Posted by: jhilkeJetho May 15, 2009
प्रभुको कृपा
Login in to Rate this Post:     0       ?        

'म भन्चु ! म के भन्चु भने, आँप झर्‍या च, मादप कम्रेड तपैं टिप्नोच्', गिर्जाउले भन्नुभो, 'कङरेज पार्टीले तपैंलाई टोटल सपोर्ट गर्च ।'

गिर्जाउले अरूलाई आँप दिने ? मादप कम्रेड तीनछक पर्नुभो । झरेको आँप भुइँबाट टिप्न खोज्नुभो । त्यतिकैमा गिर्जाउले चोरऔंलो तेस्र्याउँदै भन्नुभो, 'तर मादपजी, तपैंले अलि ठूलो टुक्रा आँप सुजातालाई दिनुपर्च...।'

'वर्तमान परिप्रेक्ष्यमा, म जे गर्न नि तयार छु, गिर्जाउको जो कृपा...' मादप कम्रेड हर्षले विभोर हुनुभो । 

'म के भन्चु भने तपैंले अइलेसम्म गरेर खान नसक्या यै भ'र हो । कृपा मैले हैन, प्रभुले गर्नुभाच', गिर्जाउले कान फुक्नुभो, 'कटवालले रुख हल्लाउनुभो, रामाले लठ्ठीले हान्नुभो र आँप झरो । यो सब प्रभुको कृपा'ट भाच ।'

झल्याँस्स हुँदै कम्रेड दक्षिणतिर र्फकनुभो । दुई हात जोड्नुभो । निहुरिनुभो । र भन्नुभो, 'प्रभुको जो कृपा !'    

Read Full Discussion Thread for this article