Posted by: Maylumaya May 12, 2009
India encroachment Nepal's border in Bara District
Login in to Rate this Post:     0       ?        
बारा नेपालमा १ सय ३ सीमा स्तम्भ गायब:-

बारा, नेपाल-भारत सिमाना छुट्याउन गाडिएका १ सय ३ वटा सीमा स्तम्भ हराएका छन् । बारामा गाडिएका ५ सय ८८ स्तम्भमध्येबाट ती स्तम्भ हराएका हुन् ।

प्रहरीले २०६० आसार १० गते संकलन गरेको तथ्यांकअनुसार सीमाका १ सय १६ स्तम्भ फुटेर जीर्ण भएका छन् । सीमावर्ती गाविस विश्रामपुर, श्रीनगरबैरिया, छतवा, मटिअर्वा, वसन्तपुर, दक्षिण झिटकैया, बडकी फुलबरिया, कवहीगोठ, बगही, हर्दिया, पकडिया, बेल्दारी, पिपरपाती, बिसुनपुर, अमृतगन्ज, गोलागन्ज र कचोर्वामा रहेको ३५८/४ देखि ३८९/१० नम्बरभित्रका उक्त स्तम्भ ग्ाायब भएको तथ्यांकले देखाएको छ ।

नेपाल र भारतका नागरिकले कचोर्वा, बेल्दारी, अमृतगन्ज, पकडियालगायतका स्थानमा दसगजा क्षेत्रमा रहेको जग्गा अतिक्रमण गरी खेती गरेका छन् । यसरी दसगजामा खेती गर्नर्े किसानमा भारतीयको संख्या बढी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । यस्तो हुनुमा दुवै मुलुकका सरकारको कमजोरी रहेको नेपाली कांग्रेस नगर सभापति तथा बारा उद्योग वाणिज्य संघ अध्यक्ष शिवनाथ शर्माले बताए ।

जनताले दसगजा -नो म्यान्स ल्यान्ड) भनेको नबुझेर यस्तो गरेको हुन सक्ने अनुमान शर्माले गरेका छन् । दुवै मुलुकका सीमाविद्ले बसेर यो समस्या अविलम्ब समाधान नगरे यसले नेपाल-भारतको मित्रतामा खलल पुग्ने सम्भावना रहेको उनलेे

बताए । नापी शाखाले नेपाल-भारत सीमाको नक्सा छुट्याउन नसकेपछि करिब १२-१३ वर्षअघि राष्ट्रियस्तरमा सीमा समस्या समाधान समिति गठनसमेत भएको शर्माले बताए ।

समितिले नक्सा जाँच गरेर २०४९/०५० सालमा पिल्लर गाडेको थियो । पछि फेरि सीमावर्ती दुवै मुलुकका जनताले उक्त क्षेत्र जबर्जस्ती अतिक्रमण गरेकाले यसरी उक्त संख्यामा स्तम्भ गायब भएको हुन सक्ने उनले बताए । माओवादीले द्वन्द्वकालमा ग्रामीण भेकबाट प्रहरी चौकी विस्थापित गराएपछि सीमा हेरचाह गर्ने निकायको कमी भएको र

दसगजा अतिक्रमण भएको सिम्रौनगढका व्यापारी रामबाबु कुशवाहाले बताए । सीमावर्ती गाउँमा बसोबास गरेका दुवै मुलुकका बलिया जनताले आफूले जबर्जस्ती यसरी उक्त क्षेत्र अतिक्रमण गरी खेती गर्नुका साथै घर टहरा बनाएर प्रयोगमा ल्याएको उनले बताए ।
Read Full Discussion Thread for this article