Posted by: ritthe May 12, 2009
भ्रष्ट्र को ?
Login in to Rate this Post:     0       ?        

एक अत्ती भ्रस्ट कर्मचारी लाई सजाय


भ्रस्ट हुनु र घुस खानुको पनि सिमा नाघ्यो भनेर एक अत्ती नै भ्रस्ट कर्मचारीलाई सरकारले यस्तो ठाँउमा  सरुवा गरिदियो कि जहाँ उसले कुनै पनि हालतमा घुस खाने वाताबरण देखिदैन थियो ! उक्त भ्रस्ट कर्मचारीको नयाँ जागिर थियो समुन्द्रको किनार ! काम चाँही दिनभरिमा त्याँहा बाट देखिने समुन्द्रको प्रत्येक छाल गन्ती गर्नुपर्ने र साँझ प्रतिवेदन बुझाउनु पर्ने !


सरकारले मलाई सजाय कसरी दिँदो रहेछ हेरुम न भन्ठान्यो भ्रस्ट कर्मचारीले ! उसको पालो पर बाट आउँदै गरेको एक जहाजलाई किनार आइसकेपछी रोक्यो र जहाजको एक कर्मचारी सँग भन्यो "सरकारले मलाई यो समुन्द्रको छाल गन्ती गर्न राखेको हो, तिम्रो जहाजले छेकिएर मैले छाल गन्ती गर्न सकिन अब कुरो यही मिलाउछौ कि तिम्रो जाँहाजको लाइसेन्स खारेज गराइदिउ? "


*** 


 

Read Full Discussion Thread for this article