Posted by: paasa7 May 13, 2009
Khadka is the biggest Crook in Nepal
Login in to Rate this Post:     0       ?        

खड्कालाई कोटमार्सलको तयारी


माओवादीकै भए पनि सेनापति बनेरै छाड्ने प्रयास असफल भएपछि जर्नेल कुलबहादुर खड्काले सैनिक मुख्यालयमा कुरा गरेर समय बिताउने साथी पनि पाउन छाडेका छन्। बरू उनलाई दाङ घटनाका लागि माओवादीलाई सूचना, स्केच र हतियार संख्याको सूचना दिएको पुष्टि गर्दै 'कोर्टमार्सल' लगाउने तयारी भएको सूचनाले छट्पटाहट सुरु गरेको छ।


लामो समयसम्म एयरपोर्टस्थित इन्जिनियरिङ विभागको कमान्ड सम्हालेका खड्कालाई देशभरिको इन्जिनियरिङ सूचनाको राम्रो जानकारी भएको बताइन्छ। तत्कालीन दाङ ब्यारेक प्रमुख नरेन्द्र उप्रेतीले त्यस प्रकरणलाई पुष्टि गरिदिए भने उनका लागि बुढेसकालमा कोर्रा खाएर जेल बस्नुभन्दा राजीनामा दिएर विदेश पलायन हुनु उपयुक्त हुन्छ, एकजना कर्णेलले तरुणसँग भने।  
खड्काको शंकास्पद गतिविधिले मुलुकको राष्ट्रिय सेना क्षतविक्षत हुने र मुलुकमा विदेशी सेनाले परेड खेल्ने चिन्ताले ९० हजार फोर्सको नेपाली सेनालाई संकटग्रस्त बनाएका बेला अघिल्लो साताको पीएसओज बैठकमा घले थरका एक अधिकृतले तत्काल कोर्टमार्सल लगाउन प्रधानसेनापतिलाई सुझाव दिएका थिए भने केहिले गम्भीर घटना घट्न सक्ने संकेततर्फ सचेत गराएपछि कटवालले उनीमाथि कुनै घटना घटे आफूमाथि दोष आइलाग्ने हुँदा संयमित रहन निर्देशन दिएका थिए। तर खड्का भने आश्वस्त हुन सकेका छैनन्, उनको पारिवारिक स्रोतले भन्यो– 'रातमा पनि बर्बराउनु हुन्छ।'  
पीएसओजलगायत कुनै पनि बैठकमा सहभागी हुने आँट नगरेका खड्का बिहीबार कार्यालय छिर्दै छिरेनन् भने शुक्रबार १२ बजे पुगेर दुई घन्टापछि लुसुक्क बाहिरिएका थिए। सेकेन्ड लेफि्टनेन्टबाट सेनामा छिरेका खड्काले दरबारका तत्कालीन सैनिक सचिव ऋषिकुमार पाण्डेको मन जितेपछि उनलाई पाण्डेको व्यक्तिगत जग्गा कारोबार हेर्ने जिम्मेवारी पनि दिइएको थियो। मुटु रोगका कारण प्यारासुट टे्रनिङ नलिएका खड्काको चेकजाँचमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन। त्यो समय उनले जग्गा व्यापारको  
लागि खर्च गरेका थिए। विद्रोही लडाकुको समेत नेतृत्व गरिरहेको एकीकृत माओवादीको एकल सरकारले जर्नेल कुलबहादुर खड्कालाई 'कायममुकायम सेनापति' नियुक्त गरेपछि उनले आफ्नो सुरक्षाका लागि सशस्त्र प्रहरी गुहारेका छन्। सेनापति बन्ने चाहना राखेर विगत एक वर्षदेखि राजनीतिक लबिङमा निक्कै सक्रिय जर्नेल खड्कालाई माओवादीले नियुक्त गरेपछि भने उनी आफ्नो पुरानो निवास रहेको गोल्फुटार असुरक्षित ठानी बुढानीलकण्ठस्थित घरमा बस्दै आएको सुरक्षा स्रोतले बताएको छ।  
गत वैशाख २१ गते नियुक्ति बुझेर सैनिक मुख्यालय पुग्दापुग्दै सशस्त्र प्रहरीलाई फोन गरी जुनसुकै परिस्थिति आउन सक्छ, मलाई सहयोग गर्नुहोला भन्दै व्यक्तिगत सुरक्षाका लागि पनि आग्रह गरेपछि नेपाली सेनामा ठूलै गडबडी हुने लख काटिएको थियो, एकजना एआईजीले तरुणसँग भने। नियुक्तिपत्र पाएकै दिनदेखि सेनापति कटवाललाई खेदेर कमान्ड सम्हाल्ने उनको योजनामा सहपाठी दीपक गुरुङ र शिवराम प्रधानबाहेक अरु नदेखिएपछि उनी वाईसीएल, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा राति १२ बजेदेखि नै कमान्ड सम्हाल्ने टुंगोमा पुगेका पनि हुन्।  
आफ्नो स्वार्थका लागि सिंगो सेनालाई प्रचण्डको शब्दमा 'राजनीतीकरण' गर्न तयार खड्काले नेपाली कांग्रेसका नेता डा. रामशरण महत र पार्टी सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालालाई प्रयोग गर्दै आएका हुन्। पुत्री कोइरालाको छोरीको विवाहमा उनले निक्कै ठूलो आर्थिक सहयोग जुटाइदिएका थिए भने निमन्त्रणा कार्ड बोकेर जर्नेल खड्का आफै विभिन्न ठाउँमा खटिएका कारण सुजाता उनको पक्षमा खुलेर लागेकी हुन््। पार्टी र देश भाँडमा जाओस्, आफ्नो स्वार्थ पूरा गरी छाड्ने कोइराला प्रवृत्ति डा.महतले चाहिँ पच्छाउन सकेनन्।  
नेपाली सेनाका जर्नेलहरूमध्ये सबैभन्दा धनाढ्य मानिने खड्काको काठमाडौंमा सानदार चारवटा बंगला, करिब पाँच सय रोपनी जमिन र ३०/३५ करोड रुपैयाँ नगद र दुई/चार करोडको सुन र हीरा रहेको बताइन्छ। हुन पनि प्रदीपप्रताप बम मल्ल, गोविन्द गुरुङ, गजेन्द्र लिम्बूहरूलाई फाल्न प्रतिव्यक्ति ५० लाख रुपैयाँ खर्च गरेका खड्काले यूएनको कारबाहीबाट मुक्ति पाउन सीबी गुरुङलाई ५० तोला सुन उपहार टत्र््कयाएको खड्कासँगै काम गरेका इन्जिनियरिङ विभागका पूर्वमेजर नारायण ढकालले बताउने गरेका छन्। जसको सत्ता उसैको चाकरीमा अभ्यस्त खड्कालाई दाङ घटना घटाउन सहयोग पुर्यााएकोमा पुरस्कृत गरिएको हो वा अवसरवादी चरित्र उपयोगमात्र गरिएको हो, स्पष्ट हुन बाँकी नै छ।


-- TARUN
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=23007#Scene_1

Read Full Discussion Thread for this article