Posted by: sumedhu April 22, 2009
को हो नेपाललाई बिगारने नेपालको अती हद अपराधी
Login in to Rate this Post:     0       ?        

मेलुमियाँ


सलामवालेकुम,


 


म तपाईँ  जस्तो कुनै वाइसिएल क्याम्प वा छापामार क्याम्पबाट जनताको करबाट दानापानी खाएर अनलाइन फोरममा डुक्रिन आइपुगेको हैन । मेरो दावा यो पनि हैन कि गिरिजा वा कुनै नेता ग्रेट थिए । तर मेरो बुझाइ हो मान्छे भएर बाँच्न र मुलुकको इज्जत माथि उठाउन अनि उचित काम गर्नका लागि लोकतन्त्र संसारको उत्तम विधि हो । लोकतन्त्रमा गिरिजा हराउन सकिन्छ तर नाजिवाद र कम्युनिज्मले जनता मार्छ । मेरो बुझाइमा संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन । अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति  होवस् । मेरो विचारमा माओवादी आतंकको भूतबाट मुलुक जनताई बम बारूद ख्वाउने उत्तर कोरिया बन्छ कि भन्ने मात्र हो । त्यसो भयो भने अबका ३,४ पुस्ता नेपालीको जीवन त्यसै तड्पिएर बित्ने भो माओवादको कालकोठरीमा !


 

Read Full Discussion Thread for this article