Posted by: bhunte ko bau May 3, 2009
प्रचण्ड र ज्ञानेन्द्रको दोहोरी
Login in to Rate this Post:     0       ?        
प्रचण्ड र ज्ञानेन्द्रको दोहोरी







प्रचण्ड: गर्नु गर्‍यौं षड्यन्त्र पैसा ख्वाएर
दलका मान्छे किनेर
संविधानसभा भाँड्छु भनेर।

ज्ञानेन्द्र: गर्नु गर्‍यौं प्रचण्ड युद्ध छेडेर
मेरो निद्रा खोसेर
जताततै आगो झोंसेर

प्रचण्ड: गर्नु गर्‍यौं माइला दरबार ढुकेर
नागर्जुनमा गएर
गिरिजासँग साइनो जोडेर

ज्ञानेन्द्र: गर्नु गर्‍यौं छविलाल ढाडमा टेकेर
भारतसँग मिलेर
राष्ट्रपति बन्ने भनेर

प्रचण्ड: गर्नु गर्‍यौं 'जी. शाह'मधेस चर्काएर
भाजपासँग मिलेर
माओवादीलाई भ्याउँछु भनेर
ज्ञानेन्द्र: गर्नु गर्‍यौं जुँगे कमरेड पुत्ला जलाएर
गणतन्त्र भनेर
बाउबाजेका शालिक फोडेर

प्रचण्ड: भन्नु भन्यौं हामीलाई आतंककारी भनेर
रेडकर्नर नोटिस ल्याएर
टाउकाको मूल्य तोकेर


ज्ञानेन्द्र: भैगो फुर्ती नगर, बाईसिएल देखाएर
भिड्ने भएर भिडौंला
मौका छोपेर

प्रचण्ड: च्यालेन्ज गर्‍यौं तिमीले भिड्छु भनेर
सिंगल सिगंल भिड्ने कि
पाखुरा सुर्केर?
<

Read Full Discussion Thread for this article