Posted by: raju161 May 3, 2009
breaking news :प्रधानसेनापति कटवाल बर्खास्त, खड्का कायममुकायम
Login in to Rate this Post:     0       ?        
प्रचण्डलाई कटवालको चेतावनी
काठमाडौं, मे ३ । प्रधानसेनापति रुक्माड.्गत कटवालले प्रधानमन्त्री प्रचण्डलाई चेतावनीको भाषामा आफूलाई हटाउने अधिकार नभएको बताएका छन् । आज बालुवाटारमा डाकी बर्खातीको पत्र थमाउन लाग्दा कटवालले आफूलाई हटाउने अधिकार नभएको भन्दै नमान्ने बताएको स्रोतले बतायो ।

कडा रुपमा प्रस्तुत भएका कटवालले एकलौटी ढंगबाट निर्णय गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यसका सामु जुध्ने बताएका थिए । उनले सेनामाथिको हस्तक्षेप सह्य नहुने भन्दै मनलागी गर्न नपाइने समेत बताएका थिए ।
Read Full Discussion Thread for this article