्ध मुस्कान र मधुर बोली मा मलाई धन्यवाद प्रभाह गरी।

"Thank God You are here"

मैले नि मौका मा चौका हनी हाले "Yes waiting for you"

चाहे मेरो उत्तर को उस्ले जेसुकै अर्थ लगाइ, मलाई मनमा लगेको कुरा सुनाइ दिए। म आफ्नै शब्द मा आँफैलाई बधाई दिदै थिए, म प्रसन्न थिए। उन्को आगमन ले, ग्रहक फर्के को ले या प्रतिक्षा समाप्त भएको ले, करण म आफैलाई थाहा थिएन। जे होस् म प्रसन्न थिए। कफी को एक घुट फेरी पिय, चिसो भैसकेको रहेछ तर उस्को प्रतिक्षा को चिसोपन पनि मिठो थियो। उस्ले मलाई Queens तिर जने आग्रह गरी। गाडी मन्ध गती मा गूड्यो, F.M मा Blues Music बज्दै थियो। सुन्सान बाटो, सुमधुर संगीत र सुन्दर सहयात्री, मेरो मनमा एउटै बिचार थियो के यो यात्रा गन्तब्य रहित हुन्सक्ला। अफ्सोस त्यो यात्रा गन्तब्यबिहिन थिएन। तर म ऊसँग को त्यो साथ लम्बयाउन चाहन्थे तेसैले गाडी मन्ध गती मा नै कुदाए। मेरो चोर् आँखाहरु उस्कै मुहर हेर्न खोज्दै थिए, घरि घरि एना बाट उस्लाई हेर्दाइ थिए। उ अझै सुक्क सुक्क रुदै थिइ। मेरो मनमा फेरी कौतुहल्ता जाग्यो र अनेकौ के, किन, कुन्नी एक अर्का सँग बाजा बाज गर्न थाले। किन रोएकी हो? के भयो होला? सुट्केश लिएकी छ कतै जान पो लगेकी हो? के हो? सोधौ कसरी सोधौ न सोधौ म साह्रै बेचैन् भाईसके।

हुनत एस्ता रुन्चे ग्रहक पहिले नभेटेको पनि होइन, यो भन्दा राम्री मिजसिली पनि भेटेको छु। तर किन एस्ले मेरो मन मस्तिस्क मा जरा गड्दै छे,? किन म माथि हाबी हुँदै छे? अघी एक छिन् राम्रै सँग कुरा भएको थियो। फेरी चुप चाप छे। रहस्य त जान्न पर्‍यो, तर कसरी? के सोधौ प्रश्न को अभाब छ, प्रसँग पनि त छैन नि। फेरी एना हेरे, कस्ती राम्री छ, गोरो मुहार, सुनौला केश, नसालु आँखा। तर ति आँखामा आसुँ पटक्कै सुहाको छैन। उस्को सुन्दरता अनी त्यो सुन्दरता भित्र लुकेको पिडा देखेर म भावुक भए। म एस्तो भावुक मान्छे त पटक्कै होइन म आफै सँग प्रश्न गर्ने थाले। मेरो आँखा पनि हल्का रसाए। चाहन्थे उस्को आसुँ पुछ्न सँकु उन्लाई शान्तावना दिन सँकु, तर बिडम्बना। यू मा सँग अपरिचित थिइ। ऊ पर्ती को मेरो सोचाइ बाट अनबिग्य थिइ। ऊ केबल मेरो ग्रहक थिइ। छोटो समयमा एक अन्जान ब्यक्ती को किन एती धेरै माया जगेको होला भन्ने कुरा मा नै म अन्जान थिए अन्योल मा थिए।

रोशन ले मलाई taxi चालक को प्रमुख नियम भनेको थियो। ग्राहक न त मित्र हुन न त सत्रु हुन, ग्रहाक त छणिक सहयात्री हुन। उनिसँग न त मित्रता ठीक हुन्छ न त सत्रुता ठीक हुन्छ। तर म त्यो नियम उलङ्हन गर्न चाहन्थे। म शिव स्वामी बाट शिव मात्र हुन चाहन्थे। कोमल हृदय भये को साधारण ब्यक्ती बन्न चाहन्थे।

सोच्द सोच्दै मेरो ध्यान बाटो बाट हटेछ। एक्कासी अगाडि को गाडी ले ब्रेक हन्यो. मैले कोशीस गर्दा गर्दै अगाडि को गाडी सँग थोकिन पुगेछ।

अगाडि को गाडीवाला के के फलाकदै मेरो गाडी नजिक आइपुग्यो। "योउ क्रजी"

"Sorry" भन्दै गाडी बाट झरे तेस्को गाडी लाई खस्सै केही भएन छ। जे हुनु थियो मेरै गाडीलाई भयो। अगाडि को पाटो पुरै चक्नाचुर भएछ। बाटोमै कुरा मिलाउने सल्लाहा भयो। मेरो Insurance नम्बर लिएर अन्धकार मा कता लाग्यो लाग्यो। आफुलाई पर्नु फसाद पर्‍यो। एक त गाडी बिग्र्यो तेस माथि ऊ taxi बाट झरेर एउटा पसल्को छाना मुनी बसी। मेरो जिन्दगीमा सबै कुर छणिक मात्र हुन्छ जस्तो लाग्यो। बल्ल बल्ल एक जना मन्परेको थियो त्यो पनि भगवान ले देखी सहेनन् जस्तो लाग्यो। आफ्नो गल्ती को दोष भगवान लाई थुपार्नु त सजिलै हुन्छ। आखिर म पनि साधारण मान्छेनै त हुँ। मानब प्रक्रिती ले दिएको अब्गुण हो। यस्तै तर्क बितर्क गर्दै खाली पार्कइङ खोज्न आँखा यता उता डुलाउन थाले। आँखा तेही केटी सँग जुध्न पुग्यो, म उस्लाई हेरी रहे, कालो पोशक मा सेता हिउ का थोपा मानौ कुनै परि भर्खर आकाश बाट धर्ती मा झरिको होस्, अनी म केबल म त्यो मनोरम द्रिस्य को प्रतछ्यदर्सी हुँ। म गाडी पार्क गर्ने तिर लागे, हेड लाईट फुतेको करण गाडी नचल्ने स्थिति मा थियो। एक मन ले आँफैलाई धीक्कारे, अर्को मन ले परिस्थितीलाई दोश लगाए। जोसुकै को गल्ती भये पनि सजाय त मैले नै पाए। किनकी त्यो छ्ण उस्को र मेरो अन्तिम साथ हुनेथियो। नजिकै को पार्कइङ मा गाडी पार्क गरे, हुनत न्यू योर्क्मा पार्कइङ पौनु र भाग्य उदय चिठ्ठा पर्नु उस्तै हो। शायद त्यो दिन मलाई भाग्य उदय चिठ्ठा नै परेको थियो। गाडी को ब्यबस्था मिलाई ऊ नजिक पुगे। एउटा असल मान्छे को कर्तब्य पलन गर्ने निहुले उस्को साथ लाई अझै लम्ब्यौन चाहन्थे म। नजिक पुगेर सोधे।

"Do You need another cab?" उस्ले रिसाएर जवाफ दीइ।

"don't bother i have enough trouble"

मलाई झनक्क रिस उथ्यो, मैले उस्लाई सहयोग पो गने खोजे को थिए, उस्को कुरा को कुनै तत्पर्य बुझिन। रिस को सुर्मा मा झनै ठुलो स्वर मा उत्तर दिए।

"it is my duty" सुन्या नसुनेको झै गरी। अझै उस्को आँखा रसाएका नै थिए। मा पनि आफ्नो बाटो लागे। मन्मनै तेस्को र मेरो साथ येतिनै हो भन्ठाने। दुस मिनट जती हिंडे Train station को गेट अैपुगे पछी मलाई अफ्सोस भयो।

फेरी मनोबाद

"के उस्लाई सुन्सान सडक मा एक्लै छोडेर मैले ठीक गरे?"
"मैले त आग्रह गरेको पनि थिए, जान्न भनी"
"उस्ले जे भनेनी आफ्नो कर्तब्य बाट भागनु ठीक लागेन"
जाउ नजाउ दोधारमा परे।

मलाई हिन्दी फिल्मी चर्चित डाइलग याद आयो। केटी, ट्रैन र बस को पछाडि डौडिनु हुँदैन एउटा गये अर्को अबस्य आउछ। तर परिस्थितीले मलाई छन्ने मौका पनि दिएन, एक तिर केटी आर्को तेर त्रैन। अन्त मा ट्रैन तिर नगै केटी तिरै जाने बिचार गरे। जानत जाउला तर के मलाई नै कुरेर बस्छे होला। यो रतिमा हत्तपत्त taxi पाउनु मुस्किल्नै छ। जाने नै निधो गरे। फेरुअरी को ७ दिग्री जाडो मा धरी पसिना आउने गरी डौढे। हस्यङ फस्यङ गर्दै ऊ नजिक पुगे।

नम्र भएर सोधे ब्यङ्यत्मक बोलिमा "Any Luck"

"No" लाज मानेझै गरी। मेरो उदेस्य पनि तेस्लाई आफ्नो गल्ती को आत्माबोध गराउनु थियो। दाङ परे।

मैले नजिकै ट्रैन पाउछ यदी जान मन भए, मसँगै हिंड्ने आग्रह गरे। उस्को आरु कुनै बिकल्प थिएन र एही मौका को फाईदा पाये मैले।

हिड्दा हिड्दै उस्को गन्तब्य सोध्ने मौका पाये। ऊ साथीका जाने लगेकी रैछ। एती राती साथीका जाने त्यो पनि सुट्केस बोकेर मेरो मन्मा सन्का उब्जियो। हामी ट्रैन स्टेसन भित्र छिर्यौ। त्यो दिन Queens जाने सबै ट्रैन बन्द रहेछ। अब ऊ मसँग कुनै Hotel म जाने बिचार गरेको बताइ। मन्मा त किन hotel तिर जाने मेरै घर जौ भन्न मन थियो। तर बिचमा अपरिच्ताको खाडल थियो। नेपाल हुँदा केटाहरु भन्ने गर्थे " मर्द ले कि आँटेर खान्छ कि ढाटेर खान्छ। मैले आट्ने ढाट्ने दुबइ काम गर्ने निधो गरे। बिस्तारै भूमिका बाध्न थाले। पहिले त न्यू योर्क को ट्रैन ओयबस्थापना लाई भर्मार गाली गरे। अनी मौसाम को खोट लगाए। यू अचम्म परेर हेरी रही म बोलेको बोलाई थोए। तर जुनकुरा भन्छु भनेर तेती भूमिका बधे त्यो भन्न सकिन। एतिकै मा एउटा जडिया हल्ला गर्दै हामी समु आयो। उस्ले डरले मेरो हाथ समाइ। मानौ मेरो सारा शरीर भरी बिजुली प्रभाह हुनथल्यो। शरीरका प्रत्यक रौ काँडा झै उम्रिन थाले। झक्री को ढङ्रो झै मुटु को ढुक ढुक बाध्न थालयो। नशा नशा म हिमालि नदी झै रगत तिब्र गातिमा बग्न थाले। मेरो बस मा भये त्यो छण त्यही रोक्न चाहन्थे। केबल त्यही समय। मत उस्का लागि एक अपरिचित ब्यक्ती थिय्र तै पनि म माथि कस्तो विश्वाश कस्तो आस्था।

केही बेर पछी ट्रैन अैपुग्यो, अझै उस्को हाथ मेरो हाथ मा बढीएका थिए। दुधे बलक लाई दोरये जही उस्लाई मैले ट्रैन भित्र डोर्याए। बिस्तारइ ट्रैन ले गती लिना थालयो, म उस्को एती नजिक थिए कि म उस्को ढुक ढुकी सुन्न सक्थे,शायद उस्ले पनि मेरो ढुक ढुकी सुनिराखेकी होला। मैले उस्लाई नजीक बाट नियले, उस्का निला आँखा अझै रसाएका थिए। मलाई आफ्नो चाहना भन्न खोजिरहेका थिए। तर ति सुन्दर आँखाका बोली अबाक थिए। म पनि केही बोल्न खोज्दै थिय त शब्द थिएन। उस्लाई अङाल्न खोज्दथिए तर शाहआस थिएन। उस्का आँखा म बाट टाढा भयो, यता उता गर्न थालए, तर मेरो आँखा अचल थिए। उस्को हेरै को भाव बुझ्न खोज्दै थिए। ट्रैन झट्ट रोकियो, हामी दुबै झस्कियौ, उस्ले मेरो हाथ बाट आफ्नो हाथ हटाइ। मलाई कुनै अमुल्य बस्तु गुमये झै भान भयो।

अर्को स्टप मैले झर्नु पर्ने थियो। तेस्बेला सम्मा पनि नसोधे मैले उस्लाई सदा सदा को लागि गुमाउने छु। मेरो स्टप आयो ऊ पनि केही नबोली मेरो पछी पछी आइ। सडकमा हिउ का ससाना छिटा थिए। मैले मेरो सारा सक्ती एकत्रित गरेर सोधे।

"If you don't mind, you can Stay at my place tonight" यसरी प्रस्तव रहे तर निर्णय गर्ने सारा अधिकार उसैलाई दिए। म केबल जवाफ को प्रतिक्ष्यामा थिए।

क्रमश:
Read Full Discussion Thread for this article