Posted by: बैरे April 2, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

च्याङ्ग्राले भटी भटी भनेर हातले ईसारा गर्‍यो ।


खाना ल्याउने क्रममा पहिले भाले नै हुलियो, आफुलाई छोइला खाने रहर थियो पहिले ।


साउजी - खै छोइला ? तयार भएन ?


बाबुहरुलाई पिरो कत्तीको हालु - साउजीले सोधे


छोइला त जती पिरो त्यती मिठो नि साउजी भन्दै च्याङ्ग्राले एलाको चुस्की लगायो ।


भई हाल्छ नि भन्दै छोइला लिदै साउजी आइपुगे, छोइला देख्दा एक्छिन थुकसँगै सातो पनि निलियो । घाम अस्ताउदा जसरी आकाशको सेतो बादल रत्ताउछ, साउजीले छोइलालाई पनि त्यसरी नै रत्ताएको थियो । त्यही पनि च्याङ्ग्रा र मैले साहश देखाउदै छोइला मुख भित्र टोक्यौ, छोइला भुँडी सम्म जादा जुन जुन नलीहुरु छोयो, त्यो सब हर हरी पोल्दै आयो । हाम्रो पुरुसार्थले हार मन्न चाहेन तर तालुको पसिना नाक सम्म बगेको र छोइला झै मुख भएको सबैले देखेका थिए ।


ओहो ज्वाँईलाई निकै गाह्रो भए जस्तो छ, टन्न पानी पिउु भन्दै साउजीले च्याङ्ग्रालाई पेच हान्यो ।
 
च्याङ्ग्राले आफ्नो हालतमा साउजी हाँसेको भएर लाज बचाउने क्रमले, "किन र साउजी ज्वाँईले सब खाना सकाउछ भनेर पिर गर्नु भाको कि क्या हो" - भनेर जवाफ दियो ।
 
होइन ज्वाँई, ... जादाँ जस्तो पोलेको छ निस्किदा त्यो भन्दा डबल पोल्ला भनेर ज्वाँईको मायाले भन्या नि ।
 
साउजीको कुरामा धेरै दम थियो । एक एक जग पनि दन्काइयो, अली सन्चो भए पछी म:म: ले बिसर्ग गरियो । त्यती धेरै पानी धोकेकोले म:म: नजाला कि भन्ने शंका थियो, तर राज सवारी हुँदा जसरी बाटो खुल्थ्यो म:म: नली भित्र पस्दा त्यसरी नै भुँडी सम्म बाटो खुलेको थियो ।


टन्न खाना हुले पछी, सुर्यको सर्को  लगाइयो र त्यहाँबाट निस्केर तरुनी हेर्न भनी बिशाल बजार तिर लागियो । एक दुई घण्टा बिशाल बजारमा डुलेर घर तिर लाग्ने बिचार  भयो ।  त्रिचन्द्र क्याम्पसबाट बाँया मोडिएर, पृथ्वी नारायणको शालिक घुमेर कृष्ण पाउरोटी तिर लाग्ने बेला भएको थियो च्याङ्ग्राले तरुनी तरुनी भन्दै चिचायो ।
 
खै कहाँ ? मैले पनि कान र आँखा चनाखो पार्दै सोधे


उु त्यहाँ किङ्स वे तिर लाग्दै छ , घुमा बैरे घुमा ।


पृथ्वी नारायणलाई एक फन्को लगाइ तरुनी लागे तिर बाइक हुताइयो । तरुनीको स्कूटी हाम्रो र RX नभेट्ने त कुरै थिएन ।


तरुनीको छेउमा पुगे पछी बाइकको स्पीड पनि उस्कै तालमा मिलाइयो ।


म बाटो ध्यानमा राख्दै, तरुनी तिर हेर्दै थिए, च्याङ्ग्रा चाँही तरुनीलाई - "कहाँ हिंडेकी, कुन ठाउँमा मन कि हे परी" भन्ने गीत गाउदै घोक्रो सुकाउदै थियो ।


उस्लाई पछौदै हामी गहिरी धारा सम्म पुग्यौ, नान पाउने पसलको (नाम चाँही थाहा भएन, तर जस्ताको पसल, किमा नान र सेकुवा दरो पहिन्छ ) चोक बाट बाँया मोडेर उु एउटा घर भित्र लागि । ल हेर तेरो भाउजुको माइती, अब जन्ती लिएर आउनु पर्छ लौ हिड घर तिर, भोली बिहानै बङ्गला मुखीलाई पनि पार लगाउने आग्र्ह गर्नु छ भन्दै च्याङ्ग्राले भन्यो ।
 
त्यहाँबाट भागवती बाहल हुँदै राम पान भन्डारबाट बाँया मोडेर मैतिदेवी तिर लागियो ।


घर जानु अघी एक सर्को त लगाउनु नै पर्थ्यो फेरी घर छिरे पछी निस्किनै गाह्रो हुन्छ, त्यस माथि सर्को लगाउन एक कोश टाढानै जानु पर्ने, बरु तल पहिले मार्ने बिचारले बानेस्वरको हाइट तिर लागियो, त्यो घुमाउरो उकालो होइन, ठाडो चाँही । उकालो कटेर पहिलो पसल नागेर अली भित्र छिरे पछी, शायद गणेश कै सानो मन्दिर होला (हेर्न कहिले भ्याएन), आउनु अघी एउटा पसल छ, त्यही रोकियो ।  साउनी दुईटा सुर्य, दुईटा  पान पराग र २ रुपैयाँको हजमोला क्यान्डी पामन भन्दै चुरोट, पान पराग र हजमोला लिईयो । 


चुरोटको गन्ध मेटाउन पान परागको शाहेता चाहिन्थ्यो, तर पान पराग खाएर घर जादा, जाडँ धोक्या शंका हुने निशचित थियो त्यसैले पान परागको गन्ध हटाउन हजमोला अत्यन्त जरुरी थियो । हाम्रो बिडम्बना यस्तै थियो १.५० को चुरोट खान ५ रुपैयाको खर्च, भन्ने नै हो भने एउटा मात्रै चुरोट खानु भनेको भिखारीले हात्ती पुरस्कार पाएको झै थियो ।


चुरोटको सर्को सक्के पछी पान पराग मुखमा राखेर निस्कियौ, च्याङ्ग्रालाई घरमा छोडे, त्यसकोबाट  निस्किनु अघी ज्यापू, भोटे र कालेलाई फोन लगाएर भोली बिहान जाने नजाने निधो गरियो । आखीर सोचे झै भयो, जाने पार्टी च्याङ्ग्रा र म मात्रै थियौ ।
 
ल ल त र म भएनी जानु पर्छ बरु भोली भाले कराउनु अघी आइज लिन मलाई ।
 
मैले हुँदैन त्यस्तो, .... तेरो बाउको कच कच सुन्न म आउदिन बिहान देखी, बरु चाडो जानु पर्छ मलाई बिहानै ४ बजे तिर फोन गर, अनी तल हजुरको पसल सम्म आइज, त्यहीबाट जाम्ला भन्दै म त्यहाँबाट घर तिर लागे ।


घर छिर्न अघी दुईवटा हजमोला क्यान्डी मुख भित्र चपाए र सिधै कोठा तिर लागे ।


क्रमश :      

Read Full Discussion Thread for this article