Posted by: chipledhunga April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मीठो म खोजिरहेथें म सोचिरहेथें तिमी याद आयौ


सोमबारे जदौ सबै गाम्लेहरुलाई अनी नयाँ बर्षको शुभकामना पनि।
सबैको सुस्वास्थ्य होस् अनि उत्तरोत्तर प्रगति होस्। पढ्नेको पढाई सफल होस्, बिहे भएकाको सन्तानले डाँडाकाँडा ढाकून्, नभएकाको छिट्टै बिहे होस्। जागीर हुनेको जागीर बचोस्, नहुनेको जागीर मिलोस्।
देशमा टायर होइन बिजुली बलोस्, धाराको टुटी खोल्दा पानी बगोस्। राजमार्ग बन्द नहोस् अनि डिजेल पेट्रोलको अभाव नहोस्। राजनैतीक स्थिरता होस्, भारतीय अतिक्रमण रोकियोस्। आतंकबादी थुनामा परुन्। शान्ति आओस् आशान्ती जाओस्। गरीबी घटोस् भ्रस्टाचार हटोस्। प्राकृतिक प्रकोपले देशलाई नगाँजोस्।  


ठुल्दाइ, फोन बार्ता रमाईलै भैरहेको थियो। साँच्चिकै अर्को फोन आएर हो कि लामखुट्टेले टोकेर हो फोन राख्नु परेको?
बिष्टे, चिया खान पाएछौ त्यसैले पोस्ट गर्न सक्यौ, बधाई छ। खोला पारिको भ्रमण् कस्तो भयो त?
रिट्ठे सर, झक्कासको आएछ नि शुभकामना सन्देश।
केली, छु दु? नेवारी सिकाउने भनेको मान्छे हप्ताभरी बेपत्ता भाईदिने? खोइ एउटा लेसन त आज राख्नु पर्‍यो है।
बाउचा, पार्टीमा जाने भयौ त?
जिम्मालबा, वीकेन्डमा भेट्ने भनेर कता गायब हो? फेरि कुरा नभए शुभ यात्रा अहिले नै भनिहालूँ है।
पूरेलाई पनि शुभकामना। पूरी तरकारी ज्यूनार भयो त?
         
                 

Read Full Discussion Thread for this article