Posted by: sumedhu May 17, 2009
Nepal: Forms and Origins of Discrimination
Login in to Rate this Post:     0       ?        

असान्दर्भिक बाहुनवाद         


 


माड्साप (वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षित) ले मार्क्सवादी धाराका प्राचीन भारतीय संस्कृतिका अध्येता डीपी चट्टोपाध्यायको विचार टेकेर ब्राहमणवाद र पुरोहितवादको कुरा उठाउनुभयो । गत पुस ३० गते भएको यो कुराकानीमा उहाको विचार चित्त बुझाउन सकिन ।


इतिहासको अवलोकन गर्दा भूमण्डलीय हिसाबले राज्यसञ्चालनको जिम्मेवारी विशिष्ट वर्गले लिदै आएको देखिन्छ । हिमालेसियाका राज्यहरूमा त्यो वर्गलाई वर्ण्ााश्रम अर्न्तर्गत ब्राहमण-क्षत्रीय वर्ण्र्ाान्नुपर्ने हुन्छ । प्राचीनकालदेखि प्रचलित वर्ण्ााश्रम व्यवस्था हिमालेसियाको क्षेत्रमा मात्रै सीमित थिएन र छैन । अमेरिका, युरोप, अप्रिmका लगायतका समाजमा वर्ण्ााश्रमको नामै नदिएर पनि व्यवहारमा लागू भइरहेको छ । अघिको सोभियत संघ र अन्य समाजवादी देशहरूमा भने वैश्य समुदाय अर्थात् उद्योग-व्यवसायीहरूको काम सरकारले नै गर्ने हुदँ केही भिन्नता राख्थ्यो । वैदिक परम्परा र धार्मिक इतिहासलाई हर्ेदा वर्ण्ााश्रम व्यवस्था जन्म र वंशको आधारमा विकास गरिएको थिएन । गीताअनुसार गुण र कर्मको विभागले ब्राहमण, क्षत्रीय, वैश्य र


शूद्र रचिएको हो ।


पहिले सबै मानिसमात्र थिए । पछि आ-आफ्ना कर्मअनुसार वर्ण्र्ाावभाजन भयो ।


मनुष्य समाज चार प्रकृतिबाट सञ्चालित छ । श्रमिक वर्ग र्सवत्र छ, जसलाई यहँशूद्र वर्ण्र्ाानियो । उद्योग, व्यापार र कृषि कर्ममा लागेका वैश्य र शिक्षक, वैज्ञानिक, व्यवस्थापक, वकिल, राजनीतिकर्मी, प्रशासक, सुरक्षा अधिकारी ब्राहमण र क्षत्रीय वर्ण्र्ाा पर्ने बौद्धिक समुदाय हुन् । यस सर्न्दर्भमा वैदिक साहित्यमा एउटा प्रसंग छ, ऋषि शेणका दर्ुइ पुत्रमध्ये जेठा देवापि ब्राहमण कर्ममा प्रवृत्त भएर ऋषि बने । कान्छा शान्तनु -देवव्रत भीष्मका पिता) राजा भए । अर्थात् एकै मातापिताका सन्तानमध्ये कर्मले एकजना ब्राहमण र अर्का क्षत्रीय भए ।


समाजको आर्थिक-सांस्कृतिक रूपान्तरणको क्रममा सामन्ती संरचनाले वर्ण्ााश्रममा गरेको विभाजन -श्रम विभाजन) कालान्तरमा वंशगत हुदै गयो । पछि रूढ रूप लिन पुग्यो । अर्कोतिर सामाजिक अपराधीहरू आफ्नो जातीय सभाबाट दण्डित भएर नयँजाति र उपजातिमा विभाजित हुने क्रम सुरु भयो । यसरी इतिहासको कालखण्डमा समाजमा विभिन्न पेसा गालेका अनेक जाति-उपजातिको जन्म हुनगएको अनुमान हुन्छ । यद्यपि विश्वका अधिसंख्य समाजमा श्रम विभाजनको स्थिति र्सवदाझैं क्रियाशील रहिरह्यो । तर जातीय विभाजनको प्रचलन भने वंश परम्परामा र्सर्दै गयो । केही अति निम्नकोटीको ठानिने जाति विशेषलाई अछूत मान्ने प्रथा पनि सुरु भयो । हिन्दू जीवन-पद्धतिमा यस्ता कुरीति र कट्टर निषेध इस्लाम र इर्साईबाट प्रतिरक्षा गर्न त्यो बाटो रोजिएको थियो । तर यो वंशानुगत रहने प्रथा अमानवीय सामाजिक रूपान्तरसगै अब क्रमशः लोप हुदैछ । जुन अत्यन्त स्वागतयोग्य छ ।


यसरी जहँपनि एक बौद्धिक र विशिष्ट वर्ग -इलिट अथवा इन्टेलेक्च्युअल) जसलाई ब्राहमण-क्षत्रीय वर्ग भन्ने गरिएको छ, ले नै राज्य र समाजलाई बौद्धिक रूपले दिशानिर्देश गर्ने एवं नेतृत्व दिने कार्य गर्दै आएको देखिन्छ । यो ब्राहमणवाद पश्चिम र पर्ूव नभनेर सामाजिक विकाससगै प्राचीनकालदेखि सबैतिरका समाजमा रहेको हुनर्ुपर्छ । र्सवहाराको तानाशाही रहेको लेनिन र माओको देश लगायत लिंकन र गान्धीको देशमा समेत ब्राहमणवाद शक्तिशाली रह्यो ।


जातीय आधारमा बाहुनजति सबै पठित र सुविधाभोगी छन् भन्न सकिदैन । विपन्न र अपठित बाहुनहरूको संख्या निकै छ । यहाचुच्चे र थेप्चेको कुरा पनि बेलाबखत कतिपय ठाउबाट उठाइने गरिएको छ । बौद्धिक समुदाय ब्राहमण-क्षत्रीय बोधक शब्दावलीको रूढ अर्थ लाग्ने हो भने देव गुरुङ, कृष्ण भट्टचन, ओम गुरुङहरू बाहुन-क्षत्रीय वर्ण्र्ाा पर्न जान्छन् ।


पुरेतवाद


आधुनिक समाजशास्त्री र अन्य विद्वानबाट उठाउने गरिएको विषय पुरेतवाद पनि हो । यसको विरोधमा दरिलो गरी स्वर उराल्ने प्रगतिवादी विद्वान अग्रपंक्तिमा पर्छन् । प्राध्यापक डोरबहादुर विष्ट आफ्नो चर्चित ग्रन्थ भाग्यवाद र विकास -फेटालिजम एन्ड डेभलपमेन्ट) नामक पुस्तकमा बाहुनवाद र पुरेतवाद नै विकासको बाधक हो भन्ने कुरा राख्छन् । नेपालमा पुरेतले चलाउने कर्मकाण्ड हिन्दू वर्ण्ााश्रमभित्रका सबै समाजमा व्याप्त छ । शिशुको जन्मपछि नामकरण, व्रतबन्ध, विवाह, मृत्यु संस्कार बाहुनद्वारा गराइन्छ । यो सबैले देखे-बुझेकै हो । तर आफूहरू हिन्दू होइनौं, जनजाति हौं र प्रकृति पूजक छौं भन्ने तामाङ, गुरुङ, लिम्बू, शर्ेपाहरूका समाजमा पनि वोन पो, लामा, झाक्री, येवा, बिजुवा इत्यादि जातीय नामले पौरोहित्य कर्म व्यापक रूपमा प्राचीनकालदेखि प्रचलनमा रहेको यथार्थ कतिलाई थाहा नहुन सक्छ । तर यहँजुन पुरेतवादको व्यापक चर्चा र विरोध आएको छ, यो बौद्धिक वर्ण्ााश्रमभित्र पर्ने धार्मिक कर्मकाण्डका पुरेतसित मात्रै जोर्ने गरेको देखिन्छ । यस्तो हुनुका पछाडि निश्चित उद्देश्य रहेको हुनसक्छ । यस्ता प्रसंग र बहस उठाउनेहरूले ब्राहमणवाद र पुरेतवादलाई सगै जोडेर हर्ेर्ने गरेका छन् । त्यसो गर्दा राज्यसञ्चालक बाहुन-क्षत्री र कथित समाज नियन्त्रक पुरेत पनि बाहुन हुने कुरा बुभ्fm्न सकिन्छ । त्यो वस्तुस्थिति दर्शाएपछि सामन्ती, शोषक, उत्पीडक यथास्थितिवादी देखिने बाहुन-क्षत्रीबाट मुक्ति संर्घष्ाको घोषणा गर्न तर्कपर्ूण्ा भइदिन्छ । कार्लमार्क्सले कुनै ठाउमा तर्कलाई बुद्धिचातर्ुय भनेका छन् ।


हिमालेसियाली समाजमा इस्लाम र इर्साईको झैं मठवाद वा पुरेतवाद इतिहासको कुनै चरणमा हुदो हो, तर त्यसको निश्चित स्वरूप ज्ञात छैन । इस्लाममा काजी र मुल्लाह, इर्साईमा पादरी, विशपजस्ता धर्माधिकारी हुन्छन् । मध्ययुगमा ती धर्माधिकारी मठाधीशहरूले समाजको सगसगै राज्य प्रशासनलाई प्रभाव पार्ने गर्थे, शासन पनि प्रत्यक्ष-परोक्षमा गर्थे । ल्ाोकतन्त्र भारतमा आज पनि भारतीय कानुनको परिधि नाघेर अलइन्डिया पर्सनल ल बोर्डले मुसलमान समुदायमा पारिवारिक र सामाजिक अपराध सम्बन्धमा निर्धक्क भएर समानान्तर अदालत खडा गरेको छ । सलमान रुस्दी र तसलिमाहरूलाई यस्तै शरियत अदालतबाट मृत्युदण्डको आदेश जारी गरिएको हो ।


राणाशासनको समाप्तिपछि हिन्दू समाजमा जात संस्कार, कर्म व्यक्तिको स्वेच्छामा आएको छ । पितृको मृत्यु संस्कार श्राद्ध कर्म, जन्म संस्कार, विवाह कर्म आज पनि धेरैले गर्ने गरेका छन् । वैदिक विधिले ती कर्महरू कसैले गरेन भने पनि जोरीपारीकाले व्यक्तिगत चियोचर्चासम्म गरिहाल्लान् कि, तर काजी, मुल्लाह वा इर्साई पुरेतले जस्तो दण्ड-सजाय दिने कुनै व्यक्ति वा निकायको अस्तित्व यहँछैन । काठमाडौंका गुरुजु र राजपुरेत घराना अपवादमा पर्छन् । नत्र अल्पशिक्षा पाउनसकेका न्यून आयआर्जन गर्ने बाहुनचरीले धेरजसो पुरेतकर्म गर्छन् । त्यस्ता पुरेतले गाउ“-ठाउमा टपरेबाजेको दर्ुवचन पनि बेला-घडीमा सुन्नर्ुपर्छ । यहाको समाजमा पुरेतको हैकम कहीं कतै चल्दैन । त्यस्तोलाई पनि पुरेतवाद भन्ने -


यस प्रसंगमा ज्योतिष कर्मको पनि कुरा उठन सक्छ । ज्योतिष कर्म ब्राहमण समाजको व्यवहार हो । तर यो कर्म जनजाति भनिने समाजमा पनि झाक्री, बिजुवा, लामाहरूले गर्छन् । अचेल बाहुन र पुरेतवादको कुरा उठाएर बाहुन-क्षत्रीलाई औंला ठड्याइदैछ । ब्राहमणवाद विशिष्ट वर्ग -इलिट) को अर्थमा हरेक समाज र राष्ट्रले व्यवहार गत स्वीकार गरेका छन् । हाम्रो नेपाल त्यसको अपवाद हुन सक्तैन । पुरेतवाद खासमा इस्लाम र इर्साईको मठवादलाई हुबहु आयात गरिएको शब्दावली हो । नेपाली समाजको व्यावहारिक र सांस्कृतिक जीवनमा त्यसको अस्तित्व छ भन्ने आधार र लक्षण देखा पर्दैन ।


गत २/३ दशकयता यहँका दर्ुगम क्षेत्रमा विदेशीहरूले महिनौं र वषौं गाउघरमा बसेर समाजशास्त्रीय अध्ययन भनेर अनेक पुस्तक प्रकाशित गरेका छन् । तीमध्ये केही गम्भीर र वैज्ञानिक अध्ययन पनि भएका छन् । तर कतिपय विदेशी विद्वान र विदेशीको फन्डिङमा अध्ययन गरेका स्वदेशी विद्वानले पनि दुराशय राखेर, तथ्यलाई बंग्याएर निष्कर्षदिन खोजेको देखिन्छ । धेरैजसो एनजीओहरूले जाति, समुदाय, अल्पसंख्यक महिला, अपांग इत्यादि समूहको अधिकारनिम्ति सचेतना जगाउने अभियान जोडतोडले चलाएका छन् । त्यस किसिमको अभियानले जातीय, क्षत्रीय, भाषिक, लंैगिक क्षेत्रमा विभाजन खडा गरेर विद्वेष बढाउने र अन्तरसंर्घष्ाको स्थिति ल्याउनेगरी वातावरण तयार गर्दैछन् । यो रहस्य ती एनजीओका गतिविधि, कार्यसञ्चालन र आर्थिक स्रोत उपलब्ध गराउने दाताराष्ट्रलाई दिनेगरी उनीहरूले तयार गरेको प्रतिवेदनबाट


चाल पाइन्छ ।


निष्कर्षा नेपाली समाजमा बाहुनवाद र कथित पुरेतवादको विरोध गरिनुको पछाडि लुकेको छल राजनीतिलाई बुद्धिजीवीले राम्ररी ठम्याउने, त्यसलाई जनसमक्ष दरिलो र भरपर्दो किसिमले राख्ने बेला भइसकेको छ ।

Read Full Discussion Thread for this article