Posted by: Nepalibir April 25, 2009
सेनामाथिको अपमान राष्ट्रका लागि प्रत्युत्पादक
Login in to Rate this Post:     0       ?        
अनिल जी,
तपाईंको लेख राम्रो छ तर कता कता तपाईं माओवादीप्रति बढी नै पुर्बाग्रही पो हुनुभएको हो कि जस्तो लाग्छ। माओवादी नेत्रित्वको सरकारका कम्जोरी त कतिपय अवस्थामा बाहिरै छताछुल्ल भएको त देखिएकै हो तर जननिर्बाचित सरकारको कुनै आदेश पालना नगर्ने दरबारको कलो खाएर हुर्किएको कटुवाललाई स्पष्टिकरण माग्दा आकाशै खसे सरह बिरोध गर्नु त्यति मनासिब हो जस्तो लाग्दैन। लोकतन्त्रमा प्रतिपक्षी दलहरुले के निहु पाउँ कनिका बुकाउँ गर्नु त अचम्म हैन तर सरकारको आदेश नमान्नेलाई स्पष्टिकरण माग्नुमा केही गल्ती भए जस्तो लाग्दैन। जहाँसम्म प्रचन्डले पत्रकारहरुलाई आतंकित गरे भन्ने कुरो हो त्यसमा पनि त्यति टाउको दुखाउनु पर्ने  कारण म देख्दिन। के केही पत्रकारहरु (ॠषि  धमला मार्का) बिदेशी एजेन्टबाट निर्देशित छैनन् त? कि तपाईं पनि गिरिजा सरह धमलालाई फसाइयो भन्ने ठान्नुहुन्छ?
Read Full Discussion Thread for this article