Posted by: sumedhu May 17, 2009
Nepal: Forms and Origins of Discrimination
Login in to Rate this Post:     0       ?        

जातीय संघ अर्थात् माओवादी वणर्ाश्रम


सौरभ                                                                  कान्तिपुर चैत्र ६ २०६३ वा मार्च २० २००७


पृष्ठभूमि


आफ्नो आन्दोलन विस्तारित गर्न मानिसका परम्परागत भावनासँग क्षणिक खेलवाड गरेर राष्ट्रलाई प्राक्इतिहासिक दलदलमा माओवादीले फँसाएका त छन् नै, उनीहरूलाई मधेस आन्दोलनपछि यसबाट निस्कनसमेत मुस्किल परेको छ । ९ मार्च २००७ को अन्तरिम संविधान संशोधनले संघीय पुनःसंरचनाको परिकल्पना गरे पनि जातीय संघचाहिँ कसरी अवैज्ञानिक छ भन्ने यहाँ समीक्षा गरिनेछ ।


पढिएको कुरा- पहिलो


सतारहरू नेपालमा करिब २०० वर्ष अघि आए -स्रोत १), लिम्बूहरू नेपालमा सातौं शताब्दीमा आए -स्रोत २), मुसहरहरू नेपालमा १३ औं शताब्दीमा आए -स्रोत ३), लेप्चाहरू नेपालमा चौथो शताब्दीमा आए -स्रोत ४), दनुवारहरू भारतको सिन्ध प्रान्तबाट चौथो शताब्दीमा आए -स्रोत ५), शेर्पाहरू नेपालमा सन् १४४० मा आए -स्रोत ६), तामाङहरू नेपालमा छैठौं शताब्दीमा मध्यतिब्बतको माङ्गबाट आए -स्रोत ७), थामीहरू दोलखाको सुस्पामा १७ औं शताब्दीदेखि बस्न थाले -स्रोत १०), थारूहरू नेपालमा "?" आए -स्रोत ११), मगरहरू नेपालमा पहिलोपटक इशापूर्व २३०० मा आए -स्रोत १२), मेचेहरू नेपालमा चौथोदेखि पाँचौं शताब्दीमा आए -स्रोत १३), पाँच गाउँलेहरू आठौं र थकालीहरू १४ शताब्दीमा आए -स्रोत १४), थकालीहरू सन् १६८८ मा नेपाल आए -स्रोत १५), किरातहरू १३ औं शताब्दीमा उत्तर हिमालयबाट आए -स्रोत १६), दुसाधहरू ७ औं शताब्दीमा थिए -स्रोत १७), मारवाडी सन् १८९४ मा आए -स्रोत १८), धिमालहरू आसामको दि्मापुरबाट आए -स्रोत १८ क )


आठौं स्रोत माइकल अप्पित्ज हुन् । उनको विश्लेषणलाई सबैभन्दा वैज्ञानिक मानिएको छ । १२ औं स्रोत धर्मप्रसाद श्रीषमगरको कृति हो । उनको पुस्तक स्रोतमाध्यमहरूमा सबैभन्दा हाँसउठ्दो छ । सातौं स्रोत आरडी र एलएनको हो । उनीहरू मात्रै होइन, अरू पनि त्यस्तो निक्र्योलमा कसरी पुगे अन्योल छ । स्रोत ११ मेचीदेखि महाकालीको खण्ड ३ हो । प्रश्नचिह्न किनभने उसले समय दिनसकेको छैन । तर ब्रायन हडसनले थारूहरूले तीन हजार वर्ष लगाएर औलोविरुद्ध शरीरमा एन्टिबडिजको निर्माण गरेको कतै लेखेका छन् । १२ फेब्रुअरी २००७ को कान्तिपुरमा "थारू र तीन हजार वर्षदेखि" भन्ने वाक्यांश यसैमा आधारित हुनुपर्छ ।


पढिएको कुरा- दोस्रो


कामी भनिनेहरू उडिसाबाट आए -स्रोत १९), कुलिन्दहरू -श्रीपाली खस) मध्यएसियाबाट आए -उही), काइकेहरू जाग्रोस पर्वतबाट आएका -स्रोत उही), काइतेहरू "गल्फ अफ सेड्रा" बाट आए -उही), ककुराहरू खेचर पर्वतबाट आए -उही), वत्सगोत्रीहरू जर्जियाबाट आए -स्रोत उही), सिंजा प्रान्तका शासक नागराज तिब्बतको खारी प्रवेशबाट आए -स्रोत उही), खसहरू इजरायलबाट आए -स्रोत उही), राउटे र कुसुन्डाको सांस्कृतिक केन्द्र बर्माको आराकान हो -स्रोत उही), थारूहरू कन्नौज र कुचविहारबाट आए -स्रोत उही)पोख्रेलहरू हरियाणा र सापकोटाहरू राजस्थानबाट आए -स्रोत उही), सार्कीहरू साहांकबाट आए -स्रोत उही), कर्मीहरू केर्मीबाट आए -स्रोत उही), मुडुला कार्की तिब्बतको पुराङ्ग र उप्रेतीहरू कोंकणबाट आए -स्रोत २०), सुवाल र खड्गीहरू सिम्रौनगढ हुँदै ११ औं शताब्दीमा पसे -स्रोत २१), नगरकोटीहरू १८ औं शताब्दीमा आए -स्रोत २२), अर्यालहरू कनौजको धारानगरीबाट आए -स्रोत २३), रेग्मीहरू बनारसबाट १२ औं शताब्दीमा आए -स्रोत २४) ।


स्रोत १९ बालकृष्ण पोखरेलका कृतिहरू हुन् । उनको निक्र्योल व्युत्पत्तिशास्त्र -इटिमलजी) मा आधारित छ । अन्य कुनै पनि भाषाशास्त्रीहरू उनको त्यस्तो निक्र्योललाई मान्न तयार पाइँदैनन् । स्रोत २० कुलचन्द्र कोइराला हुन् । स्रोत २१ भाषा वंशावली हो, तर त्यो सत्य होइन, रवर्ट लेभीलाई गहिरिएर पढेपछि थाहा हुन्छ । स्रोत २२ चाहिँ यथार्थ हो । स्रोत २३ को आधार के हो, स्पष्ट छैन ।


भएको कुरा- पहिलो


अत्री आश्रम हिमालयमा छ -स्रोत २५), अत्री आश्रम हिमालयको ऋक्ष पर्वतमा छ -स्रोत २६), ऋग्वेदको समय इशापूर्व २००० वर्षदेखि १०,००० वर्षसम्म मानिएको छ -स्रोत २७) ।


माथि भनिएको ऋक्ष पर्वत वर्तमान कालीकोट जिल्लाको रासकोट -अक्षांश २९.२ र देशान्तर ८१.६५ उचाइ १४३९ मिटर, ४७२१ फिट) हो । संस्कृतको ऋक्षले विज्ञानका तीन जनावरलाई एकैपटक बुझाउँछ- स्थानीय भालु अर्थात् सेलेनार्कोटस थिवेटानस, स्थानीय दुम्सी अर्थात् हिष्ट्रिक्स इन्डिका र स्थानीय लंगुर अर्थात् प्रेसबाइटस एन्टेलस रासकोटको सन्दर्भमा । ऋक्ष यहाँ नग्राको पर्यायवाचीका रूपमा आएको हो । यसैबाट राक्षस, रक्षक, हिरण्यरक्षकजस्ता शब्दहरू बन्न आउँछन् । नभन्दै कालीकोटे थापा र खडकाहरूका पूर्वज उनै अत्री हुन् -स्रोत २८) ।


भएको कुरा- दोस्रो


सारङकोट नजिकैको वर्तमान चिसाखोला ब्रह्मचर्याश्रम कश्यप आश्रम हो -स्रोत २९), उनको समय इशापूर्व ५१ सय हो -स्रोत ३०) ।


नभन्दै कश्यपले अथर्ववेदका निम्ति प्रयोग गरेका वनस्पतिका वैज्ञानिक नामहरू केही छन्- कुश अर्थात् डेस्मसटास्या विपिन्नाटा -सय मिटर उचाइ), हल्लोङग्रे अर्थात् लिनिया करमण्डलिका


-सयदेखि १४ सय मिटर), सिप्लिकान अर्थात् क्रटेभा युनिकरालिस -सयदेखि हजार मिटर) जुन पश्चिम हिमालयमा पाइँदैन । अपामार्ग अर्थात् एसिरान्थेस अस्पेरा -सयदेखि २९ सय मिटर), दुबो अर्थात् साइनोडन डक्टलोन -सयदेखि ३ हजार मिटर), समी अर्थात् फाइकस बेञ्जामिना -डेढ सयदेखि हजार मिटर), पलाँस अर्थात् ब्युटिया मनस्पर्मा -डेढ सयदेखि १२ सय मिटर), गुन्दरगानो अर्थात् सिसम्पेलस परेरा -डेढ सयदेखि २२ सय मिटर), धान अर्थात् अराइजा सटिभा -२ सयदेखि १२ सय मिटर), खयर अर्थात् अकासिया क्याटेसु -२ सयदेखि १४ सय मिटर), काँस अर्थात् साकरुम स्पन्टनाटम -२ सयदेखि १७ सय मिटर), कदम अर्थात् अकान्थेफ्यालस चाइनेन्सिस -२ सय ९० देखि ८ सय मिटर), डुम्री अर्थात् फाइकस ग्लोमेरटा -३० मिटर), काभ्रो अर्थात् फाइकस लेकर -५० मिटर), जीवन्ती अर्थात् डेस्मास्टि्रयम फिम्बि्रक्याटम -५०० मिटर), कुरिलो अर्थात् एस्पेरस रसेमसस -६०० देखि २१०० मिटर), बिही अर्थात् सोलानम नाइग्रम -९०० देखि २९०० मिटर), भाइवर्नम नर्वोसम -२६०० देखि ३५०० मिटर), सोमलता अर्थात् इफेड्रा जेरार्डियाना -३७०० देखि ५२०० मिटर)- सबै मध्य नेपाल अर्थात् पोखरा वरिपरि उपलब्ध छन् । मध्य उचाइ ५०० देखि १५०० मिटरमा पर्न आउँछन् । चिसाखोलाको उचाइ ७६२ देखि १२९९ मिटरसम्म पर्छ -स्रोत ३१)


यसमा जौ -हर्डम भल्गार) र भाइवरनम नर्वोसम उच्च हिमाली भेगमा मात्र पाइन्छ भने इफेड्रा तराईमा पाइन्न । रैथाने २५, विदेशी १२ परेका छन्, ६ वटा चिन्न सकिएको छैन । यसले हिस्टोरिया प्लान्टारम लेखेबापत इशापूर्व ३५० का थियोप|mास्टसलाई पश्चिमले वनस्पति शास्त्रका पिता मान्दै आएकोमा त्यो दाबीसमेत गलत ठहरिन पुग्छ । स्रोत २९ योगी नरहरिनाथ हुन् ।


भएको कुरा- तेस्रो


अश्वत्थ हिमालयमा छ -स्रोत ३२) ।


यो अश्वत्थ मुस्ताङमा पाइने पपुलस सिलियाटा हो । संस्कृतज्ञहरूले चिन्ने फाइकस वेङ्गालेन्सिस होइन । पी सिलियाटा नेपालको सिमाना बाहिर पनि हिमालयको दक्षिणी ढालमा पाइने भए पनि स्थानीय अश्व -इक्विस हमिनियस कियाङ) को पि्रय भोजन भएकाले अश्वत्थ भनियो । -अरबी घोडा यो भेगमा १३ औं शताब्दीमा मात्र आएको हो) पछि पातसँगको समानताले गर्दा पीपललाई पनि अश्वत्थ भन्न थालियो र हात्तीलाई पीपल मनपर्ने हुँदा अश्वत्थामा हुन पुग्यो । हात्तीलाई यसरी संस्कृतज्ञ भाषाशास्त्रीहरूले घोडामा बदलिदिए । तर अश्व आफैं नेपाल तिब्बत भेगको असीपत्र वनबाट बन्न पुगेको हो । असीपत्र वन गोब्रे सल्ला -पाइनस वालिसियाना) को सुई -असी) बाट आएको हो । शिवको असी पनि त्यसैको रूपान्तरण हो, भानुभक्तको घाँसीको हँसिया पनि हो ।


र त्यही अस्वत्थमा बस्ने काग -कोर्भस करेक्स टिवेटानस) का कारण मुक्तिनाथ मुक्तिनाथ र कोकानदी कोकानदी बन्न पुग्यो । पश्चिममा यस काग पनि मर्ने उचाइ कागमारा र पूर्वी नेपालमा गोराक शेप -कागमारा) र कोकानदी कोकामुख बराह भएर आउँछ ।


भएको कुरा- चौथो


वसन्त नै कपिञ्जल चातक हो -स्रोत ३३)


यो कपिञ्जल चातक विज्ञानको भाषामा सालको टुप्पामा गुँड बनाएर बस्ने भँगेरा -पासर रुटिलान्स) हो । जसका आधिकारिक जीवशास्त्री मोनेयस हुन् । यसको अंग्रेजी नाम हिमालयन सिनामोन -तेजपात) स्पारो हो । यो साल र तेजपातको जंगल मिसिने ठाउँमा खासगरी पश्चिम नेपालको १८०० देखि २४०० मिटरमा पाइन्छ र सबैभन्दा तल ३५० मिटरसम्ममा यसले फुल पारेको पाइएको छ । पूर्वी नेपालबाट कुनै उदाहरण प्राप्त छैन । हिउँदमा पश्चिम हिमालयको ५०० देखि १५०० मिटरसम्म देखिएको छ -स्रोत ३४ र स्रोत ३५) ।


२६ औं स्रोत भागवत हो, २७ औं स्रोत रामनिवास पाण्डे र उनका सहयोगी हुन्, स्रोत २८ जनकलाल शर्मा हुन्, २९ औं स्रोत अथर्ववेद हो, ३२ औं स्रोत ऋग्वेद हो, ३३ औं स्रोत यजुर्वेद हो, ३४ औं र ३५ औं स्रोत रवर्ट फ्लेमिङ र आर टाइलर हुन् ।


पाइएको कुरा 


"द पि्र हिस्टरिक कल्चर्स इन नेपाल, |mम द अर्लि पार्लिएलिटिक टु द नियोलिटिक" नामक कृतिमा स्व गर्डुन कर्भिनसले ढुङ्गे युगताका नै भारत र पूर्वी एसिया हुँदै मानिसहरू नेपालसम्म आएका हुन् भन्ने निक्र्योल दिएकी छिन् ।


यद्यपि उपत्यकाको सेडिमेन्टेलजी र पालिनोलजी -परागकण र स्पोरको प्राक्इतिहासिक अध्ययन) माथि गिफु विश्वविद्यालयका हिडेओ तावाकाले गरेको अध्ययनचाहिँ सम्भवतः सार्वजनिक भइसकेको छैन । पालिनोलजीले समेत आब्रजनलाई  परोक्ष रूपमा इंगित गरेको पनि हुनसक्छ- मानिसले नै बसाइँ सराइपछि खेती गरेरमात्र आउनसक्ने वनस्पतिको संकेत गरेर ।


अर्थात् पढिएको कुरा, भएको कुरा र पाइएको कुरालाई समयको समसन्तुलन -इक्विलिबि्रयम) दिन खोज्दा आप्रवासी भन्न खोजिएकाहरू आदिवासी र आदिवासी भनिएकाहरू आप्रवासी हुने खतरा आउन सक्छ । होइन भने जातीय संघमा जानुअघि गुणसूत्रीय शृङखला -जेनेटिक स्ट्रेन) हरूको व्यापक अध्ययन गर्नु जरुरी छ । बनारसबाट १२ औं शताब्दीमा आएका धम्मु जोशीलाई रिपु मल्लले रिगाममा विर्ता दिएर बसाएपछि उनका सन्तान बनेका रेग्मी छँदाछँदै उसका अगाडि १४४० मा आएका शेर्पाहरूलाई आदिवासी भनिएको एउटै उदाहरण अवैज्ञानिकताको निम्ति यथेष्ट छ ।


थारू र मधेस विशेष


थारूहरू थार मरुभूमिबाट आए भन्नु संस्कृत दुराग्रह हो । कोशी एमेजोनपछिको दोस्रो ठूलो बालुवा बोकेर बग्ने नदी -सिल्ट क्यारिङ रिभर) हो । कोशीमात्र होइन, बट्टारको "लिफ्ट इरिगेसन" परियोजना बालुवाको कारणले विफल हुनपुगेको उदाहरण छ । कोशीको भँगालो परिवर्तनमाथि सोधहरू भएका छन् । यसैको बालुवाको ठाउँ-ठाउँ बन्ने बगर र थुप्रो हो थार, जसको संस्कृतमा अर्थ हुन्छ बाँझो । तराई, तिरभुक्ति यही थारबाट बनेको पनि होला । केवल दङौरा थारूमा चलेको केही चलनले तिनलाई सिन्धको, थारको र राजपुतानाको भन्न पुग्दा, ज्यापुका खर्पन र ह्वाइट नाइलका किसानहरूको खर्पनको बनोट मिल्ने हुँदा महर्जनलाई इजिप्टबाट आएको भन्नुपर्ने हुन्छ । धादिङको खेतको ड्याङ र पेरूको ड्याङ मिल्ने हुँदा धादिङेलाई पेरूको भन्नुपर्ने हुन्छ । बरु "भोटगमिया" देखि "बाँतर" सम्म हेरियो भने थारू एउटा जनजाति विशेष नभई नेवारीजस्तै एउटा संस्कृति दरिन सक्ने सम्भावना पनि उत्तिकै प्रबल छ । थारूको विस्तार कोशीको कमाण्ड एरियाबाट पश्चिमतिर बढ्दै गएको हुनसक्छ, मिथिला र महिसोथलाई छोडेर पछि आएका आब्रजकहरूलाई थारूको संज्ञा दिँदादिँदै ।


न दनुवारहरू सिन्ध प्रान्तबाट आए होलान्, पोख्रेलले भनेजस्तो । दनु शब्द सालको पातको द्रोणबाट बन्छ । डुङ्गा शब्द द्रोण -दुना) बाट बनेको हो, जसमा बसेर दनुवारहरू माछा मार्छन् । र थप कुरा १५० जातका साल प्रजातिहरूमा नेपाली सरिया रोवस्टासँग थारू र दनुवारहरू जति घनिष्ट सम्बन्ध राख्छन्, त्यति अरू नेपालको कुनै जातिले राख्दैनन् । २-३ हजार वर्षको सम्बन्धले मात्रै यस्तो घनिष्टताको विकास हुँदैन ।


र मधेस अर्थात् पाली भाषाको मझ्भिmम नेपालमा पर्दैन भनेर जनवरी २००७ को कान्तिपुरमा एक लेखकले तर्क दिए । पर्दैन पनि होला, यद्यपि एक लेखकले पूर्वी तराईका केही पोखरीका आधारमा मेचीको तल्लो भागलाई सुशर्माको मध्यदेश मानेका छन् -स्रोत ३६) । त्यसो हो भने मोरङबाट कञ्चनपुरसम्म थारूवान र पूर्वी नेपालको एउटा जिल्लामात्र मधेस हुन पुग्छ । त्यो पनि शिवप्रताप शमशेर थापाको कृपाले -स्रोत ३७) ।


यद्यपि कोशीमा थारू घनत्व कम छ भन्ने तर्क निस्कन सक्छ । तर परी पनि इरानका मात्र युवती हुन्, अप्सरा गि्रसका मात्र हुन्छन्, उर्वसी इटलीकी एक्ली सुन्दरी हुन् । अमरसिंह बाँडाको कोशमा जाने हो भने वनस्पति भनेको डुम्रीमात्र हुन आउँछ । वन मन्त्रालय अन्तर्गतको अहिलेको वनस्पति विभाग डुम्री विभाग हुन पुग्छ । स्रोत ३६ एसएल शर्मा हुन्, स्रोत ३७ प्रेमराज पौडेल हुन् ।


राजनीतिक पाखण्ड


"एथनिक टर्न टेवल अफ एसिया" भन्ने वाक्यांश १९५० दशकको सुरुवातमा टोनी हेगनले आफ्नो "नेपाल" मा प्रयोग गरेका थिए । गोमनको न्युरोटक्सिन दुरुपयोग गरे विष हो, परिशोधन गरे औषधी हो, प्रयोग नगरिए उसैको खाना हो । टोनी हेगनको त्यस न्युरोटक्सिनलाई दुरुपयोग गरेर २०४० सालमा हर्क गुरुङले पहाडलाई तराईबाट फुटाए भन्न बुद्धिजीवीहरूलाई किन गाह्रो ? २०३८ को अयोध्या प्लेनमले माओवादी आन्दोलन ल्यायो होला, तर २०४० को प्रतिवेदनबाट क्रुद्ध पक्षले माओवादीलाई प्रयोग गर्‍यो भन्न पनि किन कञ्जुसी ? र त्यसैलाई दुरुपयोग गरेर डोरबहादुर विष्टले पश्चिम नेपाललाई पूर्वी नेपालबाट छुट्याए भन्न किन साह्रो ? २०३६ सालमा सहर सम्पूर्ण बहुदलवादी हुँदाहुँदै पनि राति बत्ती बाल्ने घर-घरमा ढुङ्गा हिर्काउन उद्यत गर्ने मंका खलका तत्कालीन नायक पद्मरत्न तुलाधर नै एउटा व्यक्तिले कथित बन्दका दिन आफ्नो साधन हाँक्न नपाउने, कारोबार चलाउन नपाउने, प्रजातन्त्रविरोधी परम्पराका सूत्रधार वास्तविक निमित्त नायक हुन् भनेर ठम्याउन किन अप्ठ्यारो ?


गोविन्दप्रसाद लोहनीले उहिल्यै दुई अंग्रेजी शब्द प्रयोग गरेका थिए । दरबार लक्ष्यित गरेर "डेकाडेन्ट" अर्थात् कुनै बेला शालिन योगदान गरेको तर अहिले पतनोन्मुख र अर्को नयाँ कम्युनिष्टहरूलाई लक्ष्यित गरेर "डेमागग" अर्थात् वस्तुपरकभन्दा भावपरक भएर सुवाष घिसिङले जस्तो जातीय राजनीति गर्ने । माओवादी पक्षका दुई सोम शर्माहरू राष्ट्रमा यो जातीय संघ नामक नयाँ वर्ण व्यवस्थाका सूत्रधार हुने कुरा- लोहनी र हर्क गुरुङलाई त्यतिबेलै तारो बनाउने कृष्णप्रसाद भण्डारीमा- छैठौं इन्दि्रय थियो पनि कसरी नभन्ने ?


वणर्ाश्रमको भविष्य


संस्कृतको अहं ब्रह्मास्मीको समाजशास्त्रीय अनुवाद एथ्नोसेन्टि्रसिटी हुन्छ र राजनीतिक अनुवाद हुन्छ नाजीवाद । नश्लहरूमा आर्य महान हो, आर्यहरूमा जर्मन र जर्मनहरूमा म ठूलो हुँ भन्ने हिटलरी सोच नाजीवादको जग हो । जातीय संघले क्षेत्रीय वैमनस्यता हुन्छ भन्ने डरभन्दा पनि ठूलो डर मास हिस्टेरिया हो । यहाँ हिस्टेरिया शब्द छारेरोग वा दमित वास्नाको विकृत अर्थमा आएको होइन । जातीयता भित्रको बहुल वर्गले आफ्नै अल्पसंख्यकमाथि गर्ने थिचोमिचो र नयाँ स्टार्टिफिकेसन हो । जसले अल्पसंख्यकहरूलाई आफ्नै स्वायत्त इलाका पनि त्यागेर बाहिरिनुपर्ने मानसिक यातनाको स्तरमा पुर्‍याउँछ । एथ्नोसेन्टि्रसिटी अर्को एथ्नोसेन्टि्रसिटीमा बदलिने डर हो । आदिवासीका सट्टा सीमान्तिकृत शब्द प्रयोग गर्नुपथ्र्यो माओवादीहरूले उहिल्यै ।


संघवादीहरूमा स्वीजरल्यान्डका बारे एउटा सांघातिक भ्रम पनि छ । त्यो हो स्वीस संघसरह संघीय संरचनामा गइसकेपछि ऊजस्तै भइनेछ । यो टामिन्स्कीलाई राष्ट्रपति बनाए अमेरिकाजस्तै भइनेछ भन्ने पोलिसहरूको र फुजिमोरीलाई राष्ट्रपति बनाएर जापान भइनेछ भन्ने पेरुभियनहरूको भ्रमजस्तै हो । स्वीजरल्यान्ड हिटलरको ग्रेटर जर्मनीभित्र पथ्र्यो, स�

Read Full Discussion Thread for this article