Posted by: बैरे April 15, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

मैले यस्तो अवसरलाई कसरी नकार्न सक्थे र ? ल ल हुन्छ भन्दै हामी त्यहाँबाट घर तिर लाग्यौ ।


च्याङ्ग्राले भने झै हामी बेलुकी तितौरा लिएर पसल कै अगाडि पर्खि बसेका थियौ , तर हाम्रो आश , निराशमा बद्लियो,  तरुनी आएनन् । च्याङ्ग्रा म तिर हेर्दै - के भयो मैय्या खै त ?" --- "त्यसको गोठालो हो र मलाई सोध्न ?" भनी मैले नि मेरो रिश पोखे, मलाई तरुनीको होइन चटामरी र बाह्रा खुस्किएको झोक थियो । ह्या यस्तै हो, आमिर खानले भन्या बिर्सिश - "ट्रैन, बस और लड्की, हिड जाम घर तिर F.O.C (फ्री अफ कोस्ट)को खाना छुट्टी हाल्यो फेरी घराँ पनि खान नबनाउला, पापी पेट पाल्नु छ।


भिस्मको प्रतिज्ञामा आकाश गज्र्या झै च्याङ्ग्रा पनि गर्जयो - "यसतो पनि हुन्छ भन त बैरे मैले बेलुकी आउछु भन्या थिए, फेरी त्यो तरुनी किन चाडो गाकी ?"


त कलेजबाट क्लास नै नछिरी बिदामा गाको जस्तै होला नि त मैले पेच थप्न पाको बेला थपिदे । "तर के सोच्या त्यसले, हिड च्याङ्ग्रा जाम सन्खमूल तिर त्यही पूलको छेउ बसुम, कलेज छुट्ने समय त अहिले हो, बन्क हान्या भए नि घर आउने समय त यही हो "


ठीक भनिस, ल बत्ता सरथी मेरो लक्ष्य तिर भन्दै च्याङ्ग्रा बाइकमा बस्यो । हुन पनि म उसको सारथी नै थिए बजियाले जहाँ भन्यो त्यही लान्थे आफ्नो बहानलाई । जोसै जोसमा पुगियो बिहानको चिया पसल, दिउसोको डोज चिया चुरोट पनि पुरा गरियो। तरुनी आउछे कि आउदिने त्यो चाँही थाहा थिएन तर अलिक क्षण पछी बाइक पूल कटेर पाटन पुग्ने चाँही निस्चित थियो ।


सोच्या झै भयो तरुनी आईन, मैले केही भन्नु अघी नै च्याङ्ग्राले हिड जाम खाजा खान , मैले नि थाहा नपाको झै कहाँ जाने भनेर सोधी हाले, मनमा फुटेको लड्डु घीउ सँग खाँदै । "कहाँ हुनु नि, यती नजिक आएर पनि पाटन गएन भने त कृष्णजीले बासुरीले नै बजाउछ " उस्ले भन्यो ।  च्याङ्ग्रालाई  मख्ख बनाउन मैले - "तलाई देखेर त कृष्णजीले पनि राधालाई प्रिय यो बसुरी एक्छीन समाउ त भनेर तलाई नै प्रणाम गर्ला नि "


च्याङ्ग्रा मख्ख हुँदै लौ त्यो पनि हेरी हालुम । ल हिड जाउ पेटाँ हात्ती दौडिने बेला भै सक्यो ।


हामी फेरी लाग्यौ बङ्गला मुखी तिर , एक्छीन त गल्ली देखेर अल्मल्ल परे , जता गए नि आको आको ठाउँ झै लाग्ने ।


होइन ए च्याङ्ग्रा हराइयो कि क्या हो । पहिले त आकै हो, यो गल्लीहरु पनि सब आको आको झै लाग्छ,


कहाँ हराइन्छ यहाँ बाट अली भित्र छिर त्यहाँ त्यो पैन्टिङ पसल छ, त्यहाँ बाट त बास्नाले तानी हाल्छ नि ।


कुन पैन्टिङ पसल ?
 
नभन्दै पैन्टिङ पसल चाँही होइन बास्नाले तान्यो हामीलाई, सुङ्दै गाको हरेक घर, हरेक पसल बाट हर्हरी बास्ना - कही म:म:, कही छोइला, कही कचेला भने कही चटामरी, वोँ, सुकुटी, नम चम ।


तेरो बाउँ, यहाँ त जता त्यतैबाट बास्ना आइ रहाछ । कहाँ जाने - मैले सोधे ।


उु कृष्ण मन्दिर, तेरो आँखा अगाडि,  कता नाकले लग्या तिर गईरा ? च्याङ्ग्राले हाँस्दै भन्यो


कृष्ण मन्दिर देखे पछी मलाई पनि साक्क्षात भगवानको दर्शन नै भाको झै लाग्यो, यताँ आन्द्रा बटारेर खत्तम हुन आटि सक्या थियो त्यस माथि जता ततै बास्नाले गाह्रो बनाइ सक्या थियो ।


कृष्णजीलाई दुर्दर्शन दिएर छिर्यौ हामी पसल तिर ।


भित्र छिर्दा, स्वर्ग पुगे झै लाग्यो मलाई, मुख रसिलो भयो, थुक निले नि भोक अगाइएला भनेर मुखा आको थुक पनि ननीली बसे । च्याङ्ग्राले उु माथि AlterEgo ले राख्या फोटोमा झै मगायो - कचेला, बाह्रा, चटामरी, आलु चिउरा, अचार, अनी भित्र सजिलै हुल्न क्ष्याङ । साउनी ले नेवारीमा के सोधिन कुन्नी, च्याङ्ग्राले म तिर हेरेर अन्डा भाको चटमरी कि मासु भाको सोध्यो, मैले सजिलै मासु भने , मेरो मासुको मा मात्रै निस्क्या थियो उसले साउनी तिर हेर्दै "ला" भन्यो। मैले केही बुझिन त्यही पनि केही भनिन मलाई नेवारी सिक्नु भन्दा नेवारी खाना हुल्नु धेरै मन थियो ।


हुन त पाच ब्यन्जन मात्रै हो तर आफु साम्य आउँदा चौरासी ब्यन्जन पनि यसको सामु कम थियो । के टोक्ने, पहिले के खाने, कसरी खाने म त केही सोच्ने लायक नै थिईन , च्याङ्ग्रा तिर हेरी रहे, उसले पहिले चिउरा र आलु खान लाग्यो, मैले नि उसले गरे झै गरे । एक गासँ चिउरा पछी कचेला तिर लागियो, काँचो मासु, लशुन आदुवाले मोलेको, नुन, खुर्सानी र मसलाले रङ्गीएको , आफ्नो मुख सम्म आउँदा हर्हरी बास्ना आयो । मुख भित्र राख्दा अमृत नै आयो, अमृत चाँही मेरो लागि होइन छेउमा भन्की रहेको झिङ्गाको लागि। कचेला, बिहे गरेको बेहुली झै रातोले श्रिङ्गारेको थियो। त्यो रातोले मेरो मुख भित्र छिर्दा, बिहेमा बजाउने बाजा झै बज्न लाग्यो, पिरो र मिठो दौबैको मेल हुँदा मेरो मुखबाट रयाल झर्यो त्यही त्यो झिङ्गाको अमृत थियो। गएर सिधै त्यही बस्यो । उड्नु अघी पनि मलाई - "धन्यबाद है " भन्या झै लाग्यो ।


अब खानको बर्णण गरु भने एउटा महाकाब्य लेख्न सकिन्छ होला, सँछीप्तमा भन्दा चाँही अर्जुनले छोडेको गाण्डिवले निशाना नचुकेको झै परीकार मिस नखाइ मुखा छिरी रहेको थियो , त्यो पनि एक हाते किनकी अर्को चाँही तालु को पसिना, आँखाको आशु, र नाक को पानी पुछ्दै थकित थियो । क्ष्याङ भुँडी भित्र पुग्दा त छु......स आवाज नै सुनियो । भुँडी पिरोले बली रहेको थियो क्यार सोचे ।


बाहिर गएर चुरोट सल्काउदै - बुझिस रामे खाइयो, आज तेरो जय होश भन्दै मैले च्यङ्ग्राको चुरोट सल्काउन सलाई हावाले ननीभावोश भनेर दुई हातमा लुकाइ उसको मुख नजिकै लगे, जहाँ सुर्य चुरोटले त्यो आगोको प्रतिक्षा गरिरहेको थियो। मुखाबाट मुस्लो छोडेर यस्तो पो ख्वाइ, रहिथानीको भन्दै च्याङ्ग्राले आर्को सर्को लगायो ।


ल हिड जाम घर तिर । तरुनीले धोका दिए नि खानले साथ दियो, यो खान त २-३ दिन ननीकाली भुँडी भित्रै राख्ने खालको छ भन्दै उु बाइकमा बस्यो । मिठोले भुँडी भित्रै राख्न खोज्या हो कि, आउँदा खेरीको रापलाई सम्झेर भन्या हो त्यो चाँही भुज्न गाह्रो थियो त्यही पनि केही नबोली घर तिर लाग्यौ हामी ।


क्रमश:              


       

Read Full Discussion Thread for this article