Posted by: Nepe April 22, 2009
कम्युनिष्ट अतिवादबाट मुलुकलाई जोगाऔँ ! Save the nations from Communist Autocracy!
Login in to Rate this Post:     0       ?        

ताततातो खाँउ मनस्थिति भएका कथित प्रजातन्त्रधारीहरु जूवामा हारे पछि कटुवालको कट्टुमा झुण्डिएर चिच्याउनु बाहेक अरु के नै बिकल्प भयो र?


Indeed.


अब सेनालाइ कांग्रेसी या भारतिय समर्थक भएको आरोप लगाउन सजिलो हुन्छ यदि कट्टु नफुसकने हो भने या फुस्किहाले भने कथित जनगणतन्त्र आइहाल्छ ।


Not so sure.


सेनाको अब रोक्न नसकिने राजनितिकरणले निम्त्याउने संकटले लोकतन्त्र होइन बरु राष्ट्रियताको लागि नै चिच्याउने कि?


It will be wrong to assume that the army was not ‘political’ in the past. It will also be wrong to assume that the ‘civilian control’ over army amounts to ‘politicization’. It certainly politicizes to some extent. But we have to live with that. निर्वाचित सरकारलाई विश्वास गर्न डर मान्ने हो भने त गृहस्थी छाडेर जोगी बनेर हिंडे भैगो नि । We must trust the elected government and we must build our whole system (social, political, individual, mental, intellectual, everything) based on that so that they complement and reinforce each other. Else, खरानी धसेर हिंडे भो ।   


अहो बिर्सिएछु, प्रिथ्वी नारायण शाहको खेदो खन्न नथाक्ने एकसेएक गणतन्त्रका दुरदर्शीहरुलाइ बाल मतलब सिंगो नेपालको,


पृथ्वीनारायण शाहको वंशकै शासन चाहिने अगणतन्त्रवादीहरुले थाम्ने reality नै छैन नेपालमा । गणतन्त्रवादीहरुलाई गाली गर्नु बेकार छ ।


संघियताको लहैलहैमा माओबादी संग ड‌म्फु बजाउनबाट फुर्सत भए पो ?


हो यसमा चाँही सहमत छु । गणतन्त्रसंग संघियता जोडिएको हुनैपर्छ भन्ने त्रुटीपूर्ण ज्ञान नेपालमा विभिन्न कारणले छिर्‍यो र अब त्यो ओकल्न नमिल्ने गरी स्थापित भएको छ । जिन्दगी हो, सबैकुरा त्रुटीरहित नहुने रहेछ ।


अब ताल नमिले पछि चटके अतिबाद तिर लागी सके, निरीह जनतालाइ अर्को आन्दोलनको डम्फु सुन्नु बाहेक केही गर्ने अवस्थामा छैनन । अझै पनि अतिबादसंग मण्डलेकरणको संयोजनको दोष , आरोपले त केही माइने नै छैन जबकि जनता गाँस बास सुरक्षा जस्ता आधारभूत समस्याहरुले पहिल्यै ग्रसीत छन ।


हो थुप्रै कुरा भद्रगोल छ । सहमत छु ।


धन्न एउटा कटुवाल बाँकी रहेछन यसपछि को?


काँग्रेस । काँग्रेसको लगातार घट्दै गएको वर्चस्व र माओवादीको उपयोगितावादी रणनीति जोड्दा एकदिन त्यस्तो आउनसक्छ, माओवादीले काँग्रेसलाई non-grata प्रतिक्रियावादी भनेर राजालाई जस्तै पाखा लगाउन खोज्न सक्छ ।


भनिन्छ राजनितिमा दुरदर्शिता अपरिहार्य हुन्छ, बिपिलाइ त यो बुझ्न २० बर्ष लाग्यो भने अब हवल्दारको लहलहैमा लाग्ने हरुवाहरु जति चिच्याए पनि सहानिभूति पटक्कै झर्दैन ।


दोष बिपीकै doctrine (राजासंगको सामिप्य र कम्युनिष्टसंगको दूरी) को हो । त्यही doctrine को बन्दी भएर काँग्रेसले चातुर्यपूर्ण राजनीति गर्न सकेन र अन्ततोगत्वा गणतन्त्र स्वीकार गर्दा पनि सत्ता भने माओवादीको हातमा गुमाउनुपर्‍यो ।


सेना संयोजनको टुंगो नलागी जनताको मर्म नबुझि चुनाब गराउने, गणतन्त्रको घोषणाको हतार त्यो पनि संघियताको, कसलाइ परेथ्यो? तपाइहरु नै होइन? अनि रगतको होली खेल्नेमा बिस्वास गर्नेसंग हातेमालो गर्दै उफ्रने?


संघियताको मामला पनि कांग्रेससंग त्यसको विरोध गर्ने नैतिक शक्ति नभएर वाध्य भई स्वीकार गर्नु परेको हो । तर सेना संयोजनको कुरा भने गिरिजाबाबुको मूर्खतापूर्ण जुवाखेलाई को कारण यो अपूर्णता र जटीलतामा पुगेको हो ।


चिन्ता नगर्नुहोस, माओबादी अतिबादले उत्तर कोरीया ननिम्त्याए पनि पश्चिम बंगाल त पक्कै बनाउने छन, केही मौलिक हकहरु देलान, प्रतक्ष्य निवार्चन गराउँलान तर उनीहरु जितिरहनेछन ६० बर्षको घोर गरिबीका बाबजूत, अब सजिलो छैन हटाउन यिनिहरुलाइ । बिकल्प केही छैन, बरु दिल्ली बिन्तीपत्रको फेरी तयारी गर्ने कि?


सजिलो छैन तर असंभव पनि छैन । अति गरे भने जनआन्दोलन-३ हुन्छ ।


 


Nepe

Read Full Discussion Thread for this article