Posted by: fucheketo April 6, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        
भाग-५


करिब अरु तिन चार दिन त्यसै गरि बिते न मायामा केहि परिवर्तन आयो न उसमा केहि परिवर्तन आयो न दुईविचको सम्बन्धमा केहि परिवर्तन आयो न परिस्थिति मा केहि परिवर्तन आयो । संसार मा एउटा वाक्य मात्रै हो परिवर्तन नहुने संसारका हरेक कुरा हरु परिवर्तनशिल छन् भन्ने । उनीहरुविच बितेको त्यो तिन चार दिनमा भने मात्र त्यो वाक्यमा परिवर्तन आयो त्यो वाक्यले आँफैलाई दुई चार चोटि पढ्यो होला आखिर म किन लागु भइराखेको छैन माया र उ विचको सम्बन्धमा भनेर । त्यसपछि मात्र त्यो बिहान आयो ।

            त्यो विहान उ चाँडै उठ्यो आज को बिहान फरक थियो उसले माया माथि चियो चर्चो गर्नु थियो ।माया विहान देखी के गर्छे उसले हिजो राती नै बसेर सबै कुराको टिपोट गरेको थियो । मायाको रहस्य पत्ता लगाउन माया र सुरुची विचका भिन्नता हरु जुन माया दैनिक जीवनमा देखाउने गर्छे त्यसलाई नियाल्नु पर्छ त्यसको गहिराहिमा जानुपर्छ भनेर खरानीले उसलाई सम्झाएकै थियो । उसले त्यो मात्र पालना गर्न चाहेको थियो ताकी पछि कसैलाई उसले जवाफ दिन सकोस् ।उसले चियो गर्नु पर्ने ठाउँहरु उसले हिजो रात तैयार गरेको कागजमा रातो कोरेर राखेको थियो राता दागहरु पन्ना भरी धेरै थिए ।उसले ति दागहरु गन्न भने भ्याएको थिएन । तर ति सबैलाई एक एक गर्दै पन्छाउँदै जानेछु भनेर निश्चय चाहिँ गरेको थियो । शुरुवात उसले किचनबाट गर्नु पर्ने थियो ।किचनमा रामे मायालाई सघाउँथ्यो । उसको घरको पुरानो नोकर ।सुरुचिलाई पनि उसैले सघाएको थियो ।सघाउँथ्यो किन भनौँ ? सुरुची त किचन नै छिर्दिनथी त्यति खेर रामे नै सबै काम गर्ने गर्थ्यो । सुरुचि मात्र रातमा फुल्ने बिशिष्ट फूल थिई जसलाई सुन्दरता देखाउनुपर्छ भन्ने ग्यान थियो । माया कलामा ब्यक्त
गरिनुपर्छ भन्ने सोचाई थियो र समबन्धको क्यानभास छताछुल्ल हुने गरी कलाकारले रंग पोख्न नसकेले त्यो कलाकारले क्यान्भास अरु कसैलाई जिम्मा लगाउनुपर्छ भन्ने थाहा थियो ।

      त्यसो भए माया किन किचनमा छिर्छे त यहि सोचेर उसले पहिलो रातो किचन मा लगायो जति खेर आमा पुजाकोठामा ,बुवा मर्निंग वाक मा र उ ओछ्यान मा निन्द्रामै हुन्छ त्यति खेर माया किचनमा छिर्छे । किचनमा छिर्नु त गृहिणीको अधिकार को कर्तँव्यको कुरा हो ,त्यसो भए सुरुची किन छिर्दिनथि । मान्छे ले कुनै काम नगर्नु पर्ने थाहा पायो भने पनि उसले किन गर्छ ? जति खेर उसमा रहर पलाउँछ ।किचनमा के छ त रहरलाग्दो उसले रामे बाहेक मायाको लागि अरु रहरलाग्दो बस्तु
देखेन ।

      सारा दोष रहरहरुकै त हुन आखिर उसले खुइय सुस्केरा काडेको थियो । कसैमा चाहिने भन्दा धेरै पुरागर्नु पर्ने भन्दा धेरै आकाश सानो लाग्ने रहरहरु हुन्छन् ,कोहि रहर नभएको भान पारिदिन्छन् । मोक्ष प्राप्त गरेजस्तो !

      उसले किचनको ढोका बाट बिस्तारै चिहायो । माया चिया छान्दै थिई । चियाको रंग टाढाबाट धेरै थियो वा थोरै उसले नियाल्न सकेन तर चिया टाढाबाट उसलाई कालो लाग्यो । उ हरेक चिज आजकल कालो अध्यारो देख्न थालेको थियो । हरेक अध्याँरोले किरणहरु निल्न थाले जस्तो । जसरी एउटा किरणले अन्धकार दवाइदिन्छ त्यसरि नै एउटा अध्यारोको अंशले सुर्य निलिदिने भए । मान्छे किन कालो मन पराउँदैनन् ? उ झस्कियो । मायाले चिया छानीसकेकी थिई उ हतार हतार ओछ्यान मा गएर यथास्थिति मा बस्यो ।

आज रामे थिएन ? चिया लिँदै गर्दा उसले प्रश्न राख्यो ।

बजार गएको छ तरकारी किन्न किन?

माया मुस्काई । उ पराजित भयो । मायाले पक्कै हिजो  राती नै उसको कागज देखी उसले सोच्यो । तर कसरी उसले त स्टोर रुम मा मैनबत्ति लिएर गएर धेरै गोप्यता का साथ कागज तैयार गरेको थियो त ! त्यसो भए उ भित्र अर्को कोहि छ मायाको जासुस् ! जुन प्रतिबिम्व सँग उ दिन रात झगडा गर्छ त्यहि पो हो कि उ सँग झगडा पनि परिरहन्छ त्यसैको बदला लिन चाहेको पो हो कि हैन त्यस्तो त हैन , त्यो प्रतिबिम्व त बौलाहा छ त्यसले भनेकै भए पनि मायाले किन बिश्वास गर्छे त ।उ ढुक्क भयो । यो पहिलो पटक उसको हातमा निराशा लागेको मात्रै हो उसले रहस्य पत्ता लगाएरै छोड्नेछ ।

पत्रिका हेरुम कि भनेर !

       माया बाहिर निस्किई । उ ढुक्क भयो ।

उसले गोजिबाट बिस्तारै आफ्नो कागजको टुक्रा निकाल्यो यता उता हेर्यो आफ्नो गोजिमा राखेको रातो कलम निकाल्यो । उ आजकल आफ्नो गोजिमा कम्तिमा पनि दुई किसिमको कलम राख्दथ्यो । एउटा कालो किनकी कालो आजकल उसको मनपर्ने रंग बनेको थियो । प्रकाश निल्न सक्ने गहिराहि बोक्न सक्ने , धेरै लुकाउन सक्ने रहस्य बोकेर मुस्काउन सक्ने ।संक्षेपमा भन्ने हो भने मायाका गुणहरु उ कालो रंगमा देख्दथ्यो अर्को रातो जुन उ काला अक्षरहरुलाई गोलो लगाइदिन प्रयोग
गरिरहेको थियो । उसले किचन मा कोरिएको गोलोलाई अझ गाढा बनायो । त्यो उसले अहिले
सम्म अनुसन्धान नसिद्दिएको जानकारीको लागि बनाएको थियो ।

परबाट आएको आवाजले उ सन्तुलित भयो ।पदचाप तिर कान र आँखा फर्कायो । माया रहिछे । उसले मायाको बारेमा सोच्दा माया नै आई , शायद उसले सुरुचीको बारेमा सोचेको भए सुरुचिनै पो आउँथी कि ! उसलाई आफ्नो सोच प्रति हाँस उठ्यो । उ हाँस्यो मायाले पत्रिका उ तिर तेर्स्याई ।

यो के हो ? उसले टाउको उठाई

"पत्रिका खोज्नु भएको हैन ?" उसले आश्चर्यका साथ उसलाई नियाल्दै भनी ,

हो हो । उसले टाउको हल्लायो अनि पत्रिका लियो । केहि पढे जस्ति गरेपछि फेरि मायालाई नियाल्यो उसको आश्चर्य यथावत छ कि छैन भनेर ! आश्चर्य उसको हनुहारमा रहिरहनु उसको लागि खतरनाक साबित हुन सक्थ्यो ।किन कि मायाले पनि त उ माथि चियो राखिदिन सक्थी । मायाको अनुहार मा आश्चर्य थिएन उ त मुस्कुराइ रहेकी थिई उसलाई पिडा दिने मुस्कान । उसले मुस्कान को
बदला के दिनु पर्ने हो छुट्याउन सकेन अनी आफ्नो टाउको पत्रिका भित्र लुकायो ।

क्रमश:




Last edited: 06-Apr-09 10:44 AM
Read Full Discussion Thread for this article