Posted by: dharan April 28, 2009
TU case: जंगलीहरुलाई सबक दिने कि !
Login in to Rate this Post:     0       ?        

मलाई राम्रो सँग याद छ किर्तिपुर मा लिट्टे ग्रुप थियो जस्ले शैक्छिक क्षेत्र बाट राजनीति लाई बिदा गर्नु पर्छ भन्थे। सांच्चैनी हो कि जस्तो लाग्छ मलाई त। म किर्तिपुर पढ्दा २:५० मा भात खान पाइन्थ्यो- त्यस्लाई ३:५० बनाउंदा पनि भाते आन्दोलन गरेका थिए। रु १० महिना भरी को भाडा थियो- त्यस्लाई ५० बनाउंदा पनि आन्दोलन गरे, जबकी बजार मा ५०० रु मा पनि कोठा पाउन मुस्किल थियो। ति सब देख्दा किर्तिपुर सभ्य नागरिक बनाउने ठांउ नभै एक राजनैतीक तलिम केन्द्र जस्तो लाग्थ्यो।


त्यसैले मलाई लिट्टे को एउटा ब्यानर अझै याद छ "{wellcome} to {academic} {wasteland} "। जस्ले आफ्न गुरु लाई कालो मोसो दल्छन ति भोली का देश का महान नेता हुन। अचम्म को कुरा जो किर्तिपुर मा महिना को एक डेढ सय तिर्न यत्रो आन्दोलन गर्छन् उनिहरू २० रु पोइन्ट को म्यारिज खेल्छन। यी पशुपतीनाथ ले पनि डामेर छोडेको सांढे हरू हुन।
धरान

Read Full Discussion Thread for this article