Posted by: Deep April 21, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        


...सुन्दरीलाई भरखर ओरालेर स्वयं पनि उदास छ कि झै देखीने रित्तो सीँढी तिर बाङ्गे अझै हेर्दै थियो।...


 


बाङ्गे तिर हेर्दै मैले फेरी भने, "गुरु, यो प्रणाम अभिबादनको बारे जान्ने उत्सुकता म मा धेरै भएको हुँदा यसमा कुनै रहस्य छैन भने सबिस्तार बर्णन होस"। उस्ले रित्ता सिँढीबाट दृस्टी म तिर फ्याँकेको मात्रै के थ्यो, कोही मास्तिर आउँदै गरेको सुनीयो। आशाको भर्याङ्ग हाम्ले हतार हतार राखेको भए पनि चढेकी गोमादीदीले रहीछन। उम्लीदो मनमा पानी छर्किईयो।


 


"एक छिन पर्खिंदै गर्नु रे" गोमादीदीले सन्देस दिएर गईन। हाम्ले हुन्छमा टाउको हल्लाईम। उनी ओर्ले पछी बाङ्गेले स्वर फुत्किन्छ कि झै गरी भन्यो "कस्को सन्देश हो पर्खिनु भन्ने--बुढाको हो भने त्यै एक छिन छ, सुन्दरीहरुको हो भने चैं जिन्दगी नै"।


 


"अघि त्यो प्रणाम गरेकी कस्की हो? आफ्नै लाई गरीस की मेरीलाई?" चियाको अन्तिम चुस्की लिएर कप कौसीको पर्खालमा राख्दै मैले सोधें।


 


"त्यो त अब अर्की हेरे पछी पक्का हुन्छ --" उस्ले हाँसेर भन्यो अनि थप्यो "अब मैले श्रीगणेश गरी हालें प्रणाम गरेकै मेरी भै, हुन्छ?"


 


मैले पनि "ल आजका मिती देखी उ तेरी भै" भन्दें। मलाई के थियो र? भन्दीनु न थ्यो।


 


उ र म दुबै हाँसीम। हामी कौसीमा पस्चिम फर्केर उभिएका थिएम, कौसीको पूर्बी पर्खालमा अढेस लागेर।  कौसीमा आउने भर्याङ्गमा हाम्रा आँखा खेलीरहेका थिए, एक्कासी खेलमा जिते झै गरे। चम्किए। हुने बेलामा अनेक हुने। पस्चिम तिर बाट घाम उदाउँदैनन् भन्थे, हाम्रै अगाडी उदाए। त्यो पनि एक्लै होईन। दुईटै सुन्दरीहरु पश्चिम तिर बाट उदाउँदै गरेका देखिए। 


 


बाङ्गेको अनौठो अभिबादनको खबर बोकेर तल पुगेकी सुन्दरीले परीस्थिती सँग साक्षात्कर गर्न अर्कीलाई पनि लिएर आएकी होली। राम्रै गरी। अर्कीलाई प्रणाम गर्ने जिम्मा सायद मेरो थियो तर मैले हात जोडेर प्रणाम गर्नुको साटो दृष्टी-स्पर्शले उनीहरुलाई अंकमाल गरी आँखाको बाटो मनमा सप्रेम बिराजमान गराएँ। हुन त बाङेले प्रणाम गरेकीलाई पनि मैले त्यसरी आफ्नो मनमा पुर्याउन नहुने तर उनीहरु सँगै उभिएकाले बिभेद गर्न सकिन। तर मेरो अनुराग मेरै जिम्मामा परेकी प्रति बिशेष थियो।


 


आफ्नो मनमा उस्लाई बिराजमान गराएको ब्योहरा सुन्दरीले पल भरको लागि म प्रति उस्का हेराई बिसाएको बेला उ समक्ष मन्द मुस्कानले बयान गरेको थिएँ। राता पुष्प-पत्रमा बिहान चुपचाप बसेको शीतको थोपामा सूर्यकिरणको चुम्बन प्रतिबिम्बित हुँदाको जसरी उस्कामा ओठ पनि मुस्कान झल्कियो।


 


अघि सम्म बिहानको कुहीरोमा चिसिएको त्यो कौशी अहिले सुन्दरीहरुको रापमा तप्त थ्यो। उनीहरु कौशीमा कहिले यता कहिले उता सानो स्वरमा केही कुरा गर्दै कहिले फुस्केको हाँसोलाई समाउन खोज्दै बरालिँदै थिए। चुम्बकको फन्दामा परेका हाम्रा बिचलित हेराईहरु पनि चुम्बक संगै बरालिने नै भए। उनीहरुले जति पटक हामीले यो पटक चै उनीहरुलाई  हेरेका छैनम होला भनेर जाँचे, फेल भए।


 


अहिले उनीहरु पनि पूर्ब तिर फर्केर उभिएका थिए, हामी पनि। हाम्रो अगाडी अघि नै उदाएको सूर्य अझै कुहीरो भित्र केबल स्वेत आकारमा बन्दी थियो, तर अलिपर उभीएका ती सुन्दरीहरुका मुहारमा भने त्यै सूर्य बादलरहीत आकाशमा उदाएको झैं देखिन्थ्यो। अदभुत मनमोहक।


 


उनीहरु सानो स्वरमा केही कुरा गर्दै थिए, बाङ्गेले "आधी उधी त सुनीयो यता पनि तर त्यै आधीमा पुरै भर पनि कसरी पर्नु--" भन्यो। उनीहरुले झस्केको जसरी हामी तिर हेरे अनि मुस्कानलाई सकेसम्म ओठबाट ओर्लिन नदिने सुरमा छिटछिटो कौसीको त्यै पस्चिम तिर भएको भर्याङ्गबाट ओर्लिए। ओर्लिदा ओर्लिदै त्यो बाङ्गेकीले चै, अब त्यसै त भन्नु पर्यो नी, एक चोटी फर्केर हेरी हामी तिर। हामी अझै नजरबन्दनामै थिएम। त्यो जानकारी उस्ले मेरीलाई पनि दिएकै हुनुपर्छ। पस्चिम आकासबाट उदाएका एक जोडी सूर्य पस्चिम आकासमै हराए। कौसीमा फेरी चिसो बढेको जस्तो भो।


 


"आउनु रे तल" गोमादीदीले बोलाईन।


 


"ससुरोले होला, कन्यादान गर्ने बेला होलवोर्क दान गर्छन बुढा नी --" बाङ्गेले सुनायो।


 


त्यो दिन पढाईमा चित्त गएन। बाईपंखेमा सुन्दरी लिएर उडेको उडेई गर्यो मन।


 


त्यसपछी अर्को दिन जाँदा पनि उनीहरु सँग भेट भयो, अनि अर्को दिन जाँदा पनि। अब मुस्कानमा त्यति लोभ गर्दैन थिए तर पनि शब्द भने अझै बचतमै राखेका थिए। चल्तीमा होईन। खर्च गर्ने साईत जुरेको थिएन होला। त्यो साईत जुराउने पण्डीत भनेको उनीहरुकै मन थियो। लक्षण हेर्दै होला भन्नेमा हामी ढुक्क थिएम।


 


आफ्नो घर बरु पाटी जस्तो लाग्न थालेको थियो अचेल सुरेश अंकलको घरको बानी परेर।


 


छुट्टीको दिन, म बाङ्गेकाँ बिहानै पुगेको थिएँ। ट्युशन पढ्न जान थाले देखि घराँ नी मान्छे नरम भाका थिए। चिया सकाएर बाङ्गे र म पशपती जाने सुरमा ट्वाक, सुपारी, छ्याक, झ्यालिन्चा, बर्मु-- को भेटीन्छन भेला पार्ने धुनमा सुपारीको घा तिर लाग्दै थिएम, अलि पर बाटामा झुरुप्प मान्छेहरु देखिए। बिहानको त्यस्तै साढे सात जति बजेको थ्यो होला। .....


 

Read Full Discussion Thread for this article