ठीक, खुशी । मानसिकता हो । जुन परिबेश र जुन मानसिकतामा जिन्दगी लाई बाच्ने गरेको छ त्यही व्यबहार मा देखिने गर्दछ । धोती वा इण्डियन भएर होइन। गरीबी, दरिद्र मानसिकता, दरिद्र संस्कार सबै समाजमा हुन्छ नै। झोपडी बास गर्ने सबै त नभनुं धेरै को हाल बेहाल नै हुन्छन, बाँच्नको लागि कुनै पनि स्थापित मान्यता मुल्यलाई कुल्चदै अघी बढेका हुन्छन।
रुबिना अलिका पिताको पनि त्यही हाल हो, जिन्दगीको रफ्तारमा कुनै तात्विक फरक तिनको लागि ओस्कार ले ल्याउन सक्दैन।
यस्ता घट्नाहरु रुबिना अलिको झोपडवस्ती मा मात्र होइन नेपाल को कुना कन्दरामा दिन दिनै घटिरहेकाछन। काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ र नुवाकोटका खास गरेर केही जाती बिशेष मा आफ्नै बाबुले छोरी बेच्छन र बेची रहेकाछन । त्यो पनि मुम्बई र कलकोत्ताका लाल कोठारिहरुमा। छोरी बेचेर कर्कटपाताको छाना छाउने घरहरुकै इज्जत हुने हुन्छन त्यता तिर । तिनको को लागि छोरी बिद्यालय जानु भन्दा बेश्यालय जानु फलदायी हुन्छ। बस, ओस्कार जित्न नसकेकोले होला चर्चा को बिषय रहेन।
त्यसैले मानसिकता हो, एक जुनी मा मेटिन गाह्रो हुन्छ। यती सजिलै मानसिकता परिवर्तन हुने भए देशका प्रधानमन्त्रिले बिद्रोही को भाषा बोल्दइनथे। तिनका लठैत हरुले मान्छे मार्न बन्द गर्ने थिए।
आस्तु !!!!!!!!!!