Posted by: बैरे April 29, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

केही क्षण पछी हामी नगरकोट पुग्यौ ।


पहिले पेट पूजानै गर्ने निर्णय भएकोले उतै तिर लागियो, च्याङ्ग्राको त कुरै थिएन एक प्लेट म:म: मगाई हाल्यो, मेरीले नि चौमिन मगाईन, च्याङ्ग्री र मैले चाँही लोकल कुखुरा चापाउने रहरले रोस्ट मगायौ । अब होनचा र काठमाडौं गणेशथानको अगाडि यो खानाको दाजो के गराइ भो र त्यही पनि हुल्न चाँही सही हुलियो । खान पिन सकाएर एक सर्को लगाउन बाहिर निस्क्यौ, शायद चिनेको धेरै नभएकोले होला उसले म माथि आफ्नो हक पनि जताउन सकिनन्, तर उस्को आँखा बोली रहेको थियो र मलाई त्यो ठुटो फ्याक्नको लागि आग्रह गरिरहेका थिए । मैले त्यो आग्रहलाई नकार्न सकिन, त्यही पनि एक पफ मन त्रिप्त गर्नको लागि लगाए अनी भुई तिर फ्याकेर किल्चिए ।


च्याङ्ग्रा - "थुक्क १.५० सत्यानाशी "


मैले केही बोलिन, त्यसलाई के थाहा, ती आँखाहरु ले के भनी रहेका छन भनेर ? त्यो त केवल मसँग कुरा गरिरहेका थिए । च्याङ्ग्राको धुवा हावा मिसी सकिएपछी हामी टावोरतिर लाग्यौ । मौसमले नि हाम्रो साथ दिएको थियो, सुर्यले आफ्नो न्यानो किरण हाम्रै लागि साचेर राखेको झै त्यो न्यानो पन हामी जहाँ जहाँ गयौ उही उही नै छाइदिएको थियो । पवन पनि मन्द मन्द गर्दै उसको मस्तिस्क्कलाई चुम्न घरी घरी बहदै थियो । टाढै भएनी दोलालघाटबाट सुन्कोशी छछल्किएको धुन र वरी परी फुलेका सप्त रङ्गी फूलहरु को मिठो बास्नाले त्यो बातावरणलाई सजाएर प्रफुल्लित पारेको थियो । सुनको औठिमा चम्केको हिरा झै मेरी मायालु गमक्क चम्की रहेकी थियी, मानौ त्यो बातावरणको उद्देश्य आज उसको उपस्थितीले पूर्ण भएको थियो ।


त्यो हृदय छुने द्रिश्यहरु र उसको स्पर्श लिदै कती खेर टावोर पुगियो थाहा नै भएन । एक्कै छिन त्यहाँ ढिस्कोमा बसेर कुरा गरियो, च्याङ्ग्री र च्याङ्ग्रा सिंह जुधाई रहेको थियो, कुन बेला को थला पर्ने हो थाहा थिएन ।


- "ओ तिमीहरुको सुगौंली सन्धी भएको छैन ? अझै महाभारतको युद्ध चल्दै छ ?" मैले सोधे


मेरो कुराले उनिहरुलाई केही असर परेको थिएन । - "हो च्याङ्ग्रा दाई कत्ती झगडा गरी रहनु भाको तपाई, अनी तलाई चाँही किन निउ खोज्नु पर्ने च्याङ्ग्रा दाई सँग ?" उसले पनि आफ्नो मनको कुरा पोखिन ।


च्याङ्ग्राले मलाई नसुने पनि उसको कुराले आफुलाई छोएको नकार्न सकेन, त्यस माथि उसले च्याङ्ग्रालाई दाई भनेर सम्मानित गरेकी थियिन्, अरुले नदेखे नि च्याङ्ग्राको आँखामा पानीले ठाउँ ओगटेको चाँही मैले देखे ।


दिदी बहिनी हिन थियो च्याङ्ग्रा र सधैं मलाई एउटा बहिनी भए खूब मोज हुन्थ्यो बुझिस । तिहारमा यो पाली कसले टिका लगाइदिने भन्नु नि छैन, आफ्नै बहिनीको हात को टिका लाउन पाइन्थ्यो । एसो दाई बनेर एसो उसो नगर भनेर भन्न पाइने, आफुले उसको हेर्चाह गर्न पाउने । सके सम्मको सब खुशी दिन्थे यार भनी रहन्थ्यो । शायद आज मेरीले उसलाई दाई भनेकोले उसलाई फेरी त्यो कुराहरु याद आए होला । च्याङ्ग्रा आएर हामी भए ठाउँमा बस्यो । च्याङ्ग्रालाई मैले राम्ररी चिनेको थिए उसको त्यो मौन्ता केही क्षणमा भंग हुने निस्चित थियो ।


च्याङ्ग्री - "अन्ताक्षरी खेलुम न "  


आफुलाई आफ्नो मायालुसँग कुरा गर्नु थियो, उसलाई अझै राम्ररी जान्नु बुझ्न्नु थियो, त्यही पनि मैले च्याङ्ग्रीको प्रस्तावलाई नकारीन । कती खेर सुरु भयो त्यो पनि थाहा भएन तर च्याङ्ग्रा - "ढुङ्गे साँउको मेलामा " भन्दै गाउदै थियो । केटा र केटीहरु बिचको युद्ध थियो । गीतको शब्दहरु आँफै फेर्दै च्याङ्ग्राले - "च्याङ्ग्रीलाई दाम्लोले बानी, घुमाइ दिउ कि शहरैमा" भन्दै गीतको बिश्राम गर्‍यो ।


हुन त केटा केटीको बिचको युद्ध थियो तर हाम्रो तर्फ बाट च्याङ्ग्रा र केटीहरु तर्फबाट च्याङ्ग्री  भिड्दै थिए । गीतहरुको घमाशान शस्त्र अश्त्रहरु चली रहेका थिए । आफुलाई पनि गीत हरु टन्नै फुरेका थिए तर म सँग केवल एउटा ब्रम्हास्त्र थियो, त्यसको उपायोग मैले ठीक समयमा मात्रै गर्नु पर्ने थियो ।     


च्याङ्ग्री - " बैरे तिमी गाउन, तिमीले गाएको सुनेकै छैन, कत्ती यो च्यात्या बोह्रा मात्रै सुन्ने ? "


मलाई त गीत कहाँ अड्कियो पनि थाहा थिएन , मेरो ध्यान त उनी माथि मात्रै थियो । च्याङ्ग्रा तिर हेरे - " अ " बाट भनेर संकेत गर्‍यो । मेरो ब्रह्मास्त्र चलाऊने अवसर आँफै मेरो सामु आएको थियो तर निशाना अचुक हुनु पर्ने नितान्त जरुरी थियो ।


स्रुरुवात गजलबाटै गर्नु निको हुन्छ झै लाग्यो -


" आइना देख्के बोले ये संवर्ने वाले ,
अब तो बे-मौत मरङ्गे मेरे मर्ने वाले "


गीतलाई सुरु नै नगरि सिधै आफुले गाउनु पर्ने लाइन गाइयो


"देख कर तुम्को यकीन होता है ,
कोही इत्ना भि हसीन होता है ।
देख पाते हैं कहाँ हम तुमको ,
दिल कही होश कहिन होता है । "


उसको आँखा लाजले झुकेको थियो, ओठमा मुस्कान थियो , त्यो लाज र मुस्कानलाई छोप्न उ सँग न त घुम्टो नै थियो न त पक्षौरी । त्यो लजालु आँखा र मुस्कान मेरो प्रत्यक्ष थियो र उसको अफ्थ्यारो पन लाई उु आँफै बाट बचाउन म उसको छेउमा बसे । उसले मेरो हातलाई आफ्नो लाज ढाक्ने ओछ्याउने बनाईन् ।


च्याङ्ग्रा हाँस्दै - " तलाई अहिले गीतहरु क्या फुरी रहा होला हगी "   


उसको कुरामा सत्यता थियो, त्यो क्षण मेरो मनमा गीतहरुको मूल फुटेको थियो, कविताहरु मन मनै रची सकेका थिए, पोख्न सकेको भए आदी कवी र महा कवी पनि मेरो समुन्न्य झुक्नु बाहेक अरु केही उपाय देखदैन थिए । मलाई उु सँग एकान्तमा कुरा गर्नु थियो , तर यो अन्ताक्षरी हिम्द महासागरले झै मेरो बाटो रोकेको थियो,  यसलाई चिर्नु थियो । आफु सँग कुनै क्षेप्यास्त्र छ कि भनेर हेर्दा राम बाण नै भेटियो, "न" बाट गाउनु पर्ने थियो ।  मैले भजन गाइदिए - " नारायण नारायण नारायण श्रिमद नारायण नारायण नारायण ......"  अब "ण" बाट गाउन असम्भव थियो ।


राम बाणले आफ्नो काम गर्‍यो अन्ताक्षरीको पूर्ण बिराम भयो ।


 

Read Full Discussion Thread for this article