Posted by: sYaKuuRiolAKU_nchImb April 24, 2009
***very serious crime***
Login in to Rate this Post:     0       ?        

माओवादी शिविरमा अझै ३ हजार बाल
लडाकु : राष्ट्र संघ

काठमाडौँ वैशाख ११ (नागरिक)- संयुक्त राष्ट्रसंघका
महासचिव बान कि-मुनले पूर्व माओवादी बाल लडाकु अझै शिविरमा रहेकामा सरकारको
ध्यानाकर्षण गरेका छन्। सुरक्षा परिषदमा बुधबार प्रस्तुत बालबालिका तथा सशस्त्र
द्वन्द्वसम्बन्धी वार्षिक प्रतिवेदनमा बानले परोक्षरुपमा शिविरमा रहेका बाललडाकुलाई
फागुनभित्रै मुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता पूरा नभएको
उल्लेख गरे। राष्ट्रसंघीय शान्ति नियोग अनमिन ले ०६३ जेठ ११ सम्म १८ वर्षभन्दा कम
उमेरका २ हजार ९ सय ७३ पूर्व लडाकुलाई बाल लडाकू भनी सूचीकृत गरेको छ। अझै उनीहरु
माओवादी शिविरमै छन्।

विस्तृत समाचार

source: nagarik news


Read Full Discussion Thread for this article