Posted by: sumedhu April 20, 2009
prachand going down
Login in to Rate this Post:     0       ?        

माओवादी लूटेराहरू राज्यको सरकार बनेर पनि हिंसात्मक आतंककारीको भूत बोकेर हिँडिरहेकोको सन्दर्भमा , तिनले नेपाली सेनालाई छुन पाउने अधिकार छैन । यो किनभने अहिले पनि यो डाँकू समूहले राष्ट्र सेना, प्रशासन र कर्मचारीलाई भताभूङ्ग पारेर कम्निष्ट अतिवाद मुलुकमा लाद्ने जमर्को गरिरहेको छ । यो अतिवादी रक्तपिपासू जमातबाट नै आज नेपालमा लोकतन्त्रलाई सबैभन्दा बढी खतरा छ ।


 नेपाली सेनालाई समायनुकूल बनाउँदै लानुपर्छ तर , माओवादी जसले कहिलै आफ्नो ब्रेन्वास्ड जत्थालाई मात्र कथित 'जनसेना' भनेर भन्ने गरेको , र जहिले पनि मुलुकका स्वतन्त्र संरचनाहरू भत्काएर आफ्ना पाखण्डी हत्यारा जमातले भर्ने गरेको छ , यदि यो जमातले मुलुकको सेनामा एकलौटी गर्न पाएमा मुलुक उत्तर कोरिया बन्नबाट कसैले रोक्न सक्ने छैन ।


नेपालको पछिल्लो लोकतान्त्रिक आन्दोलनको सफलता र त्यसपछिका परिवर्तनहरूमा , नेपाली सेनाले कुनै अवरोध गरेको छैन बरू सघाएको छ । तर माओवादी अतिवादको हरेको जोरजुलुममा शालिन तरिकाले आप्नो अडान देखाएर , बिद्रोही सेना पालेर सरकारमा गजक्क बसेर अरूमाथि हत्याको राजनीतिले शासन लाद्न खोज्ने माओवादी गूण्डा राजनीतिको नेपाली सेनाले भद्र रूपमा बिरोध दर्शाएको मात्र छ , मुलुक रक्षाका लागि सरकारको निर्देशनलाई पालना नगरेको छैन ।


सेना र कटुवाललाई राजाको मानेर आलोचना गर्ने लठैतहरूलाई मेरो यो प्रश्न छ : हिजोका राजावादी र पञ्चेहरूले माओवादीमा नै सबैभन्दा आश्रय पाएका छैनन् ? के नमिता सुमिता हत्यकाण्डको घोर पातकी सूर्यबहादुर सेन ओली र फुदुङ जस्ता भ्रष्ट जर्नेलहरू अटाउने माओवादीमा हिजोका दरवारियाहरूका गन्हाउने लगौँटीहरू ताजपोश बन्न पुगेका छैनन् र ? नेपालको लोकतन्त्रको भविष्यलाई दिगो बनाउने हो भने , माओवादी जत्थाहरूको व्यवस्थापन नभए सम्म सरकारमा बसेको आतंककारीहरूबाट नेपाली सेनालाई जोगाउँदै यसको स्वतन्त्र भूमिकाको रक्षा गर्नु पर्ने कुरा सबै लोकतन्त्रवादीहरूको अहम् दायित्व हो ।

Read Full Discussion Thread for this article