Posted by: primeminister May 6, 2009
prachanda poem
Login in to Rate this Post:     0       ?        
·  म प्रचन्ड

·  १२ बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ ,
जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।।

·  १२- १५ देस घुमेँ श्वासनी, छोरा सँग,
चिल्लो गाडी, घ्याम्पे भुँडी द्ङ पर्छु म त ।।
·  कहिले भन्छु - कब्जा गर्छु , कहिले क्रान्ति गर्छु,
जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु ।।
·  जनतालाई सपना बाँड्न एक नम्बरको हिरो,
त्यो सुद्ले कस्तो झप lर्यो भये म त जिरो ।।
·  भाषाण गर्न जानेकै छु, चर्को चर्को बोली,
खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली ।।
·  छाउरा - छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन,
अर्का थरी शिक्षाकलाई कालो मोसो धस्छन ।।
·  ७- ८ महिना भाई सक्यो सत्तामा गाको पनि ,
उम्केकै छु अहिले सम्म गर्छु गर्छु भनी ।।
·  बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु,
दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।।
·  संबिधान, लोडसेडिङ, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन,
कटुवालको जागिर नखाए सम्म हुन्न मलाई चैन ।।
·  सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो ,
समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो ।।
·  अर्कालाई भन्न त सजिलो भाथ्यो गर्न रेछ गाह्रो ,
लौन हजुर कसो गरुँ, पर्यो आपत सारो  

source : something i received... don know who is the creator of this peom, credit goes to the poem creator....
Read Full Discussion Thread for this article