Posted by: paasa7 May 4, 2009
***प्रचन्ड को रहस्य खुल्यो ***
Login in to Rate this Post:     0       ?        









'रणनीतिक' सीडीमा कब्जाकै कुरा






























२०-वैशाख-२०६६,आइतवार


Image
सत्ता
कब्जा गर्ने रणनीतिबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना
जनसेनाका कमान्डर एवं पार्टीका केही नेताहरूसँग बसेर अत्यन्त गोप्य रूपमा
व्याख्या गरिरहेको भिडियो रेकर्ड नेपाली सेनाले फेला पारेपछि माओवादी
सरकार प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निचोडमा पुगेको हो।


संविधानसभा निर्वाचनभन्दा एक महिनाअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता
कब्जाको तयारीबारे आफ्ना छापामार कमान्डरहरूलाई दिएको उक्त निर्देशन
नेपाली सेनाले कांग्रेस, एमालेलगायतका राजनीतिक दलका नेताहरूकहाँ
पुर्याहएका कारण गोप्यता भंग हुन पुगेको निष्कर्ष माओवादीको छ।  उक्त
भिडियो रेकर्डमा प्रचण्डले डेढ वर्षभित्रै सत्ता कब्जा गरिसक्ने उल्लेख
गर्दै युद्ध मोर्चाकै शैलीमा संविधानसभा निर्वाचनमा होमिन निर्देशन दिएका
छन्। उनले भनेका छन्– अब हाम्रो हात माथि परिसक्यो, जनयुद्धकालमा जसरी
अन्य राजनीतिक दल लखेटिएका थिए, चुनावमा पनि अन्य दलका उम्मेदवारलाई
हाम्रा कार्यकर्ताले  त्यसरी नै लखेट्ने छन्, खुट्टा भाँच्ने छन्। नागरिक
समाजमार्फत समानुपातिक निर्वाचनको एजेन्डा हामीले 'कार्यान्वयन गरिसक्यौं,
अब हामीलाई चुनावमा उछिन्न सक्ने अरु दलको ताकत छैन, चुनावपछि हाम्रै
सरकार बन्ने स्पष्ट छ, हाम्रा लागि चुनौतीका रूपमा रहेको सेनासमेत
चुनावपछि हाम्रै पकडमा आउँछ, हाम्रो पकडमा आउन नचाहने जर्नेलहरूलाई
बर्खास्त गरिनेछ, जनसेना छाती नापेर होइन, प्लाटुनका प्लाटुन समायोजन
हुनेछन्, यसरी सेनाको तलदेखि माथिसम्म हाम्रो पकडमा आएपछि नेपाली कांग्रेस
नामको पार्टी यो मुलुकमा रहने छैन, न त एमाले नै रहनेछ। सेनाको
लोकतान्त्रीकरण भनेको राजनीतीकरण हो, जो हामी जसरी पनि गर्दछौं।

यसैगरी, लेनिनले गरेको अक्टुबर क्रान्तिबारे व्याख्या गर्दै माओवादी
अध्यक्ष प्रचण्डले भनेका छन्– 'जतिबेलासम्म लेनिनले विद्रोहका मात्र कुरा
गर्नुभयो, त्यतिबेलासम्म सफल हुनु भएन, जब उहाँले शान्ति, रोटी र जग्गा
(जमिन) उपलब्ध गराउने कुरा गर्नुभयो, तब अक्टुबर क्रान्तिमा सबैले साथ
दिए। शान्ति सम्झौता हाम्रो त्यही रणनीतिको उपज हो।' उनले एक प्रसंगमा
अट्टहास गर्दै भनेका छन्– 'कामरेडहरू, म त्यति मूर्ख छैन, एमाले–कांग्रेस
अब हाम्रो चुंगुलमा फसिसके, अब विस्तारै सेनालाई पनि आफ्नो जालभित्र
पार्दैछौं।' 

-- Tarun Weekly

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=22780

Read Full Discussion Thread for this article