Posted by: Maylumaya April 7, 2009
गुसखोरी र ब्रस्टचारी हरुलाई सरुवा गर्नुनै बेस
Login in to Rate this Post:     0       ?        

गुसखोरी र ब्रस्टचारी हरुलाई सरुवा गर्नुनै बेस


गोलाप्रथाद्वारा गाविस सचिवको सरुवा



सर्लाही, चैत २४ - राजनीतिक दलका प्रतिनिधि र स्थानीय विकास अधिकारीको संयुक्त बैठकले जिल्लाका सबै सचिवको सरुवा गोलाप्रथाद्वारा गर्ने निर्णय गरेको छ । सचिवहरूले भने यस्तो निर्णयको विरोध गर्दै फिर्ता नलिए मंगलबारदेखि सबै गाविसमा कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । जिल्लामा ९९ गाविस छन् ।

स्थानीय विकास अधिकारी विष्णुराज लामिछानेको निवासमा आइतबार राति राजनीतिक दलका प्रतिनिधिसहित बसेको बैठकले सचिव सरुवामा विवाद हुन थालेको निष्कर्ष निकाल्दै गोलाप्रथाद्वारा सरुवा गर्ने सहमति गरेको हो ।

गाविस सचिव हकहित केन्द्रका जिल्ला अध्यक्ष हरिकान्तलाल कर्णले सरुवाको विधिप्रति असन्तुष्टि जनाउँदै २४ घन्टाभित्र निर्णय फिर्ता नलिए सबै गाविस कार्यालय ठप्प पार्ने चेतावनी दिए ।

बजेट सदुपयोग गर्नुपर्ने आर्थिक मसान्तको अन्त्यतिर आएर सरुवा गर्नु गलत भएको कर्णले बताए । 'परिषद् गर्नेलगायतका काम धेरै गाविसमा बाँकी छन्,' उनले भने, 'यस्तो बेलामा सरुवा गर्नु विकास बजेट पि|mज गराउनु हो, निर्णय नउल्टाए आन्दोलन गर्न बाध्य छौं ।' 

एमालेका तर्फबाट जिविस प्रतिनिधि भाग्यनारायण रायले विभिन्न गाविसबाट भइरहेका सचिवको विरोध गर्दै अर्काे सचिवको माग आएको र केही स्थानको मात्र सरुवा गर्दा विवाद आउने गरेकाले एकमुष्ट सरुवा गर्न दलबीच सहमति बनेको बताए । 'सरुवामा तेरो मेरो नहोस् भनेर गोलाप्रथा विधि अपनाइएको हो,' उनले भने । सबै सचिवको सरुवा गरेपछि समस्या समाधान हुने उनले बताए ।

सचिव सरुवाको हकहित केन्द्रले विरोध जनाएपछि दलका प्रतिनिधि र स्थानीय विकास अधिकारीबीच सोमबार निर्णयमाथि पुनर्विचार गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल यादवले गोलाप्रथाद्वारा सरुवा अव्यावहारिक देखिएकाले तत्काल कार्यान्वयन नगरी मंगलबार सबै पार्टीका अध्यक्षको बैठकले पुनर्विचार गर्ने सहमति भएको बताए ।

Read Full Discussion Thread for this article