Posted by: crazy_love May 5, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        

भाग-३



"फूललाइ अर्थ दिने त हामी पो हौँ, फूललाइ त अर्थको आबश्यकता नैं छैन।" साराले नेहाको कुरामा थप सहमति जनाइ।


"ती दिनहरु अत्यन्त रमाइला थिए। सगरको मौन हेराइ, मायालु मुस्कान र प्रेमिल मौसम मलाइ मदहोश बनाँउथ्यो। म आफु वरिपरिको बाताबरणसङ बिल्कुल अनभिज्ञ हुन्थे। मेरो बिहानी सगरबाट सुरु हुन्थ्यो। सगर मेरो सपनामा पनि आँउथ्यो मायाका फूलहरु बर्षाउदैं। मलाइ यस्तो लाग्थ्यो मानिसहरु किन प्रेमको गहिराइमा चुर्लुम्म डुब्दैनन्? प्रेमलाइ किन प्रेम मात्र बनाउदैनन्? बाचा बन्धनहरुको नियम किन जन्माँउछन्? मेरो र सगरको प्रेममा कुनै सम्झौता थिएन, न त सङ जिउने सङै मर्ने कसमहरु। तैपनि हामीहरु मायाको नशामा पौडिदैंथ्यौँ, शब्दहरु फिका लाग्थे, एकान्त प्यारो लाग्थ्यो। म प्रेममा हरेक कुरा राम्रो देख्थेँ। यस्तो लाग्थ्यो मेरो शरिरमा खालि सकारात्मक उर्जा छ। हरेक कुरा संभव छ, हरेक कुरा सुन्दर छ।" नेहा चुप लागी, मानौँ उ फेरि बिगतमा पुगेकी छे एकछिनको लागि।


"आज प्रेम दिबस त होइन है?" साराले जिस्काइ।


"जब तिमी प्रेममा हुन्छौ हरेक दिन प्रेम दिबस हुन्छ।" नेहाले पनि दाहिने आँखा झिम्काइ।


"के तिमी सगर जस्तो सगरलाइ चिन्छौ?" साराको अर्को प्रश्न सुरु भयो।


"उ अर्कै शाखाबाट आएको रे। केहि दिनको लागि नयाँ स्टाफलाइ काम सिकाउने मात्र रे। मलाइ उस्कै शाखाकि एउटी केटीले भनेकी।" नेहाले केहि जानकारी लिन भ्याइसकेकी रैछे।


"अनि उसको नाम नि?" सारालाइ अझै सोध्न मन लाग्यो।


"थाहा छैन, नाम जे भए पनि अहिले उसले मलाइ सगरसङ पुनर्मिलन गराउन मद्धत गरिरहेको छ, कल्पनामा नैं सही।" नेहा अलि अलि पागल नैँ हो जस्तो लाग्छ सारालाइ कहिले कहिँ।


उनिहरुको कुरा हुँदा हुँदै कथाको नायक "सगर जस्तो सगर" उनिहरुतिर आइरहेको देखे। नेहाको मुटुको धड्कन बढ्न थाल्यो। कथाको नायक बिस्तारै बिस्तारै नजिकै आइपुग्न लागेकोथ्यो।


"ल अब मेरो यहाँ केहि काम छैन है।" भनेर सारा उठी।


"यस्तो बेलामा एक्लै छोडेर नजाउ न। मलाइ डर लाग्न थाल्यो सारा" भन्दै नेहाले अनुरोध गरी।


"प्रेमको घुम्तिमा "सुन्दर मौसम" छाएको छ। तिमीलाइ उसले खाँदैन, डराउने कारण केहि छैन। म गयेँ" सारा सगरलाइ "मेरो एउटा काम छ" भन्दै माफी माग्दै नेहालाइ छोडेर गइ।


नेहाको अनुहारमा रक्तसंचारको प्रबाह बढ्न थाल्यो, अलिकति भय र संकोच मिस्रित त्यो अबस्थामा उसले सगरलाइ मुस्कानले स्वागत गरी। सगर साराको ठाँउमा बस्यो, नेहालाइ अपलक निहार्यो, जवाफमा न्यानो मुस्कानले अभिबादन गर्‍यो।


"तिमी जब मुस्काँउछ्यौ, असाध्यै राम्री देखिन्छ्यौं। मैले आजसम्म यस्तो सुन्दर मुस्कान देखेको छैन।" सगरको स्वर नेहाको कानमा प्रतिध्वनि भएर गुन्जिरह्यो।"


"--------------------------" नेहा निशब्द भइ।


"के मैले यति धेरै तारिफ गरें कि अब तिमी मुस्काउन कन्जुस्याइ गर्न थाल्यौ? " सगरले नेहाको आँखामा हेर्दै भन्यो।


"मुस्कान कसैको नराम्रो हुँदैन, हाँस्दा सबै राम्रा देखिन्छन्। मैले आज सम्म कुरुप मुस्कान देखेकी छैन।" नेहा बिस्तारै मुस्काइ।


"सबै तिमी जस्तो भाग्यमानी हुँदैनन्, मुस्काँउदै सबैलाइ उज्यालो छर्न सक्दैनन्, मुस्कान सङै फूल र ताराहरुको बर्षा गर्न सक्दैनन्।" सगरले मुस्काइरहेकी नेहालाइ हेर्दै प्रशंसाको पुल बाँध्न थाल्यो।


"कुरा सुन्दा त तिमी मुस्कान बिषेशज्ञ जस्तो लाग्यो। के तिमी नराम्रो मुस्कानको उदाहरण दिन सक्छौ?" नेहाले सगरलाइ गम्भिर प्रश्न गरी।


"ल हेर म हाँस्दा कस्तो नराम्रो देखिन्छ।" सगरले मुख बिगारी बिगारी बिभिन्न थरि हाँसोहरु देखायो। नेहा मरिमरि हाँस्न थाली।


क्रमश:


 


 


 

Read Full Discussion Thread for this article