Posted by: MR_TRUTH April 21, 2009
कम्युनिष्ट अतिवादबाट मुलुकलाई जोगाऔँ ! Save the nations from Communist Autocracy!
Login in to Rate this Post:     0       ?        
ताततातो खाँउ मनस्थिति भएका कथित प्रजातन्त्रधारीहरु जूवामा हारे पछि कटुवालको कट्टुमा झुण्डिएर चिच्याउनु बाहेक अरु के नै बिकल्प भयो र? अब सेनालाइ कांग्रेसी या भारतिय समर्थक भएको आरोप लगाउन सजिलो हुन्छ यदि कट्टु नफुसकने हो भने या फुस्किहाले भने कथित जनगणतन्त्र आइहाल्छ । सेनाको अब रोक्न नसकिने राजनितिकरणले निम्त्याउने संकटले लोकतन्त्र होइन बरु राष्ट्रियताको लागि नै चिच्याउने कि? अहो बिर्सिएछु, प्रिथ्वी नारायण शाहको खेदो खन्न नथाक्ने एकसेएक गणतन्त्रका दुरदर्शीहरुलाइ बाल मतलब सिंगो नेपालको, संघियताको लहैलहैमा माओबादी संग ड‌म्फु बजाउनबाट फुर्सत भए पो ? अब ताल नमिले पछि चटके अतिबाद तिर लागी सके, निरीह जनतालाइ अर्को आन्दोलनको डम्फु सुन्नु बाहेक केही गर्ने अवस्थामा छैनन । अझै पनि अतिबादसंग मण्डलेकरणको संयोजनको दोष , आरोपले त केही माइने नै छैन जबकि जनता गाँस बास सुरक्षा जस्ता आधारभूत समस्याहरुले पहिल्यै ग्रसीत छन । धन्न एउटा कटुवाल बाँकी रहेछन यसपछि को? भनिन्छ राजनितिमा दुरदर्शिता अपरिहार्य हुन्छ, बिपिलाइ त यो बुझ्न २० बर्ष लाग्यो भने अब हवल्दारको लहलहैमा लाग्ने हरुवाहरु जति चिच्याए पनि सहानिभूति पटक्कै झर्दैन । सेना संयोजनको टुंगो नलागी जनताको मर्म नबुझि चुनाब गराउने, गणतन्त्रको घोषणाको हतार त्यो पनि संघियताको, कसलाइ परेथ्यो? तपाइहरु नै होइन? अनि रगतको होली खेल्नेमा बिस्वास गर्नेसंग हातेमालो गर्दै उफ्रने? चिन्ता नगर्नुहोस, माओबादी अतिबादले उत्तर कोरीया ननिम्त्याए पनि पश्चिम बंगाल त पक्कै बनाउने छन, केही मौलिक हकहरु देलान, प्रतक्ष्य निवार्चन गराउँलान तर उनीहरु जितिरहनेछन ६० बर्षको घोर गरिबीका बाबजूत, अब सजिलो छैन हटाउन यिनिहरुलाइ । बिकल्प केही छैन, बरु दिल्ली बिन्तीपत्रको फेरी तयारी गर्ने कि?
Read Full Discussion Thread for this article