Posted by: Deep April 22, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

kHusHii,



हैन कस्तो कन्जुस्याईँ गर्या हो? एक दर्जन जति लडाईदिनु नी यसरी        -- के जान्छ र? बाङ्गे र मलाई आधा आधा दर्जनको दरले।


बिस्टे,


"लौ पर्दा खोल्न लाम बाउ हरु लाई हामी याहा रेडी भर बस्या छम नाटक हेर्नलाई।"


पर्दा त तरुनीहरुले खोल्ने चै पो पर्खिनु पर्छ त प्रभो, हैन त?


serial,


 "पुरा विश्वाश नगरने - बाङ्गेले बित्यायो भनेर - बाङ्गे लाई छेड्की हान्न खोज्ने अनी - हात पर्‍यो सुन्ना "


कस्तरी पेच हान्या हो -- तल्लो ककामा धेरै पर्यो जस्तो छ -- मन घुम खाएर धुनधान छ।


 


"मोज छ दीप ब्रो को ससुराली मा टिउसन पढ्न जाने मिल्या छ -


त्यो पनि ससुरो सँग खप्पर मा त लेखेरै ल्याएको रहेछ "


खप्पराँ ससुरो र ससुराली मात्रै भएर त भएन नी प्रभो --  बस छुटी सके पछी बस पारक पुगेर के गर्ने? त्यहाँ फुर्सद भएर बस्या डाईभर खलाँसी भेटेर के गर्ने? प्रभो पनि ----तर हाम्रो बस छुट्या छैन है प्रभो--त्यस्तै लाग्छ के रे -- छाउनी देखी बिजेस्वरी तिर भन्दा नरदेबी तिर बाट त्यता ओर्लिदा फाईदा हुन्थ्यो उ बेलाँ -- अचेल नी त्यस्तै छ की? तर ससुराली जान त छाउनी तिर का घरहरु तगडा -- ईस्टाईल ईस्टाईला का थिए --


chipledhunga,


"ओहो आइडिया त गजबै निस्केको रहेछ।"


आईडिया को त कुरै नगरम् प्रभो-- साँझाँ मधेस तिर लामखुट्टे निस्क्या जसरी निस्किन्थे नी --


*~Spring~* ,


lol bhinaju........bange the daydreamer lol

बाङ्गे ट्याम अनुसार गर्थ्यो, दिनमा डे ड्रीमर, रात परे पछी नाईट ड्रीमर। तर नाईट शो को फ्यान थ्यो क्यारे। कैले त म्याटीनी शो पनि रातमै हेर्छु भन्थ्यो।


बैरे,


"बाङ्गेले फेरी नाउँ पार लगाउने भयो कि क्या हो ? "

 

बाङ्गे सँग त त्यै नाउ मात्रै थ्यो, पार लाउने नलाउने त अर्कैको हातमा -- उ र म त नाउ लियो हेलियो --जय शम्भो भन्दै।

 

Bhakte,

"हानम प्रभु अरु पनि ।"

 

हस् प्रभो, धार लाउँदै छु। लडाउँछु कुन बेलाँ गफलाई भ्वाक्कै।

********

 

अब एक राउन् बिरेक लिनु परो। एउटा काम आईलाग्यो।
Read Full Discussion Thread for this article