Posted by: ANS April 24, 2009
कोइरालाको घरभाडा ९९ हजार
Login in to Rate this Post:     0       ?        

पुर्वप्रधानमन्त्री तथा काँग्रेस
सभापति गिरिजा प्रसाद कोइरालाले मासिक ५० हजार भाडा तिर्छन् तर राज्यबाट
घरभाडाबापत ९९ हजार बुझछन् । वरिष्ठ नेताको रुपमा  राज्यले सुविधा दिने
घोषणा गर्दा उनले यस्तो ललिपपमा नभुल्ने घोषणा गरेका थिए । 


शुक्रबारको नयाँ पत्रिकामा प्रकाशित
समाचार लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिकाको सम्मान
गर्दै कोइरालालाई सरकारले घरभाडा, गाडी तथा इन्धन, औषधोपचार र पियनदेखि
सहसचिवस्तरसम्मका नौ जना कर्मचारीसहितको स्वकीय सचिवालयको सुविधा दिने
घोषणा गरेको थियो ।

कोइरालाले फागुन यता तीन पटकमा १० लाख १ हजार ७ सय ३९ रुपैयाँ बुझेका छन्
। माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोइरालालाई यो सुविधा दिने घोषणा
गर्दा आफू ललिपपमा नभुल्ने घोषणा गरेका थिए । माओवादी नेतृत्वको सरकारले
कोइराला बालुवाटार छाडेको दिनदेखि नै घरभाडा र सुविधा दिने घोषणा गरेको
थियो । प्रधानमन्त्ती कोइराला गत भदौदेखि कांग्रेस कार्यकर्ता कृष्णरक्षा
राजभण्डारीको घरमा बस्न थालेका छन् ।

http://dainikee.com/news/index.php?action=news_details&news_id=6314

Read Full Discussion Thread for this article