Posted by: Poon-Hill April 22, 2009
छोरीले प्रेमविवाह गरेर भागेपछि चक्काजाम
Login in to Rate this Post:     0       ?        

Need i say more -------


 


छोरीले प्रेमविवाह गरेर भागेपछि चक्काजाम


 स्रोत: समाचारपत्र | 22 April 2009 2:06 pm


छोरी प्रेमविवाह गरेर भागेपछि परिवारजनले सोमबार बिहानैदेखि सदरमुकाम गौर जाने वीरेन्द्र राजमार्गको जिगडियामा चक्काजाम गरेका छन्।


चक्काजामका कारण सदरमुकाम गौर जाने र आउने सवारी साधन चल्न नसक्दा यात्रुहरू समयमै गन्तव्यमा पुग्नबाट वञ्चित बनेका छन्। उनीहरूले छोरी झिकाइदिन र केटालाई कारबाही हुनुपर्ने माग राख्दै चक्काजाम गरेका हुन्।


गत ६ गते शनिबार जिगडिया गाविस-२ बस्ने शेष ठगाका २० वषीय छोरा नौसाद आलमले सोही गाविस-३ बस्ने जयम•ल मण्डलकी छोरी रञ्जु मण्डललाई प्रेमविवाह गरेर भगाएपछि छोरीपक्षका परिवारजन र आफन्तले दुइ दिनपछि सोमबार बिहानैदेखि चक्काजाम गरेका हुन्। यी दुबैले अन्तरजातीय प्रेमविवाह गरेका हुन्। तर्राईमा प्रायः अन्तरजातीय विवाह गरेका नवजोडीलाई घरपरिवार र आफन्तले विवाह अस्वीकार गर्ने र छुटाउने प्रचलन बढ्दो रहेको छ।


छोरी भागेपछि गएको आइतबार बुबा जयमङ्गल मण्डलले इलाका प्रहरी कार्यालय गरुडामा छोरीलाई केटाले ललाइफकाइ लगेकोले खोजतलास र कारबाही गरिपाउँ भनी निवेदन दिएका छन्। चक्काजामका पक्षधरहरूले केटी फेला नपरेसम्म चक्काजाम जारिराख्ने बताएका छन्। प्रहरी निरीक्षक शिव शर्मा आचार्यले निवेदनको आधारमा खोजबिनको लागि पत्राचार गरी खोजतलास गरिरहेको बताए।


उनले भने- अवरुद्ध राजमार्ग खुलाउने प्रयास भैरहेको छ। प्रेमविवाह गरेर केटा र केटी भागेपछि केटीपक्षले प्रहरीमा अपहरणको उजुरी दिने क्रम बढेर गएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकले देखाएको छ। प्रहरी कार्यालयहरूमा अंशबण्डा, जग्गाजमिनको साँद मिचेको, प्रेमविवाह गरेर भाग्नेको छलफल कार्य बढ्दै गएपछि प्रहरीको शान्तिसुरक्षाको कामसमेत प्रभावित बन्दै गएको छ।’



Read Full Discussion Thread for this article