अन्तिम भाग
उ बिस्तारै आफ्नो कोठामा फर्कियो । यसपाली आमाले खासै मतलब देखाइनन् । यो भन्दा अघी
प्रतिबिम्ब हटाउनमा भने आमाको ठूलो सहयोग पाएको थियो उसले ! उसले अलि कति जोड लगायो भने आमालाई उसले चाहे अनुसारले काम गरिदिने र मायालाई जतिखेर पनि हाँसिराख्ने ,परिस्थिति को ग्यान नभएकी यथामुस्कानवादी पागल उसले सावित गरिदिन सक्छ भन्ने उसको ठम्याई थियो । हुन त मायाले यसअघि नै धेरै चोटि उसको आत्मविश्वासले धुलो चाट्ने गरि उसलाई परास्त गरिसकेकी थिई । तर उ पनि त थाक्ने खालको योद्दा थिएन उसलाई अझै पनि कमिलाले धेरै चोटि गरेर पहाड चढेको यात्राको कथा मुखाग्र याद थियो । र यसपाली उ त्यो कथाको कमिला भएर पहाड जस्तै बढेमानकी मायाको मुस्कान को समस्यालाई पन्छाई छाड्ने उसको अठोट थियो ।
कोठा भित्र माया सुतिरहेकी थिई ।सुतेको भान पारेर उसलाइ चोरी चोरी नियाल्दै गरेकी पनि हुन सक्छ । मायाको सबै भन्दा ठूलो शक्ति उसको आँखा हो जति नशालु छ जति गहिराहि छ त्यति नदेखिने कुराहरु समेत नियाल्न सक्ने क्षमता भएको पनि छ । उसले सक्ने भए उ मायाको पहिले दुईवटै आँखा झिकिदिने थियो र आँखा बिहिन बिभत्स मायालाइ धित मरुन्जेल नियाल्ने थियो त्यसपछि पनि उ मुस्काई भने उ उसका ओठहरु लुछिदिने थियो ।
उ फेरि यथार्थमा फर्कियो जुन धरातल ले उसलाई कमजोर आँकेको छ । उसले उसकै शत्रुको बगलमा एउटै सिरक ओढेर लुसुक्क सुत्नु परेको छ ।उ त यहाँ खुम्चिएको छ ,पुरा खाट उसले मायालाई सुम्पिदिएको छ , उ प्रत्येक रात खाटको धारमा निदाउने गरेको छ , उसको ढाडमैँ खाटको दाग बस्ने गरी ! उसले कति दम्भका साथ स्टोरमा खाट फ्याकेको थियो नयाँ खाट ले त उ सँग कुरा नगर्लाकी भनी ,आजकल नयाँ खाट पनि मुख चलाउन जान्ने भइसकेको छ । माया नाम गरेकी अध्यायको समाप्ति लगत्तै उ यस खाटको बारेमा पनि सोच्ने छ ।
माया एम्बुलेन्स भित्र थिई दुइजनाले मायालाई समातेका थिए । उसले सन्तोष गर्यो उसलाई आफ्नो निन्द्रा रसिलो र फलदायी भएजस्तै लाग्यो ।
प्यासेजमा हिँड्दै गर्दा उसले आमाको कोठामा सुन्यो शायद उसले सुन्न चाहेकै वाक्यहरु
“नगरौँ भन्दा पनि नहुने ,गरौँ भन्दा पनि नहुने । पागलपन त लगभग सिद्द जस्तै भइसक्यो । आजै मान्छे बोलाएर बुझाइदिनुपर्छ ।“
उ ढुक्क भयो । उसले सुन्न चाहेका वाक्यहरु घटित भए । तर आमा को सँग सल्लाह लिँदै हुनुहुन्थ्यो ? घरमा आमा भन्दा पनि शक्तिशाली को निस्कियो ?सल्लाह लिन खोजेको मानीसले हैन माया त ठिकै छे दुई चार दिन हेरौँ भन्यो भने ? उ थोरै तनावमा आयो । फेरि सोच्यो धेरै चोटी हारेका ले उसले झस्कन जानेको छ । हार प्रति सतर्क हुन जानेको छ । यो उसको सतर्कता को अंश मात्र हो । यसपाली माया पराजित हुँदै छे यो एउटा शाश्वत सत्य हो । मायालाई ग्यान सम्म छैन यो मायाको विचारको दरिद्रता हो । उ क्षणमै गरिव भएकी छ । उसको मुस्कान अब बिक्नलाई गाह्रो भएको छ । उ ठूलो अट्टहाँसका साथ हाँस्यो ।
उ बाहिर निस्कियो । रामे खुम्चिएर केहि बोकेर आमाको कोठामा जाँदै थियो । उसतिर चोरी नजरले हेरिरहेको थियो । उसको स्वाभिमान अझ फूल्यो । रामे पनि पहिलेकै अवस्थामा आइसकेछ । यसपालीको उसको तिरको निशाना अचुक रहेछ ।उसलाई आफ्नो बिजयोत्सव मनाउन मन लाग्यो । आफ्नो गोजि छाम्यो दुईवटा चुरोट उसका चोर गोजिमा फेला परे । उ स्टोर रुम तिर गयो । त्यहि खाट मा गएर पसारिएर चुरोट सल्कायो । एकछिन धुवाँ सँग खेल्यो । अनि साधारण बनेर बाहिर निस्कियो ।
मायालाई उसले देखेको थिएन आज । कतै भाग्न त भागिन उ ? भागे पनि तात्विक अन्तर के र ?मायालाई घरबाट धपाउन आखिरमा उ सक्षम भयो । उ फेरि गजक्क पर्यो । धेरै दिन पछि उसले आफ्नो पोजिटिभ एटिच्युड भेट्टाएको थियो ।
बाहिर गाडिको आवाज सुन्यो उसले । बरण्डाबाट गाडि नियाल्यो । त्यो अस्पतालकै गाडि थियो । मायालाइ उसले देखिरहेको थिएन । अब के गर्ने होला? भागि भनेर भनीदिनुपर्ला उसले जवाफको तयारी गर्यो ।
अचम्म माया गाडिबाटै पो बाहिर निस्किई ।
कतै भेटे जस्तो छ गाडि वाला हरुले ।
मायाले उ तिर आफ्नो औँला देखाई । यो के भइराखेको छ ? उ तिर माया किन औँला देखाउँदै छे । माया पागल होइन उसको षड्यन्त्र हो भनेर शायद सावित गर्न चाहन्छे । उसले नदेखे जस्तो गरेर उसको मुन्टो बटार्यो । ति मान्छेहरु भित्र छिरे माया उसको पछि पछि लागी । शायद उसलाई केहि सोध्न चाहन्छन् । उ पनि तल झर्यो । तल उसले आमालाई पनि देख्यो थोरै मुस्काउन खोज्यो आमाले उसमा ध्यान दिन चाहिनन् । शायद आमा र उ बिचको कुरा ति मान्छेलाई जानकारी दिन चाहन्नन् ।
माया बिस्तारै कोठा भित्र छिरि ,अचानक उसलाई तिनै मान्छेले पक्डे!
“मलाई किन ?” उ चिच्यायो ।
माया उसको सामु मात्र मुस्कुराईरही । उसले सुरुचीलाई सम्झ्यो ,मायालाई हेर्यो ,आँखा झुकाईरहेकी आमालाई हेर्यो अनी ग्रहण राखेको आफू लाई नियाल्यो । उसको सक्कली शत्रु पत्ता लगाउने क्रम जारी थियो !!!!!!!!!!!!!!!!!!!!!
यो कथा यति मै बिट मार्दै ,
समाप्त!!!!