Posted by: बैरे April 1, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

च्याङ्ग्रा हाँस्दै - जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि


कालेको घरमा त्यसँको बाउ आमा दुबै अफिस गाको हुनाले दिउँसो त्यसँको घर हाम्रो अँखडा हुन पुगेको थियो, त्यो बेरोज्गार पनि घरमै हुन्थ्यो ।  कालेको पुगेपछी ज्यापू र भोटेलाई त्यतै मुन्टिन आईजो भनियो। एकै छिन पछी दुबैजना कालेकोमा आईपुगे, नेक काममा किन देरी भनेर म्यारिजको श्री गणेश गरियो। हाम्रो षडियण्त्रमा ज्यपू, भोटे र काले तिनैजना फसिसकेका थिए, तिनीहरुको लक्ष्मीले हाम्रो शिरमा आशिश दिदै थिईन।


ज्यपूले आफ्नो हातको मैलो अब धेरै हामीलाई नचढौने निर्ण्य गरेर खेललाई स्तगीत गर्‍यो।  कालेको कौसीमा बसी चिया चुरोटले आफ्नो जीतको खुशीयाली मनायौं । अब भोकले पनि ग्रस्त गर्ने बेला भएको थियो।  कालेले यही खाएर जा भन्दै थियो तर हाम्रो प्लान आर्कै थियो।


होइन मामाघर जानु छ, त्यही धोक्नु पर्छ भन्दै च्याङ्ग्राले मलाई ईशारा गर्‍यो ।


ल ल हिड तलाई छोडेर म पनि घर जानु छ भन्दै निस्किन थाल्यौ हामी।


ओई सुन त तिमीहरुसँग खास कुरा त गर्नै बिर्सें भन्दै ज्यापूले हामीलाई रोक्यो , सुन केटा हो, अब जाँच आउन पनि ४-५ महिना बाँकी छ । खरायो नुहाएर सेतो, हात्ती पढेर ठुलो भाको भए हाम्रो पनि कल्याण हुन्थ्यो, तर कुरो त्यसतो होइन । मलाई मेरो माईजुले भन्नु भाको ८० चोटी नबिराइ बङ्गला मुखी गयो भने मनले चिताएको पुग्छ रे । हाम्रो जाँच सकेर रिस्लट हुनको लागि पनि करिब १ बर्ष लाग्छ , अब मंगलबार र बिहीवार गरेर हामी पनि बङ्गला मुखी गयौ भने ८० चोटी त पुग्छ, के छ बिचार ?


च्याङ्ग्राले कालेको गमलाबाट ढुङ्गो झिक्दै, उु त्यो बिजुलीको खम्बामा एक शटमा यो ढुङ्गा लाग्यो भने म पास हुन्छु नभए बङ्गला मुखीलाई नै जिम्मा दिने ल भनेर ताक्दै हान्यो खम्बा तिर । सिधा हिंड्न गाह्रो हुनेले सिधा के हान्न सक्नु? लौ अब भोली मंगलबार पनि हो भोली देखी बङ्गला मुखीको शरणमा जाने भईयो भन्दै हामी निस्कियौ।


नयाँ बानेस्वोरबाट , आर्मी क्वाटर हुँदै भद्र कालीलाई एक फ्नको लगाएर, रोयल नेपाल एअरलाईनस कटेर बाँया मोडेर, बसन्तपुर लागियो ।


कुन ठाउँ भन्या तैले ए अघोरी ? भनेर च्याङ्ग्रालाई सोधे


अली माथि जा बेकरी (हाल को जिन्स क्याफे) कटेर, पहिलो बाँयाको गल्ली भित्र छिर।  त्यहाँ पुगेपछी, ल अब यहाँ दाँया तिर जा, त्यो गल्लीबाट आर्को चोक आउनु आघी मोटरसाइकल रोकियो । ल हिड यहाँ झकासको म:म:, छोइला र छ्याङ पाउछ भन्दै च्याङ्ग्रा भित्र छिर्यो , म पनि त्यस्कै पछी लागे।


अहो साउजी के छ, भनेर च्याङ्ग्राले साउलाई अभिवादन गर्‍यो, छोइला, कचेला डु ला ? भनेर नेवारीमा सोध्यो, हुन त बहुनको छोरालाई एक दुई लाइन भन्दा अरु केही आउँदैन थियो।


साउजीले पनि डु डु, नहुने त कुरै छैन भन्यो ।


कुनाको टेबलमा बसियो, २ प्लेट म:म:, एक प्लेट छोइला चिउरा, एक प्लेट कचेला, एक प्लेट आलुको अचाँर , एक प्लेट भट्मास मगाइयो।


साउजीले आज घच्चीको भाले भेट्यो, रोस्ट पनि ल्याउँ भनेर प्रश्न गर्‍यो, च्याङ्ग्राले कुरै छैन, ससुराली आको ज्वाँईलाई झै ख्वाए हुन्छ साउजी भन्दै हास्ँयो । भै हाल्छ नि भन्दै साउ परीकार बनाउन लाग्यो। 


ओहो मूल कुरो त झन्डै बिर्स्या, भन्दै साउजीले - " एला टोन्यौला ?" भनेर सोधे ।


च्याङ्ग्राले भटी भटी भनेर हातले ईसारा गर्‍यो ।


क्रमश:


 

Read Full Discussion Thread for this article