Posted by: nepalitexan1 April 23, 2009
POLITICAL CRISIS in NEPAL???
Login in to Rate this Post:     0       ?        




Finally safelanding the political crisis.


माओवादी किन पछाडि सर्‍यो ?


सुधीर शर्मा


 काठमाडौं, वैशाख १० - आफैंले थालेको सेनापति प्रस्टीकरण प्रक्रियाले सत्तारूढ माओवादीलाई विषम परिस्थितिमा पुर्‍याएको छ । प्रधानसेनापति रुक्मांगद कटवालमाथि कारबाही गर्दा थेग्नै गाह्रो हुने राष्ट्रियरअन्तर्राष्ट्रिय दबाबको जोखिम छ भने नगर्दा असन्तुष्ट पार्टी पंक्तिलाई सम्हाल्न सजिलो छैन ।



यो प्रकरण अब रक्षा मन्त्रालय वा सरकारको दायराभित्र मात्र रहेन, यसले राष्ट्रिय रूप लिँदै राष्ट्रपति र अन्य राजनीतिक दलको चासो आकषिर्त गरेको छ । भारतलगायत अन्तर्राष्ट्रिय शक्तिको समेत निकट सरोकारको विषय बनेको छ । पूर्वनिर्धारित निर्णयविपरीत माओवादी पछाडि हट्नुको मुख्य कारण यही देखिन्छ ।

उच्च स्रोतअनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत केहीले मध्यस्थको भूमिका नखेलेको भए मुलुक दुर्घटनाको मुखमा पुगिसकेको थियो । माओवादी नेतृत्वको सरकार बुधबार बिहान कटवाललाई कारबाही गर्ने टुंगोमा पुगिसकेको थियो भने सैनिक नेतृत्व त्यसलाई अवज्ञा गर्ने मनस्थितिमा थियो ।

मंगलबार दिउँसै मन्त्रिपरिषदले सेनापतिका सम्बन्धमा निर्णय लिन लागेको थियो । त्यस्तो निर्णय नलिन र लिए परिणाम राम्रो नहुने कूटनीतिक चेतावनीसहित भारतीय राजदूत राकेश सुदले अपराह्न बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय धारणा सुनाएपछि बैठक तत्काललाई स्थगन गरियो । यसअघि सोमबार बिहान पनि उनले दाहाललाई भेटेर यस्तै धारणा सुनाएका थिए ।

Read Full Discussion Thread for this article