Posted by: fucheketo April 10, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        


भाग-७


रामे माथि उ गर्जन गर्न चाहन्छ जसले रामेको अस्तित्व समाप्त गरिदेओस् । मानिसको नेचुरल ईन्स्टिंक्ट हो उ जहिल्यै आफ्नो बारेमा सोच्छ अथवा भनौँ प्राकृतिक रुपमा मान्छे मात्र आफ्नो बारेमा सोच्दछ ।उसका आफ्ना रहरहरु ,अरु संग पनि सम्बन्ध त आफ्नै रहन्छ नि ! जहाँ उसले अरुको बारेमा सोचीदिन्छ उ कृत्रिम हुँदैछ कहिले नैतिकता दवावमा कहिले आत्मियता को दवावमा । रामेलाई उसले के सम्म गरेन किशोर बाट परिपक्व बनाउन्जेल सम्म उसको कत्तिको योगदान छ । आज माया उसका रहरहरुलाई गोडमेल गरिदिँछे शायद ती कोपिला हरु जस्तै जुन उसले अघि भख्खर चुँडेको थियो । त्यहि भएर उसले अघिका कुराहरु बिर्सियो स्वार्थि बनेर । उसले पनि प्राकृतिक गुण देखायो कृत्रिमता रोजेन नैतिकता को दवावले उसको प्रकृति दवाउन भ्याएन । ठिकै छ ,,, तर उ गर्जन किन सकिरहेको छैन त रामेमाथी ।

मायाले थाहा पाउँछे उसको योजना भन्नु त एउटा बहाना मात्र हो । वास्तविकता अर्कै छ । बिस्तारै बिस्तारै रामेको छाती फूल्दै छ अभिमान अटसमटस भएर अटाउन नसक्ने गरी अनि रामे अजंगको हुँदै छ जसको परिपेक्षमा उ कमजोर देखीइरहेको छ । उसको छाति सुक्दै छ ,कुपोषण लागेको छ अभिमान को मामलामा उसलाई । कसले लग्यो त उसको स्वाभिमान । माया सारिरहेकी छेयता बाट स्वाभिमान झिक्यो उता भर्यो कति सजिलो !!!!!!!!!!!! माया स्लो पोइजन हो , उसलाई थाहा नभइकन उसका धेरै कुराहरुमा क्षति पुर्याइरहेकी छे उसैलाई ।

उसलाई चिटचिट पसिना आएजस्तो भयो । उसले पसिना हेर्यो ।पसिनाका थोपाहरु अस्वभाविक रुपमा ठुला लागे उसलाई ! भित्तामा टाँगिएको क्यालेण्डर हेर्यो । पौष मा पल्टिएको थियो । योबेमौसमी वर्षा किन गरिरहेको छ उसको शरिर ले ? माया उसको मन ,आत्मा शरिर सबैलाई एकैसाथ कमजोर बनाउँदै छे पल प्रति पल गलाउँदै छे । उ मायाको बारेमा पत्ता लगाउन चाहन्छ । माया भने उ भित्रै उसका शत्रु हरु जन्माउँदै छे । रक्तबिजहरु जसले उसलाइ दिन दुइगुना रात चारगुना खोक्र्याउँदै छन् ।

उसले अब एउटा यस्तो बाटो खोज्नुपर्छ जसले मायाले कमजोर र उसलाई शक्तिशाली एकैचोटि बनाओस् । सामुन्ने नपरि कसरि हुन सक्छ त यो ? जसरि उसको स्वाभिमान घुँडा टेक्दै छ त्यसरी नै मायाको पनि टेकाउन पाए ! को हुन सक्छ उसलाई गलाउन सक्ने ?सुरुची !!!!!!!!!!!!!!!!!!!!!!!

सुरुची नै हो मायाको मुस्कान सम्पुर्ण रुपमा गायब गरिदिन सक्ने । उसमा गजबको क्षमता छ यदि उ प्रकट भइदिन्छे भने ! कसरी ? सुरुचीलाई फेरि यो घरमा कसरी लिएर आउने ?कहाँ छे सुरुची ? अन्तिम पटक को चिठ्ठि र भएभरका गालीहरु पछि त सुरुची कतै हराएकी छे । कसरि खोजोस् उ सुरुची लाई ? फेरि यो त रुघाको समाधान गर्न ज्वरोलाई निम्त्याए जस्तो हुन्न र ! उ हाँस्यो सुरुचीकोसमाधानको लागि मायाको खोजी अब मायाको समाधानको लागि सुरुचीको खोजी !!!!!!! संसार परिवर्तन शिल छ !! उ फेरि हाँस्यो ।

एक्लै हाँस्दै हुनुहुन्छ नी !

माया यसरि नै अचानक कोठामा प्रकट भइरहन्छे ।उसको स्वभावै जासुसी छ आँखा जहिले पनि अरुले
सोच्न नसक्ने ठाउँमा दौडाइरहेकी हुन्छे । त्यति मात्र नभई माया उसको हाँसो पनि दवाइदिन चाहन्छे । शायद अब यसपालिको प्रहार उसको हाँसो माथि हो !

      तिमी पनि त मुस्कुराईरहन्छौ सँधै बिनाकारण !!! उसले हिम्मत जुटाएर प्रतिप्रश्न गर्यो ! हराएका हिम्मत हरु थोपा थोपा गरेर जम्मा गरेको थियो उसले !

      म कहिल्यै बिनाकारण मुस्काउँदिन !’ मायाले मुस्कुराउँदै नै जवाफ फर्काइ ।कीन मुस्कुराउदिन उ बिनाकारण सँधै नै मुस्कुराइरहेकी हुन्छे भने । सँधै ने उ सँग कारण भइरहन्छ त ?

      अहिले किन मुस्काएकी त !

      तँपाई बिनाकारण हाँसेको देखेर !

माया बाहिर निस्किई। उसलाई ब्याख्या गर्ने समय सम्म नदिई !!!!!!!! माया सँधै यस्तै गर्छे आफ्ना विचारहरु राख्छे उसका विचार सुन्दै सुन्दिन या बाहिर निस्किइदिन्छे या काममा ब्यस्त भइदिन्छे उसका कुराहरु घाँटीको कुनै खण्डमा अड्किरहन्छन् जसले उसको मुटु दुख्ने ब्यथा बल्झिएको छ । यो मायाको उसको शरिरमाथि प्रहार गर्ने अनौठो तरिका होला ।मायाका हरेक तरिका हरु अचम्मका हुन्छन् । सानै उमेरमा उसले शिकारमा पारंगतता हाँसिल गरेकी रहिछ ।

      सुरुचीको उपाय उसले बिस्तारै त्याग्यो ।त्यो बाटो आकर्षक थियो तर त्यो बाटो गाह्रो पनि थियो । गलेको उसले सजिलो बाटो खोज्नुपर्छ । गाह्रो बाटोमा उसको यात्रा अपुर्ण हुने डर छ । हराएकी सुरुचीलाई कता खोजोस् उसले । फेरि भेट हुने बित्तिकै मायामा आक्रमण गर्नु अघि उसैमाथि आक्रमण गरी भने । के भर सुरुची को त स्वभाव नै त्यस्तै छ,धेरै प्रश्न होलान् उसको दोस्रो विवाहलाई लिएर सुरुचीको मनमाँ प्रत्येक प्रश्नहरुको उत्तर दिने त उसको सामर्थ्य नै छैन । फेरि घरमा पनि कुरा उठ्छ सुरुची किन आई भनेर ! समाजमा सुरुचीले केहि भनी भने उसको घर फेर्नुपर्ने कार्यक्रम जसलाई उसले हाललाई स्थगित गरेको थियो त्यसमा पुनर्विचार गर्नुपर्ने पनि हुन सक्छ ! यो त माया र उसको विचको कुरा हो । ओखति यस्तो हुनुपर्छ जसले मायालाई मात्र असर गरोस् । उसले पत्ता लगायो ओखति जुन उसको विचारमा अचुक थियो ।

      मायाले उसलाई जे गरी उसले पनि त्यहि गर्यो भने । एक रात हराइदियो भने ?शहर मा रात बिताउने पर्याप्त ठाउँहरु छन् भट्टि पसल हरु छन् , जोवन बिक्रि हुने ठाउँहरु छन् जसमा उ आफूलाई प्रयोगशाला मा उभ्याउन पनि सक्छ र मायाको स्वाभिमान माथि प्रहार पनि गर्न सक्छ ।प्रयोगशाला मा यस मानेमा कि त्यहाँ पारखि हरु हुन्छन् जसले उसको गुण दोषहरुको बारेमा उसलाई जानकारी दिइदिन सक्छन् । मायाबाट उ टाढा जानाले मायालाई पनि त उसले चाहेको कुरा माया ले दिन नसकेको स्पष्ट हुन्छ नि त ! उसले निर्णय गर्यो । आजको रात उ पनि खुल्ला माया पनि खुल्ला जे पर्ला पर्ला । भोलि मायालाई उसको रोमान्चक यात्रा बढाई चढाई सुनाउने छ ! माया माथिको असर हेर्नेछ ।

      तल आमा र मायाको हाँसोको आवाज सुनियो ।त्यो हाँसो आज रातसम्म मात्र रहने उपायको आविष्कार गरेको छ उसले उ ढुक्क भयो । रातमा धेरै काम गर्नुपर्ने छ उसले , अहिले उसले सुत्नुपर्छ एकछिन मन र शरिरलाई आराम दिनु पर्छ । उ ओछ्यान मा पल्टियो ,धेरै दिन पछि ओछ्यान मा अनौठो सन्तोष प्राप्त भए जस्तो लाग्यो उसलाई । उ निदायो सपना भरी उसले चुँडेका कोपिला हरु चौर भरि छरपष्ट थिए ,काँडा भने बोट मा एक्लै भएको बिजयोत्सव मनाउँदै थिए । चिया लिएर आउँदै गरेको रामेलाई सुरुची गाली गर्दै थिई । हाँस्दा हाँस्दा मायाको ओठ सुन्निएको थियो । माया धेर हाँसेर कुरुप भइछे !! तर अचम्म उसको आफ्नो सपनामा उ कहिँ थिएन । उ आफूलाई खोजिरह्यो सपनाभरि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

क्रमश:



 

Last edited: 10-Apr-09 11:02 AM
Read Full Discussion Thread for this article