Posted by: chipledhunga April 3, 2009
Login in to Rate this Post:
0
?
फूलै फूल मात्र पनि होइन रहेछ जीवन
काँडा बीच फुल्ने फूल रहेछ जीवन
शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
पूरे र ठुल्दाइले हा गरेर किर्केट हेर्न टा गरेको जस्तो देखिन्छ। रिट्ठे त सधैं बार झुक्किने मान्छे, हिंजोलाई शुक्रबार ठानेर ढिलोसम्म बारमा बसेर अझै सुतिरहेको होला। बाउचाको केही भर छैन। बिष्टे धुर्ब्या पसलाँ चिचु गर्दै होला। केलीले चिया नास्ता ल्याउली र नेवारी सिकौँला भनेको अत्तोपतो छैन उसको पनि।