Posted by: बैरे May 13, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


हामी भर्खरै आफ्नो  पढाई सकाएर जोश र उमङ्गले भरिएका दुई ठिटा हरु अमेरिका थप  पढ्न भनी नेपालबाट हिड्या थियौ । हामी नङ र मासु झै जहाँ गए नि सँगै जहाँ पढे नि सँगै हुन्थ्यौ । नयाँ यात्रा पनि हामी दुबैले एउटै युनिभर्सिटीमा सुरु गर्यौ । नेपालबाट हङकङ भई, भेगसको यात्रा सुरु भयो ।


अमेरिकामा सुर्य चुरोट तान्न पाउने हो कि होइन भन्ने सोचले हामीले २ कार्टून चुरोटको जगेणा काठमाडौं बाटै गरेका थियौ । रोयल नेपाल एअरलाईनसको त्यो उडानमा धुम्रपान गर्ने सुबिधा पनि उपलब्ध थियो । जहाज भरी भराउ थिएन , आफ्नै बाउको हावाइ जहाज झै हामी उडानको केही समय पछी पछाडिको सिटमा प्लेन दुसित पार्न गयौ । हाम्रो ध्यान वरी परी कतै थिएन झ्याल बाट जमिन तिर कमिला झै देखिने सा-साना घर,बाटा हरुमा थिए । चुरोट मस्तले उडाई रहेका थियौ हामी, त्यही बिच मेरो ध्यान अचानक जमिन बाट प्लेन भित्र पुग्यो । हामी बसेको अर्को छेउमा एउटा केटी झ्याल बाट हेर्दै, समय समयमा हातको रुमाल आँखा सम्म लगि रहेको थियो । उसको आँखा त देख्या थिईन तर उसले कपास झै उडिरहेका बादललाई नै छेडेर केही कुराको खोजीमा थियो । शायद त्यो बेसफल खोजको पत्तो भएर होला उसको आँखा र रुमालको मिलाप हुन पुगेको ।

 

मैले च्याङ्ग्राको ध्यान पनि त्यही केटी भए तिर लगे,

 

" तरुनी रोई रहा छे नि, फकाउने हो कि ? "

 

च्याङ्ग्रा - " अब नेपाल छोडि सक्यौ के नेपाली को पछी लाग्ने, तैले नि भन्या होइन खैरेनी बाहेक अरु नताक्ने भनेर ?"

हामी भर्खरका ठिटाहरु नयाँ देश नयाँ भेशमा जादै थियौ हामी सँग संसार हाक्ने मनोबल थियो, कोही भन्दा कम हामी आफुलाई ठान्ने पक्षमा थिएनौ । हामी दुईले अमेरिका गएर नेपाली केटी होइन खैरे छाला तिर मात्रै ध्यान दिने निधो गरेका थियौ , जिन्दगीको रस जवानीमै नचुसे बुधेस्कालमा के पाहिन्थ्यो भन्ने हाम्रो सोचाइ थियो । काठमाडौंमा लुकी लुकी 'बे वाच ', 'बेवेर्ली हिल्ल्स' बोका झै हेर्दा खैरे छाला एक नभए आर्को, अर्को नभए अर्को पाहिन्थ्यो भन्ने हाम्रो सोच थियो ।

 

"हो, तर अमेरिका सम्म पुग्न टाईम पनि त पास हुनु पर्‍यो ! तेरो मुख कत्ती हेर्नु सानै देखी हेर्या अली सेक्सी भए नि लौ भन्नु " मैले हाँस्दै भने ।

 

"त्यो त हो" च्याङ्ग्राले मेरो कुराको सहमती दियो, " जाम त कुरा गर्न ?" उसले फेरी प्रश्न गर्‍यो  

 

मैले च्याङ्ग्रालाई भाग्यको सर्वोत्कृष्ट अङ्रेजी मा चाँही "बेस्ट अफ लक" भन्दै तरुनी भए ठाउँ तिर पठाएँ ।

 

च्याङ्ग्रा गएर तरुनी सँग बोल्यो, तरुनी पनि एक्लै भएर होला च्याङ्ग्रा सँग हाँस्दै बोल्न थाली , म चाँही एक्लै परे अब फेरी एक अर्को खिल्ली सल्काउन लागे । च्याङ्ग्राले मलाई आवाज दियो र त्यही सिटमा बोलायो । म उनिहरु नजिकै गएर बसे , कवाफमा हड्डी बन्नु मन त थिएन त्यही पनि भलाद्मी ब्यक्ती झै आफ्नो परिचय दिए , " हाइ, म बैरे " उसले पनि मेरो 'हाइ' आफु सँग राख्न्न नखोजे झै मलाई नै फर्काइ अनी " म रिया " भनी जवाफ दीइ । मैले च्याङ्ग्रालाई आफु अगाडि गई बस्ने कुरा जनाए , तर उसले मलाई - "अब अगाडिबाट ह्यान्ड ब्याग यही ल्या न, तल् परे चुरोट पनि सल्काउन पाहिन्छ , उसलाई पनि साथी हुन्छ,  हङकङ सम्मको ट्रिप सँगै जाम"

 

मैले हुन्छ भन्दै अगाडिबाट समान पछाडि ल्याए ।

 

च्याङ्ग्रा उसको छेउमा बसेको थियो म चाँही छुटै , च्याङ्ग्रा उठेर ल एक छिन उसलाई कम्पनी दे, म एक सर्को लगाउन जान्छु भन्दै उठ्यो । मैले च्याङ्ग्रालाई घुरेर हेरे , मेरो घुराईको अर्थ उसले बुझेको थियो । सधैं सँगै चुरोट तान्ने हामी, आज तरुनीले गर्दा छुट्यो त्यो पनि अझै मलाई उल्टै तरुनीको  हेर्चाह गर भन्दै जाने ? च्याङ्ग्रा मुसुक्क हाँस्दै गयो चुरोट सल्काउन । मलाई उु छेउ जानु थिएन , म उसको छेउ जानु भनेको मेरो कम्जोरी देखाउनु थियो, उसलाई कुरा गर्नु थियो त उु आँफै अघी बढे हुन्थ्यो । म पानीमा माछाको पर्खाईमा बसेको बकुला झै बसी रहेको थिए ।

 

मेरो बल्छीमा माछो फस्यो , उु छेउमा आएर - " तिमीहरु हङकङ सम्म मात्रै जान आट्या हो ?" भनी सोधी ।

 

अहिले सम्म च्याङ्ग्रासँग के कुरा गरी बसी त ? मैले "होइन हानी अमेरिका जान लाग्या भने "

 

उसको आँखामा चहक थियो - " अमेरिका, कहाँ नि ? "

 

मैले आफु अली रहीथानी देखाउने बिचार  गरे, काठमाडौं हुँदा सब जना साथी भाई हरु कि त "मिन्नेसोट", कि त " न्यू योर्क " भन्थे कत्तीको कलेज सस्तो हुन्थे तर हामी जाने कलेज चाँही महँगो छ भन्ने धाकले " यू एन एल भि " भने । मैले मन मनै के सुन्या होला र उसले त्यो ठाउँ भन्दै मनैमा हासे ।

 

उनी दंग पर्दै " आइ डोन्ट बिलीभ दिस, म पनि यू एन एल भि जान आट्या भनी "

 

म आफुले खन्या खाल्डोमा आँफै पुरिए, मुस्कुराउदै, आस्चर्य मान्या झै - " हो र " भने । वास्तबमा मलाई उसको केही चासो थिएन , उु कलेजमा नेपाली भएको हिसाबले साथी हुन पुग्थ्यो त्यती मात्रै हो । मेरो लक्ष्य अर्कै थियो र अर्जुनले झै आफ्नो लक्ष्य बाट मन घुमाउन हुन्न भन्ने मलाई ज्ञान थियो । च्याङ्ग्रा सर्को तानेर आयो , उसलाई छेउ मा बस्या देखेर मेरो छेउमा बस्यो । च्याङ्ग्रा टाउको मुन्टाउदै उु सँग कुरा गर्न थाल्यो ।

 

उसले च्याङ्ग्रालाई उु र उसको साथीले सँगै कलेजमा अप्लाई गर्या तर उसको साथीले भिसा नपाको कुरा ज्ञान गराई । उु केही भन्न चाहन्थी तर हामीलाई पहिलो पल्ट भेट्या भएर होला त्यो कुरा उसले भन्न सकिन । कप्तानले हङकङमा आगमन हुन आट्या कुरा माईक फुके । केही क्षण पछी हामी हङकङ पुग्यौ ।

 

आफ्नो समान अमेरिका सम्म चेक भाको थियो त्यसैले समानको पिर लिनु पर्ने थिएन । हाम्रो हङकङमा १० घण्टाको ट्रान्सिट थियो , जहाज बाट उत्री हामी आफ्नो गेट सम्म पुग्यौ उु पनि हामी सँगै थि । बाउको बिज्नेस हङकङमा भएकोले बुढालाई फोन गर्न महंगो पर्ने कुरा ज्ञान रहेछ त्यसैले आफ्नो साथी सँग बुढाले फोन कार्ड लिएका थिए । काठमाडौं छोड्नु अघी बुढाले हङकङ गएर पुग्ना साथ फोन गर्नु र फेरी अमेरिकाको लागि निस्किनु अघी फोन गर्नु भनी आज्ञा गर्या थिए ।

 

सोही आज्ञाको पालन गर्न घर तिर फोन घुमाईयो , केही बेर कुरा भए पछी च्याङ्ग्राले पनि आफ्नो घर तिर फोन घुमायो । उु सँग हङकङ डलर रहेछ उसले पनि घर फोन गर्न लागि मैले म सँग फोन कार्ड छ यही चलाए हुन्छ त्यो पैसा अरु केही को लागि बचाई राख भनी आफ्नो फोन कार्ड उसलाई चलाऊन दिए । उसले घरमा कुरा गर्दा उसको आँखा फेरी रसाउदै थियो । उसलाई असजिलो हुन्छ भनी म त्यहाँ बाट हेट । उसको कुरा सक्किए पछी मलाई " थ्यांक यू " भन्दै फोन कार्ड मलाई फिर्ता दिईन् ।

 

समयको ढल्काई सँगै हाम्रो मित्रता पनि बढ्दै गयो , होइङ्कोङ एअरपोर्टमा धुम्रपान कक्ष नभएकोले तल चाँही धेरै लग्या थियो तर मेटाउन भने पाईएन । च्याङ्ग्रा एकै छिन थकाई मार्छु भन्दै सुस्ताउन लाग्यो । अब त्यहा केवल उु म र दुब्दै गरेको घाम थियो । मैले अघी प्लेनमा उसले केही भन्न खोजेको थियी तर आफुलाई त्यो कुरा हामीलाई नभन्ने निधो गरेको कुरा कोट्ट्याउने बिचार  गरे ।

 

- " अघी प्लेनमा तिमीले केही कुरा भन्न आट्या झै लग्या थियो, के हो त्यो कुरा ? " भनी सोधे ।
Read Full Discussion Thread for this article