Posted by: Maylumaya May 12, 2009
नेपाली सेनापति प्रकरण भारतीय खेल
Login in to Rate this Post:     0       ?        

'सेनापति प्रकरण भारतीय खेल’



कास


पर्सा, प्रधानसेनापति प्रकरण भारतको संसदीय चुनाव र सत्ता समीकरणको खेलका कारण भएको सद्भावना पार्टी -आ.) की अध्यक्ष सरिता गिरीले बताएकी छन् ।

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो धारणा व्यक्त गरेकी हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको निर्णय लोकतान्त्रिक रहेको जिकिर गर्दै प्रधानसेनापति रुक्मांगद कटवाल सेना एकीकरण र संघीयताविरोधी रहेको आरोप लगाइन् । उनले राष्ट्रपति डा.रामवरण यादवले नेपाली कांगे्रसको उक्साहटमा परी असंवैधानिक कदम चालेको आरोपसमेत लगाइन् । जुन दलले सरकार बनाउने स्पष्ट धारणा व्यक्त गर्छन्, उसैलाई सद्भावनाले समर्थन गर्ने बताउँदै गिरीले संविधान निर्माण समितिका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा संविधान निर्माण प्रक्रिया लम्बिन सक्ने बताइन् ।

Read Full Discussion Thread for this article