Posted by: aficionado April 19, 2009
भियग्राले आँखालाई असर नगर्ने
Login in to Rate this Post:     0       ?        

यौनवर्धक औषधीको रुपमा आजभोली निकै नै प्रयोग गरिदै आएको भियग्राले आँखालाई असर नगर्ने कुरा  हालै गरीएको एक अनुषन्धानमा पत्ता लागेको छ। कसैलाई भियग्रा प्रयोग गरे पछी आँखाको ज्योतीमा समस्या परेको भन्ने कुरा बाहिर आए पछी गरीएको यस सर्वेक्षणमा यस्तो नतिजा आएको हो र यो कुरा Archives of Ophthalmology को अप्रिल महिनाको भागमा प्रकाशित गरिएको छ। 

व्यापक रुपमा अमेरिकामा प्रयोग गरेदै आएको Cialis ले पुरुसहरुको लिङगमा जस्तै गरी त्यस तत्वले रेटिनामा पनी वस्तुहरु देख्ने कुरामा अवरोध गर्छ कि गर्दैन भन्ने कुरामा केन्द्रित रहेर अनुषन्धान गरिएको थियो।

रिपोर्टको नतिजामा जनाईए अनुसार दैनिक ६ महिना सम्म ५ मिलिग्रामको दरले Cialis अथवा ५० मिलिग्राम भियग्रा दिदा समेत त्यसले आँखामा कुनै असर नगरेको पाईएको थियो।

Read Full Discussion Thread for this article