Posted by: बैरे April 6, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

घर छिर्न अघी दुईवटा हजमोला क्यान्डी मुख भित्र चपाए र सिधै कोठा तिर लागे ।


राती मस्त सुती रहा थिए कती खेर ४ बज्यो थाहा नै पाईन , च्याङ्ग्राको फोन आयो । उठ अघोरी बङ्गला मुखी जाने होइन ?



आधा निद्रमै मैले - ल तल हजुरको पसल सम्म आइज म ३० मिनटमा आइपुग्छु । मोटर बाइक हुत्ताएर पुगे हजुरको पसल तिर । च्याङ्ग्रा डेली डोज, सल्काउदै थियो म आको देखेर अर्को पनि सल्कायो, "ल हर्लिक्स खा, तेरो जिउमा स्फुर्ती आउछ । " बिहानको सर्कोको कुरै अर्को, खाली पेटमा फर्स्ट पोपले रिङ्गटा नै लगायो, त्यही पनि १.५० सत्त्यनास त गर्नु भएन । रातले सुर्यलाई निगाले झै हामीले पनि सुर्यलाई सर्सर्ती निल्यौ।


२ मिनटको बिश्राम पछी हामी बङ्गला मुखी तिर हुत्तियौ, नयाँ बनेस्वोरको चोक कटेर सन्खमूल तिर लाग्यौ, ओरालो कटेर जान मात्रै आट्या थियौ, च्याङ्ग्राले रोक रोक भनेर करायो - "किन ए भूत के भयो" भनी मैले सोधे । घुमा घुमा मात्रै भन्यो उसले, मैले पनि त्यसको केही खस्या शंका गरेर बाइक घुमाए, अली माथी जा, अझै माथी भन्दै गोल्छा निवास कटाउन लगायो । ल फेरी घुमा भन्यो उसले, म केही नबोली उसले जे भन्यो त्यही गरी रहे, बिहान बिहान हेल्मेटको ठट्टाईबाट म बन्चीत हुन चाहन्थे । गोल्छा निवास अगाडि आए पछी उसले मलाई रोक्न लगायो, उु ओर्लेर गोल्छा निवासको भित्तालाई धन्य बनाउन गयो ।


थुक्क हाडी घोप्ते, काम पाइनस बिहान बिहान, देख्ला तेरो बाउले, अनी लग्ला नि मसान तिर


के कराइ रहा, मलाई प्रेसरमा आउँदैन क्या, नकरा न । भन्दै उु मस्तले आफ्नो न्रित्य कर्म तिर लाग्यो ।


काम तमाम परेर बस्न आट्या थियो, मैले - "नछो मलाई , तल गएर हात धू, पवित्र ठाउँमा अपवित्र भएर कसरी जानु ?" भनेर भने


ओरालो झरेर एउटा पसलमा गई, उु हात धोएर निस्कियो, मलाई हेर्दाइ हाँस्दै उसले - "केरा हेरीरहा, भोली कसैले ठुलो मान्छे को चिन्या छस भनेर सोध्यो भने, गोल्छा निवासमा तुर्का (अरु शब्दको उपयोग उस्ले निस्चित थानेन) छु त भन्न पाईन्छ । उसको कुरामा सत्यता थियो, हामी जस्तो अघोरी कुनै ठुलो मान्छेसँग परीचीत हुन असम्भव थियो, त्यसैले म चूप नै बसे । मेरो मौन्ताले उसको कुरासँग सहोमती जनाएको उसले बुझेको थियो र अरु केही नबोली उु बस्यो । हामी बङ्गला मुखीतिर लाग्यौ ।


बङ्गला मुखी भित्र पस्दा हामी बोकाहरुको कोन्फ्रेन्समा आको झै लाग्यो, त्यहाँ बोकाहरुको कमी थिएन, तर बोकाहरुलाई निरास नपार्ने कारणले नै होला तरुनीहरु पनि झकी झकाउ भएर आका थिए। बङ्गला मुखीको दर्शन गर्नेहरुपनि कम थिएनन् । पेट्रोल, मट्टीतेल, ग्यास, रङ्गीला फिल्मको लाइन भन्दा पनि चौखन्ड लाम थियो त्यहाँ । लामा बसेर बङ्गला मुखीको दर्शन पाउदा ६ बजी सक्या थियो ।


बङ्गला मुखीलाई आफ्नो नाउँ पार लगाउने बिन्ती गरेपछी हामी घर तिर फर्किने तयारी गर्यौ । जानु अघी झुल्केको सुर्यलाई हामीले पनि धूप सल्काएर स्वागत गर्ने प्रस्ताव राखे, तर च्याङ्ग्राले जसरी घन्टी नबाजाइ बालेको धूपको धेरै मान्यता हुँदैन, त्यसरी नै चिया नभई तानेको सर्कोमा स्वाद नै हुँदैन भन्यो ।


त्यही सानो पसल थापी बसेको ठाउँमा गई चिया लिउ न त भन्दा, उसले हामीले नचिन्ने मान्छे टन्नै छन तर हाम्रा बा ले चिन्ने धेरै छन । हामी फलानोको छोरा हो भन्ने चाख धेरैले राखेका हुन्छन, बङ्गला मुखीमा बसी, एक हातमा चिया अर्को हातमा चुरोट, आँखा बङ्गाइ बङ्गाइ तरुनी हेर्या कुरा फलानोको कानमा पुग्यो भने, सिधै बङ्गला मुखीको शरणमा पुराउछ बुढाहरुले । त्यसैले बागमती पूल कटी त्यहाँ कुनै पर्दा पछाडि बसी नै मुरली बजाउने निर्णय गर्यौ ।


एक आँखाको झिम्काईमा हामी बागमती पूल कटेर एउटा होटेल भित्र छिरी चीया लिदै सुर्य सल्काउन तिर लाग्यौ । बाटोको चहल पहल तिर हाम्रो ध्यान धेरै थियो, एक्कासी च्याङ्ग्राले मेरो ध्यान पूल तिर लग्यो, पूल तर्फबाट एउटा स्कूटीमा एक पटाखा तरुनी बिहानीको किरण झै झुल्किदै हाम्रो नजरको नजिक आउँदैथी, हामीलाई कटेर उु हामी भन्दा टाढा जादा लागेको थियो की त्यो किरणमा ग्रहन परेको थियो । च्याङ्ग्राले चुरोटको ठुटो फ्याकेर, हिड जाउ तेरो भाउजुको पछी भन्दै तीन खुड्कीलो भर्र्याङ्ग झर्यो , उसको पछी म पनि लागे । बाइक स्टार्ट गरेर हामी त्यो तरुनीलाई भेटन बत्यौ । सन्खमूलको उकालोमा उसलाई भेटियो ।


उसलाई पच्छ्यौदै हामी बि.आइ.सी.सी कटी, शिव दर्शन हल तिर लाग्यौ, हामीले उसलाई पच्छाएको ज्ञान उसलाई थियो त्यसैले हामीबाट ताढिन होला शायद, शिव दर्शन हल कटे पछी उनी दाँया मोडीई, तर हामी पनि कम थिएनौ उसकै पछी लाग्यौ, फेरी एक्कै छिन पछी उनी बाँयाको गल्ली तिर मोडीई । त्यो गल्ली गई फेरी दोबाटोमा मिस्सियो र उनी बाँया मिलन चोक तर्फ लागीन् । अब च्याङ्ग्राले उु सँग गर्ने कुरो भेट्यो बैरे बाइक तेरो भाउजुको छेउ छेउ तिर लग त कुरो गर्नु पर्‍यो । मैले उसले भने झै तरुनीको छेउमा बाइक लगे ।


ओ हिरोइन !
बाटोमा उु बाहेक अरुले पनि च्याङ्ग्रा तर्फ हेर्यो, तर च्याङ्ग्राको सम्बोधन केवल स्कूटी को तरुनीको लागी थियो, हजुरको पसल कटेर बाँया मोड्या भए नि हुन्थियो नि ? किन गल्लीबाट आको ? त्यहाँ साँढे भाको भए मै बचाउन आउनु पर्थ्यो, भोली देखी गल्ली तिर धेरै नहिड है?


तरुनी च्याङ्ग्रालाई हेरेर केही बोलिनन् मुसुक्क हासी मात्रै राखी ।


च्याङ्ग्राले फेरी प्रश्न गर्‍यो, कलेज जान आट्या हो ?


त्यतिन्जेल हामी मिलन चोक कटेर धेरै अगाडि पुगी सकेका थियौ, काठमाडौं म्यानेजमेन्त कलेज तर्फ उनी मोडियो (हाल को होइन पहिले म्यानेजमेन्त कलेज आहिले को ई.पी.ए.स स्कुल भन्दा पर मिलन चोक तिर थियो) । कलेजको छेउमा तितौरा पसल पनि थियो, च्याङ्ग्राले, "हिरोइन बेलुका म तितौरा लिएर यही आउछु है" भन्यो । तरुनी फेरी केही बोलिनन् गेट भित्र छिर्नु अगाडि च्याङ्ग्रा तर्फ हेरी फेरी मुस्कुराइ अनी भित्र गैइन् ।


च्याङ्ग्रा : पट्टयो यार, ल आज बेलुका तितौरा ली, फेरी पच्छायौदै ससुरली जानु पर्छ, टाईम मै यहाँ आउनु पर्छ भुजिश ।


म : भई हाल्छ नि तेरो बाउले पाल्या नोकर हो ।  तेरो हुकुम सर आँखो मे । 


च्याङ्ग्रा: पीलीज, दाई भन्छु, रयाग नगर न । बरु ससुराली बङ्गला मुखी छेउ रहेछ भने, कृष्ण मन्दिर तिर चटामरी र बाह्रा खान लग्छु तलाई ।


मैले यस्तो अवसरलाई कसरी नकार्न सक्थे र ? ल ल हुन्छ भन्दै हामी त्यहाँबाट घर तिर लाग्यौ ।


क्रमश :  

Read Full Discussion Thread for this article