Posted by: raju161 May 3, 2009
breaking news :प्रधानसेनापति कटवाल बर्खास्त, खड्का कायममुकायम
Login in to Rate this Post:     0       ?        
सेनापति बर्खास्तीपछि सेना शतर्क
काठमाडौं, मे ३ । प्रधानसेनापति रुक्माड.्गत कटवाललाई सरकारले बर्खास्त गरेपछि नेपाली सेनाका उच्च अधिकारीहरुको आकस्मिक बैठक बसिरहेको छ । सैनिक मुख्यालयमा जारी बैठकमा सेनाले चाल्ने कदमका बारे गम्भीर छलफल भइरहेको बुझिएको छ ।

प्रधानसेनापति कटवालसहित उपत्यकामा रहेका जर्नेलहरु बैठकमा सहभागी छन् । यद्यपि हालै कायममुकायम सेनापति नियुक्त गरिएका कुलबहादुर खड्का उपस्थित रहे नरहेकोबारे थाहा हुनसकेको छैन।

एक उच्च सैनिक अधिकृतले सेनाभित्र विभाजन ल्याउने उद्येश्यले माओवादीले खेल खेलेको बताए । सेनाले सबै किसिमका षड्यन्त्रलाई गम्भीरताका साथ लिएको भन्दै एकतावद्ध भएर चुनौतीको समना गर्ने बताए ।
Read Full Discussion Thread for this article