Posted by: xeroxvista April 17, 2009
HE DOES again! Guru Kedar Baral - Any Nepali could Follow his LEAD... Lets do it friends...
Login in to Rate this Post:     0       ?        
Guru Kedar Baral ... now at US, he does it again...
Is he an example on how all the rest of us even TRY to do..
As said by the Kenedy "ask not what your country can do for you but what you can do for your country".

Lets follow the lead .. of Guru Baral..


Retrived from: http://www.nepal.hk/?p=4023&print=1  on 04-17-09

मेरो प्यारो ओखलढुङ्गा-गुरु केदार बराल


Posted By admin On April 15, 2009 @ 7:17 pm In Features, Home | 1 Comment


आफ्नो
जीवनका भोगाइ, अरुबाट प्राप्त धोकाको कारण व्यक्तिगत जीवनलाई समाजसेवा व
जिल्लालाई विकासको गतिमा डोहोर्‍याउने सोंचमा म पुगें । कहिलेकाहिँ
त्यस्तो सोंच अचानक पलाउँदो रहेछ आफैलाई थाहा हुन साह्रो । प्रेमः यो दुई
अक्षरको शब्दले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याइदिंदो रहेछ, जुन
परिवर्तन अन्त्यमा गएर सकारात्मक वा नकरात्मक, आशावादी वा निराशावादी दुवै
हुन सक्ने रहेछ । आजसम्म संसारमा जति व्यक्ति महान, प्रतिभाशाली र पूर्ण
रुपमा सफल भएका छन्, तिनीहरुको जीवन नयाँ पुस्ताको लागि एक अमूल्य आदर्श
बन्न पुगेको हुन्छ ।


त्यसको पछाडि कतै न कतै अमूल्य भूमिकाको रुपमा नारीको हात रहेकै हुन्छ
।  अहिंसाका जनक गौतम बुद्ध, द्वन्द्ववादी भौतिकवादका प्रणेता कार्ल
मार्क्स आआफ्नै कारणले आज दुनियाँमा जीवित रहेका भन्छन् । उनीहरुकका पछाडि
राम्रो या नराम्रो जे भए पनि नारीको हात रहेकै थियो । यो मैले प्रसंग
मात्र जोडेको हुँ । मैले जीवनमा गल्ती गरेको हुँला । आफूले गरेका गल्ती
आफैं देखिंदैन् भन्छन् । गल्ती देखाइदिने काम त तपाईहरुको हो । म मेरो
जन्मस्थान, बाल्यकालमा खेलेका पाखा पखेराहरु, ती प्रकृतिका मनोरम दृश्य
सम्झन्छु र सुन्दर झर्ना पोकली, मलाई यो युवा अवस्थामा आइसकेर पनि त्यहाँ
केही दिन नसकेको जस्तो आत्मग्लानि भएर आउँछ ।


त्यसैले केही गर्न सकिएलाकी भनेर यो सानो लेख लेखेको  हु । प्रसस्त
पैसा कमाएर मात्र मानिस सफल बन्न सक्दैन । सफलता नाप्ने माध्यम पैसा होइन।
सफल त्यो मान्छे मात्र हुनसक्छ जस्ले समाजबाट इज्जत पाउन सक्छ । उसले
समाजलाई केही दिएको हुन्छ। धनाढ्य तर घृणित भएर बाँच्नुको सार्थकता छैन।
तपाईहरु आफैं बिचार गर्नुस् त ! एउटा स्वस्थ आमा भएर पनि आफ्नो बच्चालाई
दूध चुसाउन पर सर्छिन् भने उनले आमाको कर्तब्य निर्वाह गरेको ठर्हछ र ?
मानिसको जिन्दगी एक नदी  हो । समुन्द्रको कोखमा विलीन नभएसम्म धेरै
अप्ठयारा ठाउँहरुबाट बग्दै जानुपर्छ । कहिले हिमाली चीसो खोंच, कहिले
भत्भती पोल्ने तराई अनि कहिले निर्जन पहाड भित्रबाट । यो मेरो घर
परिवारभित्र नै घटेको घटनाबाट सिर्जित वास्तविकताको संगालो हो । जब मेरी
आमालाई क्यान्सर भएर जिल्लाबाहिर अर्थात राजधानी लैजानु पर्ने अवस्था आयो,
गाउँको विकटता, विकासमा पछि परेको अवस्थाले नराम्ररी मनमा चीसो पस्यो ।
फेरि अस्पतालमा बिरामी आमालाई डाक्टर र नर्सहरुले देखाएको आत्मीयताले 
मेरो मनलाई समाज सेवामा लाग्न प्रेरित गर्‍यो, फलस्वरुप सामाजिक कार्यको
लागि सामुहिक प्रयास नै अपरिहार्य देखें । मैले बुझेको ओखलढुङ्गा र त्यहाँ
हामीले गर्न सकिने विकास निर्माणका संभावनाहरुलाई यहाँ उतार्न कोशिस गरेको
छु ।



भौगोलिक परिचय

पूर्वाञ्चल विकास क्षेत्रअर्न्तगत पर्ने ओखलढुङ्गा विश्व विख्यात सगरमाथा
अञ्चलमा पर्छ । पूर्वदेखि पश्चिमतर्फ फुक्दै गएको यो जिल्ला विकासको 
दृष्टिकोणले धैरै पछाडि परेको छ। उत्तरमा सोलुखुम्बु, दक्षिणमा उदयपुर र
सिन्धुलीसँग ओखलढुङ्गा जिल्ला जोडिएको छ । पूर्वमा खोटाङ जिल्लासँग
दूधकोशीले र पश्चिममा रामेछापसँग लिखु नदीले छुट्टाएको छ । यो जिल्लाको
भू-बनौट नै नेपालका अन्य जिल्लाहरुभन्दा बेग्लै छ । आखलढुङ्गालाई
तीनतिरबाट नदीले घेरेको छ । नेपालका ७५ जिल्ला मध्येबाट क्षेत्रफलको
हिसाबले ६८  औं स्थानमा र जनसंख्याको हिसाबले ५९  औं नम्बरमा पर्छ ।
ओखलढुङ्गा जिल्ला पृथ्वीनारायणको एकीकरणपछि भीमसेन थापाको प्रशासनिक
विभाजनअर्न्तगत नेपाल अधिराज्यलाई ३९ जिल्लामा बाँडिएको थियो, जसअर्न्तगत
आजका सोलुखुम्बु र खोटाङ जिल्लाका पूर्व ३ नं. ओखलढुङ्गा जिल्लाअर्न्तगत
नै पर्दथे। यो २०१८ साल अघिसम्म कायम थियो, आज ओखलढुङ्गा जिल्लाभित्र ५६
गाउँ विकास समिति पर्दछन् । ओखलढुङ्गा जिल्लाको कूल क्षेत्रफल १०७४
वर्गकिलोमीटर अर्थात १०५,८६४ हेक्टर छ । यसको भौगोलिक धरातल अक्षांश २७
दशमलदेखि २७ बाइस दशमलवसम्म उत्तरसम्म पर्दछ र देशान्तर ८६ बत्तीस
पूर्वसम्म पर्छ ।

भौगोलिक विभाजन

डाँडाकाँडा भीरपाखा, खोल्साखोल्सी, वनजंगल, टारबेंसी, पाखापखेरा आदि जस्ता
धरातलीय स्वरुप भएको यस जिल्लालाई विभिन्न भागमा वर्गिकरण गर्न सकिन्छ ।
ती यसप्रकार छन्- ओखलङ्ढुङ्गा समुन्द्री सतहदेखि ३९० देखि ३६७२ मीटरसम्म
पर्ने हुनाले तल्लो क्षेत्रलाई बेंसी मानिन्छ। जिल्लाको ठूलो क्षेत्रफलको
१६१ वर्ग किमी अर्थात् छ प्रतिशत भूभाग यो क्षेत्रले ओगटेकोछ । खोलाछेउका
नदी क्षेत्र र उच्चाइ कमका ठाउहरु यो क्षेत्रमा पर्छन् । यो क्षेत्रमा
बसोवास गर्ने जनताको मुख्य पेशा कृषि हो। फलफूल, तरकारी, पशुपालन र
माछापालन स्थानीय वासिन्दाका नगद रकम खिँच्ने भरपर्दा उपायहरु हुन् ।


मध्य पहाडी क्षेत्रः
यस क्षेत्रले जिल्लाको ६९८
वर्ग कि.मी. भूभाग अर्थात ६५ प्रतिशत भूभाग क्षेत्रफल ओगेटेकोछ । 
रुम्जाटार यसै क्षेत्रमा पर्छ । धान, मैदा, गहुँ, कोदो, फापर, तोरी तरकारी
र पशुपालन यस क्षेत्रका वसिन्दाले गर्छन् ।


लेकाली क्षेत्र: यस क्षेत्रका  कूल क्षेत्रफलको २०
प्रतिशत अर्थात् २१५ वर्ग कि.मी. ओगट्छ लेकाली क्षेत्रले। यहाँ पातलो
बस्ती छ  । जनताले मकै, उवा, आलु, जौ, गहुँ, स्याउ खेती र भेंडा
च्याङ्ग्रा तथा चौरी पालन गर्छन् ।


भौगोलिक
विभाजनको सही सदुपयोग  स्थानीय नागरिकहरुलाई राजनीतिक दलहरुले सही ज्ञान र
शीप दिन सकेको खण्डमा ओखलढुङ्गाको विकासमा कायापलट फेरिन लामो समय
लाग्दैन। औल अर्थात्, समुन्द्र सतहदेखि कम उच्चाइ क्षेत्रमा गर्न सकिने
कामहरु धेरै छन् । यस क्षेत्रका गाविसले विपन्न परिवारको उपभोक्ता समिति
बनाई उन्नत जातका माछापालन, खसी-बोका पालन,, पशुपंछी पालन आदि गराउन
सकिन्छ । त्यस्तै मध्य पहाडी क्षेत्रमा अहिले गरिएको अतिरिक्त पशुपंछी
पालन गराउन गाह्रो छैन किनभने जिल्लाभरिमा २३० सामुदायिक वन  १४ वटा
कवुलियत वन र  एउटा निजी वन छन् । यस हिसावमा चरन क्षेत्रको समस्या
जिल्लामा छैन । यस्ता वन क्षेत्रमा अनेकौं प्रकारका जडिबुटीहरुको खेती
गर्न सकिन्छ । यो जनताको निम्ति लगानिविनाको आम्दानी र स्थानीय सरकारको
निम्ति सुद्ध आम्दानी बन्न सक्ने पक्का छ । लेकाली क्षेत्रको सम्भाव्यता त
कति हुन्छ कति - अहिले स्याउ खेती भए पनि बजार छैन भनेर चिन्ता लिनु पर्ने
देखिँदैन । स्याउलाई भट्टीमा सेकाएर सुकुटी बनाउन सकिन्छ, चौरीको दूधबाट
छुर्पी बनाउन सकिन्छ । सम्बन्धित क्षेत्रबाट अध्ययन गराएर लेकाली वनमन
अलैंची खेती गर्न सकिन्छ । यस कामको लागि भने गाविस र जिल्ला विकास
समितिको सहयोग अनिर्वाय चाहिन्छ।


जिल्लाको ऐतिहासिक पृष्ठभूमि

मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तार गर्न काजी भीम
मल्ललाई यस भेगमा पठाएका थिए । उनले यहाँ राज्य चलाएका किराँतलाई लखेटे।
उनको फौजसँग धान भएको र यहाँको ठूलो ढुंगाको खोपिल्टामा धान कुटे र भात
खाएकोले त्यही ढुङ्को ओखलको नामले यो ठाँउको नाम ओखलढुङ्गा रहन गएको हो
भन्ने जनश्रुति छ ।


भौगोलिक अवस्था

अवस्थितिः २७ डिग्री उत्तरदेखि २७ डिग्री ३२ मिनेट उत्तर अक्षांश र ८६
डिग्री १० मिनेटदेखि ८६ डिग्री ४१ मिनेट पूर्व देशान्तरको फैलावट र
समुनद्र सतहदेखि ३९० देखि ३६०६ मिटरको उचाइमा रहेको यस जिल्लाको क्षेत्रफल
१०७४ वर्ग किलोमीटर छ। क्षेत्रफललाई केन्द्रीय तथ्यांक विभागको आधारमा
मानिएको छ।


राजनैतिक सिमाना

यसको पूर्वमा खोटाङ जिल्ला, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा सोलुखूम्वु जिल्ला र दक्षिणमा उदयपुर र सिन्धुली जिल्ला पर्दछन्।


प्रशासनिक विभाजन


ओखलढुङ्गा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अंचलको एउटा जिल्ला
हो। यस जिल्लामा ५६ वटा गाउँ विकास समिति र ११ वटा इलाका र २ वटा निर्वाचन
क्षेत्र छन्।


प्राकृतिक विभाजन

यस जिल्लालाई लेकाली क्षेत्र, मध्य पहाडी क्षेत्र र बेंसी गरी ३ भागमा विभाजन गर्न सकिन्छ।


हावापानी: यस जिल्लाको अधिकांश भागमा समशितोष्ण हावापानी पाईन्छ।


सरदर वार्षिक र तापक्रम
वार्षिक वर्षाः - २००७.० मिलिलिटर (२००१-२००२ ई) छ।


वार्षिक औसत तापक्रमः - १७.९ (डिग्री सेल्सियस (२००१ ई))


प्राकृतिक श्रोत साधन
वनजंगलः जिल्लाको कूल क्षेत्रफल ३५ प्रतिशत भूभाग
(३४,४१८.७ हेक्टर) वनले ढाकिएको छ । वनजंगलमा विभिन्न किसिमका जडिवुटिहरु
पाइन्छन् । जम्मा वनको क्षेत्रफल ३४,४१८.७७ हेक्टर र सामुदायिक वन
१९७६९.७७ हेक्टर रहेको छ।


वन्य जन्तु र पशुपंक्षीः वन्यजन्तुमा वाघ, भालु, मृग,
घोरल, चितुवा, हरिण, चित्तल, झारल, स्याल, व्वांसो, वादर, खरायो आदि
पाइन्छन् भने वन्य पंक्षीमा डाफे, मुनाल, मयूर, कालिज, तित्रा, ढुकुर,
काग, सराउ, मलेवा, गिद्ध, चिल, भगेरा आदि पाइन्छन्।


नदी, खोलानाला र झरनाहरुः पूर्वमा दूधकोशी, पश्चिममा
लिखू (हिमगंगा) र दक्षिणमा सुनकोशीले सीमा निर्धारण गर्दछन्। मोलुङखोला
मध्यभाग भएर वहन्छ। अन्य खोला नालामा ठोट्न खार्ते, पोक्तिङ, एलुङ,
सेप्ली, पोकली, चोक्टीमंगला, साल्पू, डुडे, जुगे, लिपे, ढाडखोला, पाताले
आदि पर्दछन् । खोलाहरुले वनाएका झरनाहरुमा १३१ मीटर अग्लो २ हिस्सा भएको
पोक्ली र अन्य झरनाहरुमा सेप्ली, सेर्ना, ढिकुरे, सेलेले आदि पर्दछन् ।


खनिज पदार्थः
जन्तरखानी, विलन्दु, शेर्ना, गौरीवन, ढुंग्रेमा तामा र फलाम खानी भएको
अनुमान छ। खिजी, रगनी, पोकली आदि ठाउँहरुमा खरिढुंगा र स्लेट प्रशस्त
मात्रामा पाइन्छन्।


-Guru Kedar Baral

(303) 725-5818

Currently in the USA


[1] Share This Post



1 Comment (Open | Close)

1 Comment To "मेरो प्यारो ओखलढुङ्गा-गुरु केदार बराल"




#1 Comment By jyoti chhetri On April 15, 2009 @ 9:11 pm



गुरु केदार बराल जी!!!

तपाईको यो भनाई”प्रसस्त पैसा कमाएर मात्र मानिस सफल बन्न सक्दैन!सफलता
नाप्ने माध्यम पैसा होइन!सफल त्यो मान्छे मात्र हुनसक्छ जस्ले समाज बाट
इज्जत पाउन सक्छ!उसले समाज लाइ केही दिएको हुन्छ!धनाढ्य तर घृणित भएर
बाच्नु को सार्थकता छैन!एउटा स्वोस्थ आमा भएर पनि आफ्नो बच्चा लाइ दुध
चुसाउन पर सर्छिन भने उनले आमाको कर्तब्य निर्बाह गरेको ठहर्छ र?”मलाई
एकदम राम्रो लाग्यो साथै ओखल ढुंगा को गीत देखि यो बिबरण सबै राम्रो
लाग्यो!साच्ची नै सुन्दर रहेछ ओखल ढुंगा भन्ने लाग्यो!कृपया लेख्दै गर्नु
होला!धन्यबाद!

ज्योति क्षेत्री-बेल्जियम बाट






Article printed from Nepal.HK: http://www.nepal.hk


URL to article: http://www.nepal.hk/?p=4023


Read Full Discussion Thread for this article