Posted by: बैरे April 22, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

हामी घर तिर लाग्यौ ।


च्याङ्ग्रा, भोली पल्ट बिहानै घर आइपुग्यो, मैले मेरो काम भाको हुनाले जान नमिल्ने कुरा जनाए , - मेरो बिहीवार पनि बिहानै काम छ तेरो त अब बङ्ग्ला मुखी जाने सधैं हुन्छ म चाँही जान्छु तर बेलुका मात्रै यो शुक्रबार सम्म नभ्याई नहुने काम छ यार "


एक छिन केही बोलेन र सराप्दै लाग्यो सन्खमूल तिर ।


 


शनिबारको दिन आनन्दले सुत्छु दिनभरी,  काम पनि सक्या थियो कही जानु थिएन । आँखाको पर्दा बन्ध मात्र के हुन आट्या थियो आइपुग्यो अघोरी कोठा भित्र - "मित्र बन्धु, हजुरको काम सकियो होला नि अब जिन्दगी बनाउन तर्फ पनि लाग्ने कि ?"


 


"के जिन्दगी, कस्तो बनाउने जाच आको छैन कसरी आहिले बन्छ जिन्दगी ?" भनी मैले प्रश्न गरे


 


च्याङ्ग्रा - "जिन्दगी भन्या खाली पैसा र जागिर मात्रै हुन्छ, तरुनीले पनि जिन्दगी बनाईदिन्छ नि कसो ?"


 


हुन पनि हो च्यङ्ग्राको जिन्दगीमा तरुनी बाहेक अरु केही को मान्यता नै थिएन, मेरो शब्द खेर फाल्नु मेरै दोश थियो, त्यही पनि मैले सोधे "कसरी बनाउने भईस त जिन्दगी ?"


 


च्याङ्ग्रा - "आज छप्कीले डेटमा जाम भन्या छ " मैले बिच मै कुरा काटे - "तेरो डेटमा म किन जानु ?"


च्याङ्ग्रा - "त कुरालाई कहिले सक्किन दिदैनश, सुन डबल डेट" मेरो आँखामा लाग्ना आट्या पर्दा अचानक खुल्यो र तेजिलो भयो ।


- "उसको पनि साथी छे रे, राप्चीक छ रे , तेरो कुरा चालाको छु आज भेट भई हाल्छ । ठमेल तिर भेट्ने भन्या छ , तर ठुलो मर्का छ "


- के मैले सोधे


- "सुको लिमिटेड छ , अली कती घरबाट मिला , ब्याक अपको लागि । पहिला तरुनीहरुलाई कोक ख्वाउनु पर्छ अनी त्यो कोक सक्के पछी खान सँगै अर्को कोक मगाउनु पर्छ बुझिश ?"


 


- "किन यती धेरै कोक नि ?"


च्याङ्ग्रा - " कोक खाए पछी पेट धुस्स हुन्छ, तरुनी ले खान सँगै अर्को कोक पनि पीउछे अनी धेरै खानै सक्दिन, हामी चाँही किन थोरै खाको अरु केही मगाउन भन्नु पर्छ , भिकारी भए नि हाम्रो ईज्जत छ यार " हाँस्दै


 


आफ्नो काम सकेर, त्यहाँबाट २०००-२५०० आम्दानी भाको कुरा मैले च्याङ्ग्रालाई भन्न भ्याको थिईन, तर उसको कुरा सुने पछी भन्न पनि उपयुक्त थिएन । आफ्नो नाउँ बल्ल पार लाग्ला जस्तो थियो, फेरी च्याङ्ग्राले भने झै मेरी राप्चीक रहेछ भन्ने डेट फेरी जानु जरुरी हुन्थ्यो पछी सुकोको ब्यबस्था हुन असम्भब थियो। मौकामा कौडी नछोड्नु भन्थे बुढा पाकोले, मैले नि मेरो कौडी बचाउने निर्णय गरे । ल म १-२ बजे तिर आउछु तयार भएर बस भन्दै च्याङ्ग्रा हिड्यो ।


 


आफु पनि कहिले १ बज्ला भन्दै घडी हेर्दै बसे , घुम्ने घडीलाई मैले के रोक्न सक्ने पनि होइन टोक्न पनि, च्याङ्ग्रा नभन्दै हल्लीदै आइपुग्यो।


 


ल लागुम किन बसी राख्ने यहाँ बरु त्यही गएर हल्का फुल्का चुस्की दिदै गरुम, सुको को बन्दोबस्त भयो ?


 


भयो भयो पिर नगर हिड जाम, बरु मेरो चाँही भन्या जस्तो रहेनछे भने तेरो खएर छैन भन्द्या छु ।


 


हिमालयन बैंकलाई पछाडि छोडेर ठमेल तिर लाग्यौ हामी, नर्देवी जाने बाटो तिर लाग्दै दाँया मोडेर मून लाईट भित्र छिरियो ।


 


- थुक्क मारोगी तरुनी भेट्न पनि मून लाईटमा बोलाउने हो ? भन्दै म कराए


 


- कहाँ मैले बोलाको हो र त्यसले नै यहाँ भेटुम अनी कहाँ जाने सोचुला भनी,  मैले कसरी नकार्ने?


 


हामी भित्रा छिर्यौ । भित्र डान्स फ्लोरको भएको ले अध्यारो थियो । हामीलाई देखे पछी तरुनीले हात हाल्लाई हामी गएर उनिहरु भए ठाउँमा गयौ। त्यो अध्यारोमा मेरी चाँही चम्की रहेकी थिई, उसको अनुहारमा कोमल्ता थियो, दातका लहर मिलेका थिए मलाई देखेर त्यो लहर झन खुलेको थियो । मनमनै आफु पनि मुना मदनमा भनेको - "अनार दाना दातको लहर खोलेर हासँ न , तिमीले हासे म हाँक्न सक्छु ईन्द्रको आशन " याद आयो । मैले पनि उस्को मुस्कानलाई आफ्नो मुस्कानले अविवादन गरे ।


 


च्याङ्ग्री - "च्याङ्ग्रा यहाँ बाट जाम, कही रमाइलो खुला ठाउँमा गएर कुरा गरम "


च्याङ्ग्रा - "कहा जान मन छ ? ठमेल तिरै भौतारिने कि अन्तै ?"


च्याङ्ग्री - "ठमेलमा, धेरै भिड छ, पाटनको भिड देखी वाक्क भई सके फेरी बाहिर आउँदा पनि भिड मै ? बरु किङ्स्वे तिर जाम, नाङ्लो के छ बिचार "


च्याङ्ग्रा मलाई हेरेर बिस्तारै आज भाडा माज्नु पर्ला जस्तो छ बैरे ल जाम काम तिर । मैले उस्को कुरालाई ध्यान पनि दिएको थिन, किन भने मेरो ध्यान अन्तै बसी सकेको थियो । हामी त्यहा बाट उठी दरबार मार्ग तिर लाग्यौ । उही ज्ञाने को बा लाई लक्ष्मण रेखा कोर्दै, वूड्ल्यान्ड होटेल लाई कटेर नाङ्लो बेकरीमा बाइक रोक्यौ ।


 


च्याङ्ग्राले GTPS गर्नु पर्ला यहाँ त भन्दै हास्यो , च्याङ्ग्रीले के हो यो GTPS भन्या भनेर सोध्यो च्याङ्ग्राले Go Together Pay seperate भन्दै हास्यो । एस्तो महँगो ठाउँमा आउने चेतावनी त पहिले नै दिनु पर्छ नि भनेर फेरी पेच हान्यो ।


 


च्याङ्ग्री अली ठुलो स्वोरमा "किन र डेट मा जानु छ पहिले कोक ख्वाएर धुस्स पार्ने मन थियो कि क्या हो ? "  


 


च्याङ्ग्रा आफ्नो प्लान फुस्कियो कि भनेर रातो भयो । मैले उसलाई त्यो बाण बाट बचाउनु थियो । मैले "किन जिस्की रहाँ ल ल जाम भित्र, अलिकती झगडा भित्रको लागि पनि बाँकी राखे हुन्छ नि " भन्दै दुबैको डोरी आफ्नो हातले तानी भित्र लगे ।


 


लौ पहिला पेट नै भरुम न अनी तिमीहरु लाई कुस्ती खेल्ने पनि सक्ती आउछ हुन्न भन्दै मैले कुकुर बिरालो जोडी लाई ब्यङ्ग हाने ।


 


च्याङ्ग्राले म:म: खाने कुरा गर्‍यो ।  च्याङ्ग्री रिसले - "घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु, खन्न म:म: म त चोपसुई खान्छु। "


 


त्यही बेला अर्को तबुलाँ वेटरले हर हरी बलेको सिज्ज्लेर लिएर गयो । त्यसै सिज्ज्लेरलाई देखाएर च्याङ्ग्राले - "हो आफु त त्यही सिज्ज्लेर खनए हो, बुझिस बैरे यहाँ घच्चीको द्राफ्ट बियर पाईन्छ रे । सिज्ज्लेर र बियर सही मोज हुन्छ "


 


म चाँही मेरी तर्फ हेर्दाइ - " तिमी चाँही के लिन्छौ नि ?"


उनी - " यो सब खाना अती धेरै हुन्छ , हामीले शरे गरे हुन्न ? तिमीलाई मन पर्ने एउटा दिष मगाउ अनी तीन दिष शरे गर्दा कस्तो होला ? "


"हुन्छ नि बरु तिमीलाई मन पर्ने चाँही मगाउ न, त्यही शरे गरुम्ला "


च्यङ्ग्रा - " तिमीहरु को पेहेले आप पेहेले आपमा त्रैन छुट्छ बरु ई यहाँ मेनुमा हासँको सुकुटी छ आफ्नो नि रहर पुग्छ त्यही मगाम ? "


 


उसले आफ्नै मधुरो स्वोरमा हुन्छ भन्यो ।


 


च्याङ्ग्रा - " द्रिन्क चाँही के मगाउँ तिमीहरु लाई ?"


च्याङ्ग्री - "वाइन चाख्नु पर्ला "


च्याङ्ग्रा - "घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु, भन्या झै बिहानै एला खाको पच्या छैन ? "


च्याङ्ग्री रिशले च्याङ्ग्रालाई त्यही पर्साउन तयार थिई , तर मेरी ले उसलाई रोक्दै कोक भए हुन्छ " 
 


एक्कै छिन पछी खान आयो , च्याङ्ग्राको सिज्ज्लेर बल्दै हर हरी बास्ना शहीत आइपुग्यो । च्याङ्ग्रीको चोपसुई पनि र हासँको सुकुटी, साथ चिउरा, भट्मास र गोल्भेडा को अचार । बियरको एक घुट्कोले मन नै त्रिप्त बनाईदियो ।


 


च्याङ्ग्री चाँही चोपसुई मिक्स गर्दै थिई, च्याङ्ग्राले के हो हातले मिक्स गरी रहा बानी काटा चक्कुले गर्न गाह्रो भयो होला, बैरेलाई देउ एस्ले शही मिक्स गर्छ ।


 


खान सकिएर निस्किने बेला नि भयो, मन असजिलो भयो उसलाई छोड्ने मन थिएन तर ढल्केको दिन लाई घाम ले रोक्न नसकेको झै मैले नि उसलाई रोक्न सकिन । उनीहरु हाम्रा आँखाबाट टाढीदै गए, म केवल उसलाई हेरी मात्रै रहे ।


 


च्याङ्ग्रा - " कस्तो लाग्यो त रापचीक छैन त ? लौ हिड घर जाम भोली आइतबार हो भोटेकोमा जानु छ , आउने हप्ताको खर्चा पानी उठाउनु पर्‍यो नि । "                     


  


 


       
  

Read Full Discussion Thread for this article