Posted by: aficionado April 7, 2009
श्रीमती गर्भवती बनाउन छिमेकी भाडामा
Login in to Rate this Post:     0       ?        

जर्मनीका एकजना मानिसले आफ्नी श्रीमती आफ्नो कारणले गर्दा आमा बन्न नसक्ने भए पछी आफ्नो छिमेकी लाई भाडामा ल्याएको बताईएको छ। Demetrius Soupolos नामका ति पुरुष आफ्नो संसर्गबाट आफ्नी श्रीमतीले  बच्चा जन्माउन नसक्ने कुरा डाक्टरले बताए पछी आफ्नी श्रीमतीको सहमतीमा उनले आफ्नो छिमेकी ३४ वर्षिय Frank Maus लाई भाडामा ल्याएका थिए जो एक विवाहित पुरुष थिए र उनका २ बच्चा पनी थिए।

Demetrius Soupolos र Frank Maus बिच भएको डिल अनुसार Demetrius Soupolos ले Frank Maus लाई ६ महिनाको समय दिएका थिए। त्यो अवधीमा उनले Demetrius Soupolos की श्रीमतीलाई गर्भवती बनाउनु पर्ने थियो। Frank Maus, Demetrius Soupolos की श्रीमती सँग हप्ताको ३ रात लगातार ६ महिना सम्म सुत्न पाउने कुराको सहमती भएको थियो र त्यही अवधी भित्र उनले Traute लाई गर्भवती बनाउनु पर्ने थियो।



तर जब Frank Maus ले ६ महिनाको प्रयास पछी पनी Traute  लाई गर्भवती गराउन सकेनन त्यस पछी ति दुई बिच विवाद बढदै थाल्यो र त्यही क्रममा जाँच गर्दा उनको छिमेकी अर्थात Frank Maus समेत बच्चा पाउन असक्षम भएको कुरा डाक्टरहरुले बताए। यसको मतलब थियो कि Frank Maus ले आफ्नो भन्ठानेका २ बच्चा आफ्ना थिएनन र उनकी श्रीमतीले यो कुरा उनलाई नबताई अर्को कुनै पुरुषको  संसर्गका कारण जन्माएकि थिईन जुन कुरा Frank Maus लाई थाहा थिएन।

यस कुराले Frank Maus र Demetrius Soupolos बिच विवाद बढदै गयो र अदालत सम्म पुग्यो। Demetrius Soupolos का अनुसार उनले आफ्नो छिमेकी लाई आफ्नी श्रीमती गर्भवती गराउनको लागी त्यो पैसा दिएकाले उनले भएको काम गर्न सकेनन फलस्वरुप उनले अब त्यो पैसा फिर्ता पाउनु पर्दछ।

उता Frank Maus भन्छन उनले आफुले गर्भवती गराउछु नै भने र ग्यारेन्टी दिएका थिएनन र उनले आफ्नो तर्फ बाट सक्दो प्रयास गरेका पनी थिए त्यसैले उनी पैसा फिता कुनै पनी हालतमा दिन तयार छैनन। अदालतमा विचाराधिन रहेको यो मुद्दा कसले जित्ने हो त्यो भने हेर्न बाँकी नै छ।

Read Full Discussion Thread for this article