Posted by: paasa7 April 27, 2009
Khadka is the biggest Crook in Nepal
Login in to Rate this Post:     0       ?        

Bloody maoists could never have played with nepal army if the crooks like Khadka have not deceived its own organization. Divided we fall, and united we stand. Maoists have succeeded in dividing Nepal army. Others have succeeded bringing divisions in the past. We have many crooks like this Khadka, because of the person like this Khadka, we've become a failed state. For the sake of getting power, these people are even ready to sell their own mother.


 


सेनाका ३ पात्र



खिम घले


काठमाडौं, रुक्मांगद कटवाल हटाई नेपाली सेनाको दोस्रो वरीयताका कुलबहादुर खडकालाई प्रधानसेनापति नियुक्ति गर्ने माओवादी प्रयास सार्वजनिक भएपछि यी दुई जना चर्चाको शिखरमा छन् । सैनिक वृत्तमा भने दुई होइन, तीन पात्र छन् । तेस्रा पात्र हुन्, बलाधिकृत रथी छत्रमानसिंह गुरुङ । अघिल्ला दुई पात्र जस्तो राजनीतिक र कूटनीतिक 'लविङ' ले होइन, मुखैमा आउन लागेको सेनापति पद अर्कैले खोस्न लागेपछि गुरुङ चर्चित भएका हुन् ।

प्रधानसेनापतिले भदौ २५ मा अवकाश पाएपछि तेस्रो वरीयताका उनी त्यही पदका दाबेदार हुन् । कटवालभन्दा अगावै असार ६ मा उमेरका कारण बलाध्यक्ष रथी खडकाले अवकाश पाउँदैछन् । त्यसपछि गुरुङ नियमित प्रक्रियाअनुसार सेनापति हुन्थे ।

माओवादी योजनाले भने उनको अवसर धरापमा परेको थियो । सैनिक अधिकारीहरूका अनुसार दरबार सक्रिय हुँदा सहायक रथीदेखि सेनापतिका लागि 'ग्रुमिङ' गर्ने चलनले 'अब को हुने' भन्ने निश्चितजस्तै हुन्थ्यो । लोकतन्त्र स्थापनासँगै उपरथी प्रदीपप्रताप बम मल्लको म्याद नथपिएपछि बनिबनाउ रोलक्रम भत्किएर कटवाल सेनापति भएका थिए ।

'नियमअनुसार सेनाभित्र भावी सेनापतिका रूपमा गुरुङलाई स्वीकारिसकिएको स्थिति थियो,' उच्च सैनिक अधिकारीले भने, 'बीचैमा राजनीतिक दाउपेचका कारण अन्योल भयो ।'

सेनामा गुरुङले बलाधिकृत विभागअन्तर्गत अपरेसन, गुप्तचरी तथा तालिम हेर्दै आएका छन् भने खडका बलाध्यक्ष विभागअन्तर्गत राष्ट्रसंघीय शान्ति मिसन, प्रकृति संरक्षण र कल्याणकारीको जिम्मेवारीमा छन् । 'युद्धकार्य तथा गुप्तचरीसमेत पर्ने बलाधिकृत विभागलाई बढी महत्त्वपूर्ण मानिन्छ,' एक अधिकारीले भने, 'उनी सेनापतिको लाइनमा भएर हुनसक्छ, उनलाई त्यो विभाग दिइएको छ ।'

सेनाको नेतृत्व शाह, राणा र थापालगायत सहरी उच्च वर्गबाट पहिलो पटक कटवालका पालामा अन्त्य भएको थियो । यद्यपि ओखलढुंगामा जन्मेका कटवाल दरबारको छत्रछायामा हुर्केका थिए । कटवाललाई तत्कालीन रानी रत्न शाहले ल्याएर हुर्काएकी हुन् ।

मातृ पल्टन पशुपतिप्रसाद गणमा रहेका कटवालले आधारभूत अधिकृत तालिम भारतको देहरादूनस्थित इन्डियन मिलिटरी एकेडेमीबाट गरेका हुन् । स्टाफ कलेज बेलायत र नेसनल डिफेन्स कोर्स -एनडीसी) पाकिस्तानबाट गरेका हुन् ।

स्नातकोत्तर कटवाल अमेरिकाबाट तालिमप्राप्त रेञ्जर हुन् । राष्ट्रिय सुरक्षा परिषदको पहिलो सहसंयोजक बनेका कटवालले माओवादीविरुद्ध युद्धका बेला नेपालगन्जस्थित मध्यपश्चिम पृतनाको नेतृत्व गरेका थिए ।

उनले सरकारविरुद्ध राजनीतिक तथा कूटनीतिक 'लविङ' गरेको रक्षामन्त्री रामबहादुर थापाले सार्वजनिक रूपमै आरोप लगाएका छन् ।

लोकतान्त्रिक आन्दोलनका बेला दोस्रो वरीयतामा रहेका कटवाल बलाधिकृत रथी थिए । उनलाई कृष्णजंग रायमाझीको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको थियो । उनलाई आन्दोलन दबाउन पद र

शक्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो ।

लमजुङमा जन्मेका खडकाले अधिकृत आधारभूत तालिम र स्टाफ कलेज बेलायतबाट र एनडीसी पाकिस्तानबाट गरेका हुन् । पाकिस्तानबाट आएको पहिलो एनडीसी कोटामा उनी गएका हुन् । त्यसबेला उनी महासेनानी थिए । सेनाको सबैभन्दा उच्च मानिने यस तालिममा सामान्यतः सहायक रथीहरूले भाग लिन्छन् । 

उच्च सैनिक अधिकारीहरू स्नातकोत्तर खडकाको सैनिक जीवन उतारचढावपूर्ण रहेको बताउँछन् । प्रायः सैनिक जनरलहरूले गर्ने प्याराजम उनले गरेका छैनन् । यद्यपि यो अनिवार्य होइन ।

माओवादी युद्धका बेला उनी उपत्यकास्थित भ्याली पृतनाको कमान्डमा थिए । भ्यालीपछि उनलाई सुदूरपश्चिम पृतना खटाए पनि त्यहाँ धेरै बसेनन् । उनी राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भए । उनको मातृ ब्यारेक कालीप्रसाद गण हो ।

लोकतान्त्रिक आन्दोलनका बेला राष्ट्रिय सुरक्षा परिषदको सहसंयोजक रहेका खडकालाई पनि उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो । उनीविरुद्ध जनआन्दोलन दबाउन परिषदबाट पेस्की लिएको ३३ लाख रुपैयाँ फछ्र्योट नगरेको आयोगको प्रतिवेदनको पृष्ठ ः ५७२ -भाग २) मा उल्लेख छ । दरबार हत्याकाण्डका बेला छोरा प्रवीण खडका तत्कालीन युवराज दीपेन्द्रका अंगरक्षक थिए । अरूलाई कारबाही भए पनि बाबुकै कारण बचाएको सैनिक अधिकारीहरू बताउँछन् ।

तनहुँमा जन्मेका गुरुङको मातृ ब्यारेक शमशेरदल गण हो । उनले भारतको देहरादूनमा आधारभूत अधिकृत तालिम, अमेरिकाबाट स्टाफ कलेज र चीनबाट एनडीसी गरेका हुन् । स्नातक गुरुङ लोकतान्त्रिक आन्दोलनताका सुर्खेतमा रही मध्यपश्चिम पृतनाको कमान्ड सम्हालेका थिए । गुरुङ तेक्वान्दोका ब्ल्याकबेल्ट हुन् । त्यसैले उनलाई सेनाभित्र 'ब्ल्याकबेल्ट' तथा 'ट्रुआर्मी' जर्नेलसमेत भन्ने गर्छन् ।

नाताले बाजे पर्ने कांग्रेसका पुराना नेता बखानमानसिंह गुरुङको छत्रछायामा हुर्केका तनहुँका गुरुङ र लमजुङका खडका क्याम्पस जीवनमा ठमेलमा एउटै डेरामा बस्थे । खडका अमृत साइन्स र गुरुङ त्रिचन्द्रमा पढ्थे ।

सेनापति प्रकरणले सेनाभित्र नजानिँदो पाराले मनोमालिन्य बढाएको छ । सैनिक अधिकारीका अनुसार जनजाति जर्नेलहरू आफ्नो समुदायमा पहिलो पटक आउन लागेको सेनापतिको पदमा पनि राजनीतिक षड्यन्त्र हुन थालेको गुनासो गर्छन् ।

हाल पैदल सेनातर्फ उपरथीहरू राम गुरुङ, डम्बर गुरुङ, अनन्तबहादुर थेवे, दमनबहादुर घले र शिवराम प्रधान जनजाति समुदायबाट आएका हुन् । अन्य उपरथीमा अनिलजंग थापा, गौरवशमशेर राणा, तोरणबहादुर सिंह, नेत्रबहादुर थापा, नेपालभूषण चन्द र केशवराज महतलगायत छन् ।

सेनाका जर्नेलहरूको राजनीतिक र कूटनीतिक चलखेल कटवाल र खडकाबीच देखापरेको द्वन्द्वका क्रममा सार्वजनिक भएको हो । प्रायः सैनिक अधिकारीहरू न सेनापति कटवालको सरकारसँग निहुँ खोजाइप्रति सन्तुष्ट छन् न खडकाको सेनापति बन्ने लालचासँगै ।

'माओवादी यही चाहन्थ्यो, सेना मानसिक रूपमै विभक्त होस् र डिमोरलाइज होस्,' एक उच्च सैनिक अधिकारीले भने, 'यसमा कटवालको आडम्बर र खडकाको राजनीतिक चलखेलले महत्त्वपूर्ण भूमिका खेल्यो । यसको नतिजा संस्था र राष्ट्रले चुकाउनुपर्छ ।'




Posted on: 2009-04-24 19:40:27






Read Full Discussion Thread for this article