Posted by: sYaKuuRiolAKU_nchImb April 29, 2009
Express ur views on Maoist Leaders???
Login in to Rate this Post:     0       ?        
This proves maoists and CPN UML leader and their dirty politics is trashed in sewage

विज्ञप्तिको पूर्ण पाठसैनिक जनसम्पर्क निर्देशनालयको
बिज्ञप्ति


बिज्ञप्ति नं। - ७०



मिति - २०६६ बैशाख १६ गते ।



समयः- साँझ ०६२५ बजे ।



नेपाली सेनाको प्रतिबद्धता



१. हाल नेपाली सेनाको सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा संप्रेसित समाचारहरु

नागरिक समाज लगायत अन्य बुद्धिजिवी वर्गहरुले नेपाली सेनाको सन्र्दभमा
सार्वजनिक
गरिरहेका टिकाटिप्पणीहरु प्रति नेपाली सेनाको विशेष ध्यानाकर्षण भएको
छ ।



२. सोही विषयमा आम जनसमुदायलाई पुनः आश्वस्त पार्न आज मिति २०६६÷०१÷१६ गते

अपराहन्न जंगी अड्डामा नेपाली सेनाका प्रधानसेनापति महारथी श्री रुकंमाङ्गद
कटवाल
बलाध्यक्ष रथी श्री कुल बहादुर खड्का बलाधिकृत रथी श्री छत्रमान िसंह
गुरुङ्ग तथा
अन्य उच्च पदस्थ पदाधिकारीहरु उपस्थित एक समारोहमा नेपाली सेनाको
संगठनात्मक
एक्यबद्धता माथीको प्रतिबद्धता पुनः प्रकट गरिएको छ ।



३. सो बैठकमा नेपाली सेनाको नेतृत्व वर्गले प्रकट गरेको प्रतिबद्धता परिशिष्ट

'क' यसै बिज्ञप्ती साथ संलग्न गरी पठाईएको छ ।



परिशिष्ट 'क'



१. प्रधानसेनापति महारथी श्री रुकमाङ्गद कटवालको प्रतिबद्धता: गौरवमय ईतिहास

बोकेको र जनता प्रति सदैव उत्तरदायी रहेको नेपाली सेनाको नेतृत्व वर्ग लगायत
सकल
दर्जा एक ढिक्का भई उच्च अनुशासनमा रही राष्ट्रको सुरक्षा र राष्ट्रियताको
जगेर्ना
गर्नका लागि राज्यले दिएका जिम्मेवारीहरुलाई निर्वाह गर्दै आएका छौं ।
विगत केही
दिन यता विभिन्न संचार माध्यमहरुमा नेपाली सेनाको अनुशासन तथा बरिष्ठ
अधिकृतहरु
विशेषतः प्रधान सेनापति लगायत बरिष्ठतम रथीहरुका बिचको सम्बन्धलाई
लिएर आएको समाचार
प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोले त्यस्तो समाचारमा
कुनै सत्यता नभएको र त्यो
भ्रामक र कपोलकल्पीत मात्रै भएको स्पष्ट गर्न
चाहन्छौं । यस सन्दर्भमा म नेपाली
सेनाको प्रधान सेनापति महारथी श्री रुकमाङ्गद
कटवाल बलाध्यक्ष रथी श्री कुल बहादुर
खड्का र बलाधिकृत रथी श्री छत्रमान िसंह
गुरुङ्गको बीचमा कुनै मन मुटाव वा द्धैश
नभएको र हामीहरु आ आफ्नो नियुक्तिमा
प्रचलित नियम कानुन र आफ्नो चेन अफ कमान्ड
अनुसार नेपाली सेनाको गैरराजनैतिक
चरित्रलाई कायम राख्दै यसको संस्थागत विकास गर्न
र राष्ट्रिय सेनाको राष्ट्रिय
चरित्रलाई अझ व्यापक र अझ जनता केन्द्रित बनाउन सक्षम
छौं र त्यसैकार्यमा
कटिबद्ध पनि छौं । हामीहरु व्यक्तिगत तथा संस्थागत दुवै रुपमा
नेपालको संविधान
प्रचलित कानुन र विगतका शान्ति सम्झौताहरु प्रति पूर्ण रुपमा
प्रतिबद्ध र
लोकतान्त्रिक पद्धति प्रति समर्पित रही शान्ति प्रकृयालाई तार्किक
निश्कर्षमा
लैजानका लागि राज्य र जननिर्वाचित प्रतिनिधिहरुलाई हरेक प्रकारको सहयोग
गर्नका
लागि सदैव तत्पर रहेको जानकारी गराउंदछौं।'



२. बलाध्यक्ष रथी श्री कुल बहादुर खड्काको प्रतिबद्धता: 'प्रधान सेनापतिले भन्नु

भएको कुरामा मेरो पुर्ण सहमति समर्थन र प्रतिबद्धता छ।'



३. बलाधिकृत रथी श्री छत्रमानिसंह गुरुङ्गको प्रतिबद्धता: 'प्रधान सेनापति र

बलाध्यक्ष ज्यू ले भन्नु भएको कुरामा मेरो पुर्ण सहमति समर्थन र प्रतिबद्धता

छ।'


Read Full Discussion Thread for this article